Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

चिनियाँ पेट्रोल लिटरको १७० भन्दा बढी

\"petro-china-660x330\"काठमाडौं । सरकारले चीनबाट अनुदानमा पाएको पेट्रोलको मूल्य एक लिटरको एक सय ३० रुपैयाँ परेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–यो पनि केरुङसम्मको मूल्य हो। यो मूल्य नेपाल आयल निगमले हाल भारतीय आयल कर्पोरेसन (आईओसी) सँग खरिद गरिरहेको मूल्यभन्दा निकै बढी हो। निगमले आईओसीसँग पेट्रोल लिटरको ४४ रुपैयाँ ९४ पैसामा खरिद गरिरहेको छ। भारतबाट खरिद गर्ने गरिएको युरो ३ मापदण्डको तुलनामा चीनबाट ल्याइएको युरो ४ मापदण्डको पेट्रोल गुणस्तरीय भने छ। चीन सरकारले पेट्रो चाइनामार्फत १३ लाख ५० हजार लिटर पेट्रोल दिएको थियो। उक्त पेट्रोलबापत ११ मिलियन आरएमबी (करिब १८ करोड रुपैयाँ) नेपालका लागि घोषित अनुदानबाट कट्टा गरिएको सूचना चिनियाँ दूतावासले सरकारलाई दिएको छ। अर्थ सम्बद्ध स्रोतका अनुसार गत डिसेम्बरमा सम्झौता भएको आठ सय मिलियन आरएमबी अनुदानबाट उक्त रकम कट्टा गरिएको हो।अर्थका सचिव सुमनप्रसाद शर्माले चीन भ्रमणका क्रममा उक्त अनुदान सम्झौता गरेका थिए। निगमले उक्त पेट्रोल साबिक दर (प्रतिलिटर एक सय चार रुपैयाँ) मै बिक्री गरेको थियो। महँगो युरो ४ मापदण्डको पेट्रोल साबिक दरमा बिक्री गर्नु नै गलत भएको अर्थका अधिकारीहरूले बताए। ‘चीनले अनुदानमा दिएको पेट्रोलका बारेमा कतिको बुझाइ गलत भयो’ राजस्व सचिव राजन खनालले भने, ‘घोषित अनुदानमा कट्टा हुनेगरी पाएको पेट्रोललाई कोसेली पनि भनियो।’ निगमले आईओसीसँग किनेको मूल्यमा कर, भन्सार, बिमा, ढुवानी भाडा जोड्दा निगमको लागत करिब ३५ रुपैयाँ थपिन्छ। चीनबाट पेट्रोल ल्याउँदा बाटो असहज भएकाले लागत अझ बढ्ने बताइएको छ। पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ५० पैसा भन्सार महसुल, चार रुपैयाँ सडक सम्भार दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० लाग्छ । चीनबाट ल्याएको पेट्रोल केरुङदेखि काठमाडौंसम्मको लागत निकाल्न बाँकी रहेको निगमले जनाएको छ। स्रोतका अनुसार ४० देखि ४५ रुपैयाँ प्रतिलिटर पर्ने अनुमान छ। यस हिसाबले चीनबाट ल्याइएको पेट्रोलको प्रतिलिटर लागत एक सय ७० देखि एक सय ७५ रुपैयाँ हुन जान्छ। निगमले पेट्रो चाइनासँग पेट्रोलियम खरिदको सहमति गरेको छ। यससम्बन्धी सम्झौताका लागि सरकारी टोली शुक्रबार चीन गएको छ। भारतले आपूर्ति सहज गरे पनि मागको एकतिहाइ पेट्रोलियम चीनबाट ल्याउने सरकारको योजना छ। भारतले पटकपटक नाकाबन्दी गरी पेट्रोलियम पदार्थ रोकेर आफ्ना सर्त लाद्न खोजेपछि विकल्पमा चीनबाट पनि खरिद गर्ने तयारी अघि बढाइएको हो। चीनले उपभोक्ता मूल्यबराबरको रकम जोडेकाले पेट्रोलको मूल्य तुलनात्मक रूपमा चर्को देखिएको अर्थका अधिकारीले बताए। फेरि चिनियाँले अनुदानमा दिएको वस्तुमा अधिकतम मूल्य तोक्ने प्रवृत्ति छ। ुसहमतिअनुसार मागको एकतिहाइ परिमाणमा खरिद गर्ने भए उनीहरूसँग वार्ता गरी मूल्य घटाउन सकिने अवस्था छ ती अधिकारीले भने। तर पनि चीनबाट पेट्रोलियम खरिद गर्ने नै हो भने रसुवागढीमा आयल निगमको डिपो निर्माणका साथै रसुवागढी(गल्छी सडकको स्तरोन्नति अनिवार्य छ। यसका लागि तीव्र गतिमा काम गरे पनि ४(५ वर्ष लाग्ने बताइएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending