Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

प्रचण्ड र वैद्यबीच पार्टी एकताको सहमति यस्तो छ

\"Prachanda_baidhya\"काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य दुवै पार्टीलाई विघटन गरी माओवादी पुनर्गठन गर्न सहमत भएका छन् ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–प्रचण्ड र वैद्यबीच पटकपटक भएका छलफल मंसिरभित्रै पार्टी एकता गर्ने गरी सैद्धान्तिक सहमतिमा पुगेको हो । माओवादी आन्दोलन क्षयीकरण हुन नदिन माओवादी आन्दोलनका घटक दलहरु एक ठाउँमा उभिनुपर्ने दबाब कार्यकर्ताहरुबाट आएपछि नेताहरु पार्टी एकता गर्न सहमत भएका हुन् ।   ‘दुवै पार्टीभित्रत्र एकता गरेर अगाडि बढ्नुपर्ने जनमत जबरजस्त उठिरहेको छ । त्यसको प्रतिबिम्बन नेताहरुमा पर्नु स्वभाविक हो,’, वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता रामदीप आचार्यले भने । एमाओवादी अध्यक्ष प्रचण्ड र महासचिव कृष्णबहादुर महरा, माओवादी अध्यक्ष वैद्य र महासचिव रामबहादुर थापाबीच पार्टी एकताका लागि पटकपटक छलफल भएका छन् ।   आगामी केन्द्रीय समिति पेस गर्न प्रचण्डले तयार गरिरहेको दस्ताबेजमा पनि पार्टी एकतासम्बन्धी छुट्टै प्रस्ताव रहेको स्रोतले जनाएको छ । एमाओवादीको केन्द्रीय समितिको बैठक मंसिर १० गते सुरु हुँदैछ ।   दुवै पार्टीका नेताहरु भावनात्मक रुपमा नजिक हुने क्रम बढेको छ । वैद्यले पनि एमाओवादी स्थायीय समिति सदस्य अग्नी सापकोटा र केन्द्रीय सदस्य केशव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE