मंसिर ७ गते, २०७२ सोमवार 23rd November, 2015 Mon१६:५२:०३ मा प्रकाशित
काठमाडौं । प्रमुख दलहरुले ६ प्रदेशको सीमांकन छुट्याएपछि मधेस आन्दोलनमा उत्रिएका मधेसवादी दलहरुको भदौ २ गतेको बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु हुने परिवारलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेका थिए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका बरिष्ठ नेता रामनरेश रायले हस्ताक्षर गरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नामबाट विज्ञप्ति जारी गरी शहीद परिवारलाई इनाम घोषणा गरेका थिए ।
साउन ३१ गतेबाट आन्दोलन शुरु गरिएपछि भदौ १ गते सप्तरीमा एक प्रदर्शनकारीको मृत्यु भएपछि मोर्चाको सोही दिन बसेको बैठकले मृत्युको बहादुरीको कदर गर्दै ५० लाख इनाम दिने घोषणा गरेको थियो ।
‘थरुहट÷मधेस लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आन्दोलनमा ज्यान गुमाउने शहीद परिवारहरुलाई आन्दोलनबाट बन्ने प्रादेशिक सरकारले ५० लाख आर्थिक सहयोग उपलब्ध गराउनुका साथै शहीद परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले बहन गर्नेछ भन्ने प्रतिवद्धतासहितको निर्णय गरिएको छ ।’ भनी गरेको निर्णय मोर्चाले सार्वजनिक गरेको थियो ।
त्यसयता मोर्चाको आन्दोलन जारी रहेको छ । आन्दोलनको एक सय दिन पुग्दा ५० जनाले मृत्युवरण गरिसकेका छन् । आन्दोलन जतिसुकै चर्किए पनि प्रमुख दलहरुले वेवास्ता गर्दै संविधान निर्माण र सरकार गठनमा लागेपछि उनीहरु झनै आक्रोशित भए र सीमा नाका केन्द्रीत आन्दोलन थाले । सीमा नाकाको आन्दोलनको कारण देखाउँदै भारतले नाकाबन्दी गरेपछि मुलुकमा झनै थप संकटहरु चुलिएका छन् ।
टीकापुरको विभत्स घट्ना
मधेस आन्दोलनकै क्रममा भदौ ७ गते कैलालीको टिकापुरमा सवैभन्दा विभत्सकारी घटना घट्यो । थारु प्रदर्शनकारीहरुको आक्रमणबाट प्रहरीका एसपी, एक बालक सहित ८ जना मारिए । उक्त आक्रमणमा प्रदर्शनकारीको तर्फ पनि तीन जना मारिउका थिए ।
थारु प्रदर्शनकारीहरुबाट टीकापुर घटना घटाएपछि मधेसी प्रदर्शनकारीहरु पनि हिंसात्मक ढंगले प्रदर्शनमा उत्रिए । त्यसपछि वीरगञ्जमा ५ प्रदर्शनकारी प्रहरीको गोली लागि मारिए ।
वीरगञ्ज घटनापछि महोत्तरीमा पनि तीन प्रदर्शनकारी मारिएपछि मोर्चाका कार्यकर्ताहरुले टीकापुर घटनामा जस्तै अर्को विभत्स घटना घटाए । एम्बुलेन्समा लगिएका एक घाइते प्रहरीलाई भाला रोपेर हत्या गरियो । जनकपुर, रुपन्देही, सप्तरी लगायतका जिल्लाहरुमा पनि प्रदर्शनकारीहरु मारिए ।
सेना परिचालन
मोर्चाले आन्दोलन हिंसात्मक बनाएको ठहर गर्दै टीकापुर घटना लगत्तै सेना परिचालन गरियो । द्वन्द्वग्रस्त क्षेत्रमा स्थानीय प्रशासनको निर्णयमा सेना परिचालन गरिने निर्णयपछि मधेसका अधिकांश जिल्लामा सेना परिचालन भयो । सेना परिचालन गरिएपछि झनै आन्दोलन दबाउन खोजेको भन्दै मधेसी दलहरु टसमस भएनन् । सेना फिर्ता नगरेसम्म वार्तामा पनि नबस्ने अडानपछि अन्नतः सेनालाई ब्यारेक फिर्ता गरियो । सेना फिर्तापछि सरकार र मोर्चा दुवैले वार्ता टोली बनाए र वार्ता शुरु गरियो । नयाँ संविधान घोषणापछि वार्ताप्रक्रिया त्यसै रोकिए । नयाँ सरकारले वार्ताको अर्को प्रक्रिया थाल्यो । तर पटक पटकको वार्ता निश्कर्षमा नपुगेपछि फेरि छठपर्व सकिएसँगै मधेसमा आन्दोलन चर्किएको छ ।
अलग देशको झल्को दिने मानव साङलो
कुनै पनि आन्दोलनबाट माग पूरा नभएको भन्दै मोर्चाले फरक फरक शैलीका आन्दोलनका कार्यक्रमहरु गर्यो । राजमार्गअवरुद्धदेखि नाकाबन्दी हुँदै काठमाडौंलाई प्रभावित गर्ने कार्यक्रमहरु भए । तर पनि समस्या समाधान हुन सकेको छैन । देशै टुक्राउने अभियानको मानव साङलोको झल्को दिने गरी मोर्चाको अगुवाईमा तराईको हुलाकी सडकबाट मानव साङलो बनाउने काम समेत भए ।
भारतको नाकाबन्दी कायमै
सोमवार आन्दोलनको एक सय दिन पूरा हुँदासमेत समस्याको समाधान निस्कन सकेको छैन । मधेसवादी दलहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले भारतले असोज ७ गतेदेखि गरेको अघोषित नाकाबन्दी अहिले पनि कायमै छ । नाकाबन्दीका कारण चरम इन्धन संकट उत्पन्न भएको छ । माग बमोजिमको तेल नहुँदा गाडीहरु दशैंतिहारको बेलासमेत निर्वाध गुड्न पाएनन् भने राजधानीमै ग्यासको अभावमा सरकारी निर्णयमा नै दाउरा वितरण भइरहेका छन् ।
आन्दोलनरत मोर्चाले आफूहरुसँग विगतमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने मात्रै आफूहरुको माग रहेको बताउँदै आएको छ । विगतमा भएका सहमति कार्यान्ववयनका लागि मात्रै आम नेपाली नागरिकले कहिलेसम्म दुःख पाइरहने भन्ने नागरिकहरुले प्रश्न गर्न थालेका छन् । त्यसैले अब पनि आन्दोलनलाई लम्बाइरहनु भन्दा सीमांकनमा हेरफेर गर्दै सबैको चित्तबुझ्ने बाटो अलबम्बन गर्नु नै अहिलेको उत्तम विकल्प हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: