अरु राज्यको ओहोदामा होउन् या नहोउन् । खासमा स्थायी सत्ता कांग्रेसको हो । कांग्रेसलाई नसोधी केही नगर । कांग्रेसको अनुमतिविना सिन्को नभाँच । अर्थात, प्रतिपक्षमा रहेर पनि कांग्रेस सत्ता खोजिरहेछकांग्रेसलाई के लाग्छ भने– स्थायी सत्ताका मालिक हामी हौं । हामीले दिए अरुले पाउने हो । संसदीय मामलाको अंकगणित केवल लोकतन्त्रको देखाउने घामछायाँ हो । अरुले जितून् या हारुन् । अरु राज्यको ओहोदामा होउन् या नहोउन् । खासमा स्थायी सत्ता कांग्रेसको हो । कांग्रेसलाई नसोधी केही नगर । कांग्रेसको अनुमतिविना सिन्को नभाँच । अर्थात, प्रतिपक्षमा रहेर पनि कांग्रेस सत्ता खोजिरहेछ । कांग्रेसलाई यदि यस्तो लाग्दैनथ्यो भने–लोकतन्त्रको प्रचलन अनुसार सरकारले ‘सरकार’ चलाउ । संविधान जारी हामीले गर्यौँ । कार्यान्वयन गर्ने चूनौतिपूर्ण अवस्थामा हामी जिम्मेवार प्रतिपक्षीका रुपमा छौं । देश गम्भीर संकटको अवस्थामा भएकोले एकतावद्ध भएर जाऔं –भन्थ्यो ।
कांग्रेसले जस्तै दोस्रो संविधानसभामा प्रतिपक्षीको भूमिकामा रहेको एमाओवादीले नकारात्मक भूमिका खेलेको भए नयाँ संविधान जारी हुँदैनथ्योहामी स्मरण गरौं – दोस्रो संविधानसभाको शतप्रतिशत कार्यकाल कांग्रेसको हो । हिजो पहिलो संविधानसभामा प्रतिपक्षीको भूमिकामा रहेको कांग्रेसले जस्तै दोस्रो संविधानसभामा प्रतिपक्षीको भूमिकामा रहेको एमाओवादीले नकारात्मक भूमिका खेलेको भए नयाँ संविधान जारी हुँदैनथ्यो । अहिले जारी भएको संविधानको शतप्रतिशत जस या अपजस नेपाली कांग्रेसले लिनुपर्छ । किनभने संविधान जारी गर्दाको अवस्थाको नेतृत्वमा कांग्रेस थियो । त्यसपछि एमालेले । एमाओवादीले नयाँ संविधानप्रति लिखित रुपमा असहमति दर्ज गरेको छ । त्यो बाहेक संविधान निर्माणमा सहमत सबै दल र विषयमा सबैले जिम्मेवारी लिनुपर्छ । देश चरम संकटमा छ । आँकडाहरुका अनुसार करिब ३६ वर्षपछि मुलुक आर्थिक रुपमा सबैभन्दा कमजोर भएको छ । भारतीय नाकाबन्दीले प्याकप्याक परिरहेका नेपाली जनता द्रुत निकासको अपेक्षामा छन् ।
सत्तामा हुँदा कांग्रेसलाई शान्तिपूर्ण समाज होइन आतंकपूर्ण घैंटेको मृत्यु दुख्यो । भलाद्मीहरुले हेर्दै जाऊ–कांग्रेसलाई अब समग्र देश दुख्न थाल्छतर आज ‘सत्ताको स्थायी ठेकेदार’ ठान्ने उही कांग्रेस निकास निकाल्न होइन समस्या बल्झाउन न्वारानदेखिको बल लगाईरहेको भान हुन्छ । हिजो सत्तामा हुँदा नदुखेको मधेस आज कांग्रेसलाई एक्कासी दुखेको छ । आफू सत्तामा हुँदा नेदेखेको समस्या कांग्रेसले आज देख्न थालेको छ । अब कांग्रेसलाई नाकाबन्दी दुख्न थाल्छ । बिस्तारै कांग्रेसलाई नाकाबन्दीको अभाव दुख्न थाल्छ । सत्तामा हुँदा कांग्रेसलाई शान्तिपूर्ण समाज होइन आतंकपूर्ण घैंटेको मृत्यु दुख्यो । भलाद्मीहरुले हेर्दै जाऊ–कांग्रेसलाई अब समग्र देश दुख्न थाल्छ । जतिबेला कांग्रेस सत्तामा थियो, मधेस आन्दोलन त्यतिबेलादेखि भएको हो । भारतीय नाकाबन्दी कांग्रेसले छोडिगएको दुखद् उपहार हो । अर्को भाषामा भन्दा देश कांग्रेसी सरकारको असफल कुटनीतिको सिकार भएको हो । समस्या नै समस्याको ‘उपहार’ पस्केर सिहंदरबारबाट बाहिरिएको कांग्रेसले अब समस्या निदानका लागि संघर्ष गर्ने रे ! यो कांग्रेसले गरेको देश र जनताप्रतिको नमिठो ठट्टाबाहेक अरु केही होइन ।
यी १६ वर्षमा कांग्रेसले देशलाई कति अघि लग्यो ? राष्ट्रिय गौरवका योजना कति बने ? कांग्रेसले गरेको एउटै सम्झन लायक काम मरिमरि खोज्दा पनि भेटिंदैनबहुदलपछिका २४ वर्षमा १३ वर्ष ६ महिनासम्म यो देशको सत्तामा कांग्रेसले राज गर्यो । अन्य दलसँग सत्ता सहकार्य गरेको १ वर्ष ११ महिनासमेत जोड्दा कांग्रेसको शासनकाल झण्डै १६ वर्षको हुन्छ । २४ वर्षमा ८ वर्षमात्रै अरुले शासन चलाए । त्यो पनि १४ महिना त शाहीकाल रह्यो । जम्माजम्मी बाँकी राजनीतिक दलले ६ वर्षमात्रै सरकार चलाएको तथ्य छ । यी १६ वर्षमा कांग्रेसले देशलाई कति अघि लग्यो ? राष्ट्रिय गौरवका योजना कति बने ? कांग्रेसले गरेको एउटै सम्झन लायक काम मरिमरि खोज्दा पनि भेटिंदैन । बरु जनताको सत्ता निरंकुश राजाको हातमा बुझाउने कांग्रेस नै हो । ३० वर्ष लामो पञ्चायती शासनकालमा संचालित खरबौं रुपैयाँ लगानी भएका झण्डै दुई दर्जन राष्ट्रिय उद्योग तथा संस्थानहरुका आज नाम मात्रै छन् । विराटनगर जुट मिल, हैटौडा सिमेन्ट कारखाना, काठमाडौंको ट्रलि बस, खरिढुंगा परियोजना, जनकपुर चुरोट कारखानालगायतका राष्ट्रिय उद्योगहरु ध्वस्त बनाउने कांग्रेसी जनहरु नै हुन् । राष्ट्रियताको कुरा कांग्रेसले कहिल्यै गरेन । स्वभिमान कांग्रेसले जान्दैन । कांग्रेसले शासन गरेको १६ वर्षमा देशलाई आत्मनिर्भर बनाउने बाटो लिएको भए आज देश नाकाबन्दीको चपेटामा पर्ने नै थिएन । अन्य देशहरुसँग समान स्वामित्वको कुटनीति कहिल्यै अपनाएन । टनकपुरजस्ता राष्ट्रघाती सम्झौता गर्ने को थियो भनेर कसैले बताइरहनु पर्दैन । कांग्रेसले कहिल्यै उत्पीडितको पक्ष लिएन । मधेसको असन्तुष्टि कांग्रेसको छोइछिटोको परिणाम हो । हालका मधेसी नेतामध्ये उपेन्द्र यादवबाहेक अरु कांग्रेसका उपार्जन् हुन् । कांग्रेसले तिनी नेताहरुबाहेक जनतामा अधिकार या सुविधा पुर्याएको भए मधेस आज जल्नु पर्दैनथ्यो । देशको भूगोलप्रति, उत्पीडित जनताप्रति, उपेक्षित समुदायप्रति कांग्रेसले थोरैमात्रै पनि सोचिदिएको इतिहास छैन ।
संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा प्रतिपक्षीले एजेण्डा बनाउने र सरकारले लागू गर्ने गरेको पाइदैन । प्रतिपक्षीले बोलाएको बैठकमा प्रधानमन्त्री जानुपर्ने र प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रतिपक्षी नजाने यो कस्तो चरित्र हो ?अब कुरा थेग्रयाउँ–खासमा अहिले देशले भोगिरहेको समस्या कांग्रेसले सिर्जना गरेको समस्या हो । १६ वर्ष शासन गर्ने कांग्रेसले देशलाई आत्मनिर्भर बनाएन र हामी नाकाबन्दीको असह्य पीडामा छौं । मधेस समस्याको सम्बोधन गर्न संविधान जारी गर्नेबखत कांग्रेस राजी भइदिएको भए यस्तो अवस्था आउने थिएन । एमाओवादीले मधेस समस्याका बारेमा पटकपटक कांग्रेस नेतृत्वलाई सम्झाउने दुःख गर्यो । मधेसबारे एमाले पनि सकारात्मक थिएन र ओली झन् जण्ड थिए । तर, कांग्रेस र एमाओवादी मिल्दा एमाले लत्रिन्थ्यो । कांग्रेसले अनौठो अनिच्छा देखायो । तर प्रतिपक्षीमा झरेको उही कांग्रेस आज मधेस अधिकारको कुरा गर्दैछ । कांग्रेस आफैंमा एकमुष्ठ छैन । कांग्रेस यस्तो छाडा पार्टी हो जहाँ भ्रष्टचार गरेको प्रमाणित भएर जेल बसेपछि पनि नेता बन्न पाइन्छ । उही भ्रष्ट नेता देश हिन्दु धर्ममा नगए हतियार उठाउने धम्की दिन्छ–कांग्रेस फिस्स हाँस्छ । अर्को मधेसमा छ–जो देश अलग्याउने कुरा गर्छ– कांग्रेस करतल सुन्दो छ । कांग्रेसमा निष्ठा छैन । सिद्धान्त र विचार त परै जाओस् । उद्देश्य छैन । लक्ष्य छैन । यस्तो पार्टी ठूलो बनाउने जनता छन् । कांग्रेस जे गरेनी ढुक्क छ । केही मानिसहरु भन्छन् कांग्रेस बैगुनी छ । हुन त राजनीतिमा गुन लगाईदैन । तर इमानचाँही चाहिन्छ । अहिले कांग्रेससँग आम मानिस र संविधान निर्माणका सहयात्रीहरुको अपेक्षा इमानको हो । कम्तीमा कांग्रेसले इमान देखाउनुपर्छ । जसरी हिजो संविधान निर्माणका लागि कांग्रेसको नेतृत्वमा अरु राजनीतिक सहयात्रीहरुले इमान देखाए । कांग्रेसीहरुले हिजो दिएको वचन नभुल । संविधान जारी गरिसकेपछि एमालेलेलाई नेतृत्व सहमतिमै दिने वचनमा त इमान्दार रहन सकेनौ नै । तर, संविधान कार्यान्वयन नभएसम्म कम्तीमा ठूला दलहरु एकतावद्ध भएर जानुपर्ने अवस्थाप्रति इमान्दार बन । देश संकटमा भएको बेलामा सरकार या प्रतिपक्षीको राजनीतिक सीमादुरी हुनुहुँदैन । जसरी कांग्रेसकै नेतृत्वमा संविधान जारी गर्दा प्रतिपक्षी भएर पनि एमाओवादीले सरकारसँग सीमादुरी राखेन । प्रतिपक्षीमा झर्नासाथ कांग्रेसले देखाएको बेइमान रवैया राष्ट्रिय हितमा छैन । संसारका कुनै पनि लोकतान्त्रिक मुलुकमा प्रतिपक्षीले एजेण्डा बनाउने र सरकारले लागू गर्ने गरेको पाइदैन । प्रतिपक्षीले बोलाएको बैठकमा प्रधानमन्त्री जानुपर्ने र प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रतिपक्षी नजाने यो कस्तो चरित्र हो ? मिलेर संविधान कार्यान्वयन गर्ने हिजोको वचन खै ? के कांग्रेसीजन तिम्रो वंशमा इमान छैन ?
प्रतिकृया लेख्नुहोस्: