Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

विदेशी कुटनीतिज्ञले राजदुत रेलाई सोधे नेपालमा मानवीय संकट भारतले गर्दा हो ?

\"ranjeetकाठमाडौं । नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे काठमाडौंस्थित प्रमुख आवासीय कूटनीतिज्ञहरूले भारतसँग स्पष्टीकरण मागेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–भारतीय राजदूत निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा खासगरी जापान, जर्मनी, अन्य युरोपेली र अमेरिकी राजदूतले आपूर्ति व्यवधानपछि नेपालमा पुनर्निर्माण तथा मानवीय मिसनमा समेत अवरोध उत्पन्न भएको भन्दै त्यसको निकासबारे भारतको धारणा जान्न खोजेका थिए। प्राप्त जानकारीअनुसार एक युरोपेली राजदूतले नेपालका नागरिक समाज, सञ्चार र महत्वपूर्ण राजनीतिक व्यक्तित्वहरूले नाकाबन्दी भारतीय कार्य भएको भन्दै त्यसबारे भारतको धारणा पनि जान्न खोजेका थिए।   स्रोतका अनुसार युरोपेली संघमा आबद्ध देशका राजदूतले नेपालका मिडिया, प्रमुख राजनीतिक दलका नेता र बुद्धिजीवी ‘नेपालमा राष्ट्रिय संकट उत्पन्न हुनुका पछाडि भारत नै जिम्मेवार छ भन्छन् नि’ भनेर भारतीय राजदूत रन्जित रेलाई सोधेका थिए।रेले रक्सौलबाहेक अरू नाकाबाट आपूर्ति भइरहेको र सात सय ट्रक नेपाल भित्रिरहेको जानकारी दिँदै मुख्य नाका रक्सौल नाकामा मधेसी मोर्चाले आन्दोलन गरेकाले त्यहाँबाट आपूर्ति हुन नसकेको स्पष्टीकरण दिएका थिए।   भेटमा सहभागी कूटनीतिज्ञका अनुसार राजदूत रेले दुई साताअघि रक्सौल(वीरगन्ज नाकामा एक भारतीय नागरिकको मृत्यु भएपछि नेपाल(भारत सम्बन्धमा तनाव आएको बताएका थिए।राजदूत रेले उपभोग्य वस्तुहरूसहित सात सय ट्रक दैनिक नेपाल भित्रिरहेको र त्यसमा भारतीय पक्षको पूर्ण सहयोग रहेको बताए। रेले नेपालको समस्या नेपालले सुल्झाउने हो भन्दै मधेसी मोर्चासँग भइरहेको वार्ता सकारात्मक बिन्दुमा पुगे समस्या आफैं समाधान हुने पनि बताए। उनले औषधिलगायत अन्य वस्तुहरू वैकल्पिक नाकाबाट नेपाल भित्र्याउन भारत तयार रहेको बताए। अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण र नाकाबन्दीविरुद्ध भारतभित्रै र नेपालमा पनि व्यापक रूपमा भारतीय व्यवहारको आलोचना हुन थालेपछि राजदूत रेले आफ्नो भूमिका र चाहना स्पष्ट गर्न दिवाभोजसहितको अन्तरक्रिया आयोजना गरेका हुन्।राजदूतहरूले नेपालले झेलिरहेको मानवीय संकटबारे गम्भीर चिन्ता पनि जनाए।   भारतीय नाकाबन्दीका कारण नेपालमा जनजीवन कष्ट बन्दै गइरहेका बेला भारतीय राजदूत रेले काठमाडौंस्थित अन्य मुलुकका कूटनीतिज्ञलाई बोलाएर भारतको नेपालबारेको धारणा सुनाएका हुन्।राजदूत रेले राजदूतहरूलाई भारतले कुनै नाकाबन्दी नलगाएको प्रतिक्रिया दिए।   नेपाली जनताले अहिले बेहोरिरहेको सास्तीबारे भारत पूर्ण जानकार रहेको उनको भनाइ थियो।मधेसमा भइरहेको आन्दोलन नेपालको आन्तरिक राजनीतिक मामिला भएकाले नेपाल आफैंले हल गरोस् भन्ने पक्षमा भारत रहेको राजदूत रेले कूटनीतिज्ञहरूलाई बताए।   सो क्रममा जापानी, युरोपेली युनियन र अमेरिकी राजदूतले नेपालमा इन्धन संकट गहिरिएका कारण पुनर्निर्माण प्रभावित भएको तथा मानवीय संकट गहिरिएकोमा आफूहरू चिन्तित रहेको राजदूत रेसमक्ष बताएका थिए।राजदूत रेले नेपालमा विद्यमान संकट भारतका कारण नभई नेपालकै आन्तरिक राजनीतिक समस्याले उत्पन्न भएको राजदूतहरूलाई बताएका थिए।   स्रोतका अनुसार भारतीय राजदूत रेले आन्दोलनरत मधेस केन्द्रित दल र सरकारबीच पटक—पटक वार्ता भइरहेको, छिट्टै समाधान निस्कने र अहिलेको नेपालको संकट हल भएर जाने भारत सरकारको आशा रहेको पनि बताए।बैठकमा अमेरिकी राजदूत एलाइना बी तेप्ल्जि, चिनियाँ राजदूत ऊ चुन्ताई र दूतावासका उपप्रमुख चेङ जी, अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइट, जर्मन राजदूत माथ्थियस मायर, जापानी राजदूत मासासी ओगावालगायत एक दर्जन मुलुकका राजदूत सहभागी थिए।   राजदूत निवासमा भएको भेटवार्ताबारे जिज्ञासा राख्दा भारतीय दूतावासका प्रवक्ता अभय कुमारले उक्त बैठकबारे आफूलाई जानकारी नरहेको प्रतिक्रिया दिए।नेपालस्थित अन्तर्राष्ट्रिय समुदायले भारतले लगाएको नाकाबन्दी नभनी सीमामा देखिएको अवरोधका कारण उत्पन्न मानवीय संकट र भूकम्पपीडितहरूलाई परेको समस्याबारे आफ्नो धारणा राख्दै आएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending