Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

प्रचण्डले आफ्ना मन्त्री फिर्ता बोलाउने !

\"prachanda\"काठमाडाैं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाइने बताएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–‘भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन,’ नेपाल संवत्को अवसरमा एमाओवादी कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउँछु ।’   भारतले गरेको नाकाबन्दीको मौका छोपेर कालोबजारी मौलाइरहेको तर सरकार कालोबजारी नियन्त्रण गर्न प्रभावहीन भएको गुनासो जनस्तरबाट आइरहेका वेला प्रचण्डले काम गर्न नसक्ने मन्त्रीलाई फिर्ता बोलाइने बताएका हुन् । विषम अवस्थामा बनेको सरकारका मन्त्रीले जनतालाई रातह दिने काम गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै भ्रष्टाचारमा आफ्ना मन्त्री संलग्न भएको छनक मात्र पाए तिनलाई नछाड्ने बताए ।   नेपाल र नेपाली जनताले संविधान बनाएबापत नाकाबन्दी खेप्नुपरिरहेको भन्दै उनले विषम अवस्थामा जनताले धैर्य देखाएर राष्ट्रिय स्वाभिमान जोगाइरहेको बताए । प्रचण्डले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending