Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

कांग्रेसका मधेसी सांसदको गुनासो, हाम्रो घर जलेको छ, कसरी तराई झर्ने ?

\"congressकाठमाडौं । आफ्नै नेतृत्वमा अघि बढेको ‘संविधान संशोधन विधेयक’ अघि बढाउन वर्तमान सरकारले पहल नगरेको भन्दै कांग्रेसका मधेसी सांसदहरूले पार्टीले पनि प्रभावकारी दबाब दिन नसकेर खुट्टा कमाएको आरोप लगाएका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मधेसमा देखिएको समस्या समाधानका लागि थालेको छलफलमा मधेसबाट प्रतिनिधित्व गर्ने कांग्रेस सांसदहरूले पार्टी नेतृत्वले दबाब दिन खुट्टा कमाएको आरोप लगाएका हुन् । संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार भएको छलफलमा कांग्रेसका २६ सांसदले आ–आफ्ना धारणा राखेका थिए ।   कार्यबाहक सभापति रामचन्द्र पौडेलले राजनीतिक प्रयासको जानकारी गराउँदै भने, ‘भोलिदेखि संसद् छ । हामीले मधेसमा देखिएको समस्या समाधानका लागि व्यक्तिगत रूपमा पार्टीबाट औपचारिक पहल गरेका छौँ । सरकार गम्भीर देखिएको छैन । वातावरण बनाउन अग्रसरता देखाएका छौँ । अब सबै लागौँ, दबाब दिऔँ ।’   त्यसपछि तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूले पार्टीको भूमिका प्रभावकारी नभएको, तराईमा आफ्नै घर जल्दा जान सक्ने अवस्था नरहेको भन्दै खुट्टा नकमाईकन अग्रसरता लिन पार्टी नेतृत्वलाई सुझाब दिएका थिए । ‘संविधानमा हस्ताक्षर किन गर्‍यौ भनेर अहिले हामीलाई तराईमा जनताले सोधिरहेका छन्, संविधान संशोधनको प्रस्ताव अघि बढ्छ भनेर साइन गर्‍यौँ, तर तत्काल संशोधन प्रस्ताव छलफल भई पास गर्ने अवस्था नभएकाले तराईमा जान गाह्रो भो भन्ने सांसदहरूको गुनासो छ,’ छलफलमा सहभागी कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘अन्यथा मधेसमा जान गाह्रो छ । हाम्रो घर जलिरहेको छ, कसरी तराई झर्ने र?’   उनीहरूले केपी शर्मा ओली नेतृत्वको सरकारले तत्काल संशोधन अघि बढाउन इच्छा नदेखाएको भन्दै दबाब दिने विषयमा निर्णय गर्न पार्टीलाई सुझाएका थिए । उनीहरूको सुझाबपछि आइतबार संसद् बस्नुअघि बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बिहान ९ बजेलाई बोलाइएको छ । संसद्मा सरकारमाथि व्यापक दबाब दिनुपर्छ भन्दै संशोधन प्रस्ताव तुरुन्त छलफलमा ल्याउन संसदीय परम्पराभित्र रहेर ‘सामान्य होइन दबाबमूलक ढंगले दबाब दिने’ निष्कर्ष उनीहरूले निकालेका थिए । बैठकमा सहभागी एक सांसदका अनुसार बिहानको संसदीय दलको बैठकबाट संसद् बैठक अवरुद्ध गर्नेसम्मको निर्णय हुन सक्नेछ । ‘तराई–मधेसको आन्दोलन र समस्याले धेरै नै समस्या पारिसक्यो, अब पनि यसअघि नै संसद्मा पुगेको विधेयकमा छलफल हुने र अगाडि नबढ्ने हो भने संसद् अवरुद्ध गरेर दबाब दिनेसम्मको रणनीतिमा जानुपर्छ भन्ने छ,’ ती सांसदले भने ।   पार्टी जिम्मेवार भएर संशोधन प्रक्रिया अघि नबढाउने र सीमांकनमा तयार नहुने हो भने पार्टी छाडेर आन्दोलन गर्न तराई जाने चेतावनीसमेत दिइएको अर्का एक सांसदले बताए । ‘चार महिनादेखि तराईमा जान सकेका छैनौँ । पार्टीले हाम्रो मुद्दा सम्बोधनका लागि अगुवाइ गर्न सकेन र इमानदार भएर प्रयत्न गरेन भने हामी १०–१५ सांसद कति हुन्छौँ, पार्टीले कारबाही गरे पनि तराईमा आन्दोलन गर्न जान्छौँ,’ ती सांसदले नयाँ पत्रिकासँग भने ।   संशोधनमार्फत जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बनाउने, समावेशी समानुपातिकको विषय ग्यारेन्टी भए अरू सीमांकनसहितका विषयमा वातावरण बन्दै जानेमा अधिकांश सांसदले जोड दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE