Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

मधेसी मोर्चाका नेता नै झापा, मोरङ, सुनसरी टुक्राउन नहुने पक्षमा

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने योजनाको विपक्षमा उभिएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–उनीहरूले आन्दोलनको ‘बटमलाइन’ मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा मिलाउने नभएको उल्लेख गर्दै त्यसो गरिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।   ‘आन्दोलनलाई निस्तेज पार्न सरकारमा सहभागी केही राजनीतिक दलका नेताहरूले मोरङ र सुनसरीलाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने ललीपप देखाउँदै छन्,’ संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘आन्दोलनको बटमलाइन यो होइन ।’ झापादेखि कञ्चनपुरसम्म तराईका २२ जिल्लालाई समग्र मधेस एक वा दुई प्रदेश बनाइनुपर्ने उनले बताए । उनले सुनसरी र मोरङलाई टुक्र्याएर अरू प्रदेशमा गाभिए मोर्चालाई मान्य नहुने बताए ।   समग्र मधेसमा एक वा दुई प्रदेश हुनुपर्छ भन्ने मधेसी मोर्चा र आन्दोलनको माग भएको तमलोपा मोरङ अध्यक्ष महम्मद कादिरले बताए । उनले सरकार र राजनीतिक दलहरूले विगतका सम्झौताको कार्यान्वयन नगरी जिल्लालाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने प्रयत्न गरे सशक्त आन्दोलन हुने दाबी गरे । यी दुई जिल्ला नटुक्र्याई मोरङ, सुनसरी र झापाको बेग्लै प्रदेश कायम गरिए मान्य हुने उनले बताए ।   मोरङ र सुनसरीलाई टुक्र्याएर सीमांकन मिलाउने प्रयत्न गरिए आन्दोलनरत मधेसी मोर्चालाई मान्य नहुने सद्भावनाका केन्द्रीय सदस्य शंकर साहको भनाइ छ । ‘मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभिए यी दुई जिल्लाको भविष्य नै संकटमा पर्छ,’ साहले भने, ‘अहिले स्रोत र साधनले आत्मनिर्भर यी दुई जिल्लालाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने हो भने विराटनगर, इटहरी र धरानले रंगेली र राजविराजको नियती भोग्न बाध्य हुन्छन् । त्यसैले हामी त्यसलाई मान्दैनौं ।’   ‘विगतमा भएको सहमति र सम्झौतालाई कार्यान्वयन गरिनुपर्छ भन्ने आन्दोलनरत मधेसी मोर्चाको माग हो । तर सुनसरी र मोरङलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने माग होइन,’ सद्भावना महतोका मोरङ अध्यक्ष चन्द्रप्रसाद राजवंशीले भने, ‘दलका केही नेताहरूको सनकमा मोरङ र सुनसरी जिल्लालाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभिए आन्दोलनरत मोर्चाका स्थानीयस्तरका नेता कार्यकर्तालाई मान्य हुने छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending