Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

यस्तो छ प्रचण्डको गोप्य वार्ता

\"prachanda_mahantha_upendra_laxmanlal\"काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत मधेसी मोर्चाका प्रमुख नेताहरूसँग गोप्य वार्ता गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–मंगलबार अपराह्न झन्डै तीन घन्टा लामो छलफलपछि प्याकेजमा समाधान खोज्ने सहमति बनेको छ ।   स्रोतका अनुसार बैठकमा प्रचण्डले देशको परिस्थिति झन्–झन् बिग्रँदै गएको बताउँदै लचिलो भइदिन मधेसी मोर्चाका नेताहरूलाई आग्रह गरेका थिए । ‘समस्या बढ्दै गए जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनबाट प्राप्त उपलब्धि पनि गुम्ने खतरा बढेको छ,’ मोर्चासँगको छलफलमा प्रचण्डले राखेको धारणा उद्धृत गर्दै स्रोतले भन्यो, ‘हाम्रो राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डता पनि खतरामा पर्नेतिर जाँदै छ ।’   प्रचण्डको भनाइपछि मोर्चाका नेताहरूले समस्या समाधानमा आफूहरू पनि गम्भीर रहेको बताएका थिए । मोर्चाका नेताहरूले समस्या समाधानका लागि कांग्रेस र एमाले लचिलो हुनुपर्ने बताएका थिए । ‘तपाईं र तपाईंको पार्टी त त्यसै पनि लचिलो छ । पहिले एउटै मोर्चामा थियौँ,’ मोर्चाका नेताहरूको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘दुई ठूला पार्टी कांग्रेस र एमाले गम्भीर पनि देखिँदैनन्, लचिलो पनि बन्दैनन् । हामी पनि समस्या समाधान होस् भन्ने चाहन्छौँ ।’   लामो छलफलपछि तराई–मधेसको आन्दोलनको समाधान गर्न सीमांकनसहित प्याकेजमा सहमति खोज्ने सहमति बनेको प्रचण्डका स्वकीय सचिव चूडामणि खड्काले जानकारी दिए । ‘छलफल सकारात्मक भएको छ । मधेसका समस्या समस्या समाधान गर्न सीमांकनसहित प्याकेजमा सहमति गर्ने सहमति बनेको छ,’ खड्काले नयाँ पत्रिकासँग भने ।   सीमांकनमा कसरी सहमति गर्ने भन्नेमा भने कांग्रेस र एमालेसँग छलफल गरेर त्रिपक्षीय वार्ता गर्ने सहमति बनेको छ । सहमतिअनुसार एमाओवादी अध्यक्ष प्रचण्डले बुधबार बिहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । ‘भोलि बिहान अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गर्दै हुनुहुन्छ, कांग्रेससँग पनि छलफल गरेर छिटै त्रिपक्षीय बैठक बस्ने कुरा भएको छ,’ खड्काले भने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending