Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

अमिर खान भन्छन्, ‘देशको असहिष्णु व्यवहारले घरमा देश छोड्ने सल्लाह भयो’

\"3काठमाडौं । बलिउड अभिनेता आमिर खानले भारतमा बढेको असहिष्णुताबारे टिप्पणी गरेपछि विवादमा तानिएका छन् । आमिरले असहनशीलताका घटना बढ्दै गएकाले आफू मात्र नभई घरपरिवार पनि चिन्तित भएको बताएका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–आमिरले दिल्लीमा आयोजित रामनाथ गोयनका पत्रकारिता पुरस्कार समारोहमा भने, ‘म घरमा किरणसँग कुरा गर्दा उनले भनिन्– के हामीले भारत छोड्नुपर्‍यो क्या  ? यो अत्यन्त दुखद कुरा हो । त्यसपछि उनले अरू कुरा पनि भनिन् । हाम्रा बच्चाको चिन्ताको कुरा गरिन्, आसपासको वातावरणले आफू डराएको बताइन् । उनी हरेक दिन पत्रिका हेर्ने समयमा पनि भयभित हुन्छिन् ।’ आमिरले अहिले भारतमा बेचैनी बढिरहेको बताए । यले भने, ‘प्रायस् समाचारले अहिले चिन्ता थपिरहेका छन् । कुनै पनि समाजका लागि सुरक्षा तथा न्यायको भावना हुनुपर्छ । तर, भारतमा अहिले त्यो छैन ।’आमिरले त्यही कार्यक्रममा असहनशीलताको मुद्दामा पुरस्कार फिर्ता गर्ने लेखक, कलाकार तथा बुद्धिजीवीको पनि समर्थन गरे । उनले पुरस्कार फिर्ता गर्नु रचनात्मक मानिसको निराशा व्यक्त गर्ने सर्वोत्तम तरिका भएको बताए ।   आमिरका यी अभिव्यक्ति भने विवादमा तानिएका छन् । उनको अभिव्यक्तिको सत्तारुढ दल भारतीय जनता पार्टीले खण्डन गरेको छ । पार्टीका प्रवक्ता साहनवाजले विज्ञप्ति निकालेका छन्, ‘यो अतुल्य भारत हो, यसमा दाग लगाउने काम नगर्नुहोस् ।’ भाजपाले आमिरको अभिव्यक्तिको विरोध गरेपछि यो विषयले राजनीतिक रङ लिएको छ । भारतीय कंग्रेसका उपाध्यक्ष राहुल गान्धीले आमिरको समर्थन गर्दै भाजपाको विरोधमा सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘मोदी र उनको सरकारमाथि प्रश्न उठाउने सबैले राष्ट्रविरोधीको संज्ञा पाउँछन् । सरकार उनीहरूलाई धम्क्याउँछ, गाली गर्छ । तर, समस्या सुल्झाउँदैन ।’   यही विषयमा मंगलबार दिनभर सामाजिक सञ्जाल ट्विटरमा आमिरलाई सल्लाह–सुझाब आए । कतिले आलोचना गरे भने कतिले आमिरको समर्थन गर्दै भारतको अवस्था साँच्चिकै असहिष्णु भएको बताए । ट्विटरमा विश्वव्यापी ट्रेन्डमा आमिर शीर्ष स्थानमा पनि पुगे । दिनभर विश्वव्यापी ट्रेन्डमा रहे पनि । बलिउडका अर्का कलाकार अनुपम खेरले पनि आमिरलाई सल्लाह–सुझाब दिन भ्याए । अनुपमले ट्विटरमा लेखे, ‘आमिर खान के तपार्इंले किरणसँग सोध्नुभएको छ– उनी कुन देशमा बस्न चाहन्छिन् । के तपाईंले उनलाई यही देशले आमिर खान बनाएको भन्ने सोध्नुभएन रु’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending