Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

बाबुरामलाई किन छाडे यिनले ?

\"baburam-bhattarai-press-meet_20130724084141\"काठमाडौं । संविधान निर्माण प्रक्रियामा भारतलाई उपेक्षा गरिएको भन्दै संसदबाट राजीनामा दिएर हिंडेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अन्ततः दुई वर्ष अघिदेखि भन्दै आएको ‘नयाँ शक्ति’को घोषणा गरेका छन् ।   आजको बुधबार साप्ताहिकमा खबर छ–मधेसी नेताहरुको भीड जम्मा गरेर घोषणा गरिएको नयाँ नयाँ शक्तिका पछाडि वर्षौदेखि उनलाई साथ दिंदै आएका एमाओवादीका कैयौं नेताले साथ दिएनन् ।   एमाओवादी सविच टोपबहादुर रायमाझी मात्र होइनन् विगतमा उनलाई जस्तोसुकै अप्ठेरो अवस्थमा पनि साथ दिंदै आएका नेताहरुल्े उनलाई चटक्कै छाडेका छन् । पश्चिममा बाबुराम गुटलाई बचाउने खगराज भट्ट, मधेसका खम्बा प्रभु साह र पूर्वको कमाण्ड सम्हाल्दै आएका हेमराज भण्डारी र श्रीप्रसाद जगेबु पनि भट्टराईको नयाँ शक्तिले केही लछारोपाटो नलगाउने निष्कर्षसहित एमाओवादीमै बसे ।   जबकी पछिल्लो समयमा नयाँ शक्ति गठनको सिलसिलामा भएका हरेक गोप्य भेलामा भण्डारी उपस्थित हुँदै आएका थिए । त्यसबाहेक भट्टराईको गुटका भनेर बिल्ला लागेका देवी खड्का, अदालतले जन्मकैदको फैसला सुनाएका बालकृष्ण ढुंगेल, डोरप्रसाद उपाध्याय, देवीराज रेग्मीले पनि भट्टराईको साथ छोडे ।   जबकी प्रधानमन्त्री भएका बेला सार्वजनिक रुपमा बदनाम हुँदाहुँदै पनि भट्टराईले ढुंगेलको मुद्दा फिर्ता लिने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । तर, राष्ट्रपतिले निर्णय अनुमोदन नगरेपछि मुद्दा फिर्ता भएको थिएन । एमाओवादीका एक नेताले भने, ‘ढुंगेलको लागि भट्टराईले त्यत्रो गरे तर, उनै ढुंगेलले अहिले भट्टराईलाई पत्याउनन् ।’ राम कार्की, चन्द्रप्रकाश खनालले त भट्टराईलाई एक वर्ष अघि नै छाडिसकेका थिए । भट्टराई निकट पत्रकार ओम शर्मा र खिलबहादुर भण्डारीले पनि उनको नयाँ शक्तिलाई साथ दिएनन् । बाबुराम गुटका १२–१३ जना सांसद भए पनि कसैले पनि उनलाई साथ दिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending