Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

कांग्रेस सांसद भन्छन्, ओलीजी, चुनाव हारेकासँग होइन सिधै मोदीसँग वार्ता गर्नुस्

\"keshav-kumar-budhathoki\"काठमाडाैं । कांग्रेस केन्द्रीय सदस्य एवं झापाबाट निवाचित सांसद केशवकुमार बुढाथोकीले कोशी र कर्णाली नदीमा भारतले आँखा गाडेको भन्दै नेपालमा चुनाव हारेका मधेसी नेतासँग नभई सिधैं भारतीय प्रधानमन्त्री नरेन्द मोदीसँग उच्चस्तरीय वार्ता गर्न सुझाव दिएका छन् ।   आजको नयाँ पत्रिकासँगको कुराकानीमा उनले भनेका छन्– सप्तरी जिल्ला हाम्रो पूर्वी प्रदेशमा आए हामीलाई टाउको दुस्खाइ छैन । सप्तरीका धेरैको उठबस जनकपुरसँग छैन, विराटनगरसँगै छ । सुनसरीको एउटा भाग र मोरङका मधेसीको उपस्थिति भएका पहाडी र मधेसी समुदायलाई छुटाउने गरी गरिने सीमांकनमा हाम्रो समर्थन रहँदैन । अहिले भारतले मागेको कोसी हाइड्याम हो । कोसीले बिहारलाई क्षति पुर्‍याउने र त्यसमा विद्युत्, सिँचाइसहितका स्वार्थ उसले हेरेको हो । सोही कारण मोरङ, सुनसरीलाई २ नम्बर प्रान्तमा हाल्न खोजिएको हो । बाहिर केही नभन्ने, तर भित्री रूपमा मधेसीलाई उचालिएको कारण यही हो । उता, पश्चिममा कैलालीलाई ५ नम्बरमा जोड्न खोज्नु पनि कर्णाली नदीको स्वार्थ हो ।   महाकाली र गण्डकी भारतले पहिल्यै लिइसक्यो, अब कोसी र कर्णालीको पानीमाथि स्वार्थ खोजेको हो । सत्य कुरा यही हो । सीमांकनको समस्या नै होइन । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हारेकासँग टाउको दुखाएर वार्ता गर्ने वेला यो होइन । सीधै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नुपर्छ । उच्चस्तरीय वार्ताटोली बनाएर दिल्ली पठाउनुपर्छ र भन्नुपर्छ, तिमीहरूले खोजेको के हो ? हामीलाई १९५० सन्धिले सधैँ पेल्दै आएको छ, अब त्यो सन्धिको पुनरावलोकन गराउन पहल गर्नुपर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending