Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

'एम्बुलेन्ससँगै जलाएर मार्न खोजेका थिए'

\"Ambulence\"काठमाडौं । रिफर गरिएका बिरामी लिएर धरान जानुपर्छ भनी दिउँसो फोन आएपछि तत्कालै एम्बुलेन्स लिएर विराटनगरको हस्पिटल चोकमा रहेको गोल्डेन अस्पताल पुगें। बिरामी सरध्वज तामाङलाई एम्बुलेन्समा राखें। उहाँसित एकजना कुरुवा पनि थिए। सास फेर्न कठिनाइ भइरहेका कारण बिरामीलाई एम्बुलेन्समै हाल्ने बेलामा अक्सिजन मास्क लगाइयो। विराटनगरबाट दुहबी पुग्नुअगावै बुढीखोलाको पुल पुगेपछि आन्दोलनकारीलाई देखें। गाडी केही बिस्तारे गरें। तर, अक्सिजन लगाएको बिरामी छ, जान दिन्छन् होला भन्ने सोच्दै बिस्तारै अघि बढें। दुहबी बजार क्षेत्र प्रवेश गर्नेक्रममा सडकमा रहेको ठूलो ब्रेकर कट्नेबित्तिकै आन्दोलनकारीले एम्बुलेन्स रोक्न भने। मैले रोकें। उनीहरूको हातमा ढुंगामुढा र भाटा थिए। बन्दमा किन एम्बुलेन्स चलाएको, प्यासेन्जर बोक्ने काम गर्छस् भन्दै हप्काए। मैले प्यासेन्जर होइन, अक्सिजन लाएको सिरियस बिरामी छ भनें। उनीहरूले हुँदैन हँुदैन भन्दै एम्बुलेन्स विराटनगरतर्फ फर्काउन भने। मैले हुन्छ फर्काउँछु भन्दै स्टार्ट के गर्न खोजेको, अगाडिको सिसामा डवाम्म आवाज आयो। हेर्दा ढुंगा हानाहान छ सिसामा। सिसाका टुक्रा भित्र पनि आयो। मलाई नि लाग्यो अनि बिरामीका कुरुवालाई पनि। तैपनि मैले अनुनयविनय गरें, हात जोडेर भनें, ‘हजुर अक्सिजन लगाएको बिरामी छ, जान दिनुभएन।’ मानेनन्। म फर्काउँदै छु प्लिज तोडफोड नगरिदिनुस् भन्दा ढुंगाले कन्चटमा हाने। स्टेरिङबाट तल झर्नसमेत नदिई ममाथि इँटाढुंगा बर्साउन थाले, रडले हानेर टाउको फोडिदिए। एम्बुलेन्सको स्टेरिङमा बस्दा बिरामीलाई जोगाउनु हाम्रो दायित्व हो। तर, आफ्नै ज्यान संकटमा परेपछि बिरामीलाई कहाँ जोगाउन सक्नुरु मेरो टाउको फुटेपछि रगतको खोलो नै बग्यो जस्तो देखियो। मेरो शरीरभरि रगतैरगत भयो। लगाएको लुगा पनि रगतले पुरै भिज्यो। बेहोस जस्तो भएँ। म र बिरामी तथा कुरुवा एम्बुलेन्सभित्रै थियौं। अब आगो लगाउँ भन्न थाले। अब बाँच्दिन जस्तो लाग्यो। बिरामी र कुरुवाले पनि रोइकराई र ज्यानको याचना गरे। तर केही लागेन, कसैले सुनेन। आगो लगाउनै खोजेका थिए। तर त्यही बेला प्रहरी आएर अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारी भागे। घाइते अवस्थामा मेरो ज्यान जोगियो। त्यसपछि प्रहरी र आन्दोलनकारीबीच झडप हुन थाल्यो। मलाई प्रहरीले जसोतसो विराटनगरतर्फ पठाए। एम्बुलेन्समा रहेका बिरामीलाई पनि प्रहरीले धरानतर्फ पठाएको सुनेको छु। म अहिले उपचाररत छु। डाक्टरले अढाई तीन इन्च टाउको फुटेको बताउनुभएको छ। सिटी स्क्यान गर्न भन्नुभएको छ। टाउकोमा टाँका लगाइएको छ। मलाई अस्पताल पुर्‍याइएपछि आएकी श्रीमती रोएकी रोयै छिन्। मेरो के गल्ती थियोरु मैले के अपराध गरेंरु के बिरामीलाई एम्बुलेन्समा हालेर अस्पतालसम्म पुर्‍याउनु मेरो अपराध हो ? आन्दोलनकारीहरूका घरमा बिरामी पर्दैनन् ? त्यतिबेला उनीहरूलाई एम्बुलेन्स चाहिँदैन ? आज समयमा प्रहरी आएर नजोगाएको भए एम्बुलेन्ससँगै मलाई पनि जलाएर मार्थे, अनि मेरो श्रीमती र छोराछोरीको के हाल हुन्थ्यो ? (आनन्द विक, घाइते एम्बुलेन्स चालकसँको कुराकानीमा आधारित) आजको कान्तिपुर दैनिकबाट साभारफोटोसहित ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending