Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भारतीय राजदुतले प्रधानमन्त्री ओलीलाई भने, ‘नाकाबन्दी हामीलाई नै बोझ भइसक्यो । तपाईं आफ्ना मानिसलाई सम्झाउनुस्’

[caption id=\"attachment_39790\" align=\"alignleft\" width=\"650\"]\"फाइल फाइल फोटो[/caption] काठमाडौं । बाहिर तिक्त सम्बन्ध भए पनि व्यक्तिगत रुपमा प्रधानमन्त्री केपी ओली र भारतीय राजदुत रणतित रायबीच राम्रो सन्बन्ध छ भन्ने कुरा शुक्रबार रातीसम्म बालुवाटार बसेकाहरुले राम्रैसँग बुझ्न पाए । आजको बुधबार साप्ताहिकमा खबर छ–भेट्न आएकाहरुको भीडलाई छोडेर प्रधानमन्त्री ओलीले राजदुत रायसँग करिब डेढघण्टा कुराकानी गरेका थिए ।   उक्त भेटका लागि भारतीय राजदुत राय स्वयंमले समय मागेका थिए । औपचारिक भेटका लागि सरकारी कार्यालय ठीक हुने भए पनि उनले विशेष कुरा गर्न चाहेको बुझेपछि निवासमा त्यो पनि रातीको समय मिलाइएको थियो । आधा घण्टाको लागि भनेर तय गरिएको भेटघाट डेढ घण्टासम्म तन्किंदा अरु धेरै त के कुरा भए थाहा हुन सकेन । तर, त्यसपछि भेटेका एक मन्त्रीसँग प्रधानमन्त्री ओलीले भने अनुसार, भारतीय राजदुतले सीमामा देखिएको समस्या आफ्नालागिसमेत बोझ भएको खुलेरै बताएछन् । उनको भनाई रहेछ ‘हामीलाई नै बोझ भइसक्यो । तपाईं आफ्नो मानिसलाई सम्झाउनुस् ।’ आफ्ना मानिस भनेर उनले महन्थ ठाकुर, उपेन्द्र यादहरुलाई भन्न खोजेका हुन् । यसबाट निकालिएको निष्कर्ष के छ भने नाकाबन्दी गरिदिनुपर्यो भनेर उनीहरुले नै भारतीय पक्षमाथि दबाब दिइरहेका छन् ।   हात हालिसकेपछि कुनै निष्कर्ष ननिकालेरै यत्तिकै पछि फर्किदा भारतको थप बेइज्जत हुने र नेपालमा यसले भनेको अब केही पनि लाग्दैन भन्ने प्रमाणित हुने भएका कारण लाज छोप्ने कुनै सम्झौता नभएसम्म भारत पछि फर्किन नसक्ने संकेत पनि राजदुत रायले कुटनीतिक रुपमा दिएका थिए ।   प्रधानमन्त्री ओलीले नेपालको सदिऔंदेखिको छिमेकी भारतले कुनै एकजना व्यक्ति, सानातिना दल र समुदायसँग नभई सिंगो नेपालसँग सम्बन्ध राख्नुपर्ने सम्झाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending