Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

मधेसमा वार्ता विरोधी शक्ति यसरी हावी हुँदैछन्

\"Saptari-tanab\"काठमाडौं । राजधानीमा सरकार र आन्दोलनरत पक्षबीचको गहन वार्ताका लागि आन्तरिक गृहकार्य चलिरहेका बेला ४ मंसिरमा वीरगञ्जमा औषधीसहितको ट्रकमा पेट्रोल बम प्रहार भयो । आजको दृष्टि साप्ताहिकमा खबर छ–त्यसको एक दिन अघि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधी भित्र्याउन दिने निर्णय गरेको थियो । मोर्चाका केन्द्रीय नेताले गरेको त्यस्तो निर्णय लत्याउँदै कार्यकर्ताले औषधी बोकेको ट्रकमा पेट्रोल बम हानेर २० लाख रुपैयाँ बराबरको एन्बिायोटिक औषधी नष्ट पारे । सोही दिन मोरङको कोटहरीमा सिकिस्त डेढवर्षे बालिका बोकेर रंगेलीबाट विराटनगर आइरहेको को.१च. ७३७९ नम्बरको एम्बुलेन्समाथि आक्रमण भयो । ५ मंसिरमा विराटनगरबाट सिकिस्त बिरामी बोकेर धरानतर्फ गइरहेको को.१ च. ४६१५ नम्बरको एम्बुलेन्समाथि पनि आक्रमण भयो ।   शनिबार रातभर सप्तरीको भारदह, रुपनी र राजविराज क्षेत्रमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भयो । स्थिति बिग्रदै गएपछि सुरक्षाकर्मीले गोली चलाउँदा चार आन्दोलनकारीको मृत्यु भयो । त्यसपछि उग्र बनेको प्रदर्शन यति अराजक बने की सामुन्नेमा पर्ने सरकारी विट, सरकारी कार्यालय र यातायातका साधनमा आगो लगाउन थाले । अवस्था अहिले पनि उस्तै छ ।   यी सबै कुराले दुईवटा कुरालाई संकेत गरेको छ । पहिलो कुरा, जबजब सरकार, आन्दोलनरत राजनीतिक दलका शीर्ष नेताबीच गहन वार्ताको प्रयास भएको छ, वार्ता बिथोल्न कुनै न कुनै बहानामा हिंसा मच्चाइएको छ । यस कुराको पुष्टि गत १६ कात्तिकमा वीरगञ्जमा भएको घटनाले गर्छ । नाकामा नेपाल र भारत दुवैतर्फका गाडी पास गराउने समझदारी बनेर नेपालले भारतका सबै गाडी छोडे पनि भारतले नेपालतर्फ आउने एउटा गाडी पनि छोडेन ।  सोही दिन आन्दोलनकारी भारतबाटै आई प्रहरी कार्यालयलाई लक्षित गर्दै पेट्रोल बम प्रहारसम्मा उत्रिए । बमबाट आक्रमण हुन थाल थालेपछि प्रहरीले गोली चलाउँदा भारतबाट आएका आन्दोलनकारीको मृत्यु हुन पुग्यो । केही नेताले आपतकालीन सेवाका गाडीलाई चल्न दिने बताए पनि अरु नेताहरुको निर्देशनमा त्यस्ता गाडीमाथि पनि तोडफोड भइरहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE