Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

राजेन्द्र महतो भन्छन्, भारतमा भात खाएर नेपालमा ढुंगा हानेका हौं

[caption id=\"attachment_41038\" align=\"alignleft\" width=\"700\"]\"फाइल फाइल फाेटाे[/caption] काठमाडाैं । पटकपटक विवादित अभिव्यक्ति दिएर चर्चामा आइरहने सद्भावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले पुनः विवादित अभिव्यक्ति दिएका छन् । मधेस आन्दोलनका क्रममा भारतमा खाना खाने र उतैबाट नेपालमा नाकाबन्दी गरेको, ढुंगा हानेको स्वीकार गरेका छन् । आजको कान्तिपुर दैनिकको अन्तर्वार्तामा उनले यस्तो भनेका छन् अब यो आन्दोलन कहाँ गएर टुंगिन्छ ? अधिकार पाएर टुङ्गिन्छ । संशोधन गरेर संविधान कार्यान्वयन गर्नुपर्छ । मोर्चाको आन्दोलनमा भारतको समर्थन छ ? आन्दोलनमा सारा दुनियाँको समर्थन छ । त्यो दुनियाँमा भारत पनि पर्छ ? हाहा।।।परिहाल्छ नि भारत त झन् छिमेकी पनि हो । शान्तिपूर्ण आन्दोलन विरुद्ध कोही छैन । अधिकार पाउनुपर्छ भनेर त सबैले भनेका छन् । तपाईलाई व्यक्तिगत रूपमा भारतसँग जोडिएर अलि बढी हेरिन्छ, किन होला ? म यहाँ नाकामा बसिराको छु । उतै खाना खाइरहेको छु, त्यही भएर होला । किन, यतै खाना खाने अवस्था छैन र ? हैन, उतै सजिलो छ । यता प्रहरीले दमन गर्छ । उता नाकाबाट नजिक पनि पर्छ । उता प्रहरी जान सक्दैन । उताको खाना खाएर, उताबाट ढुंगा हानेर यताको आन्दोलन सफल हुन्छ र ? एकदम हुन्छ । ढुंगा त हामीले हानेको हो नि । दसगजामा बसेर हामीले हानेको हो । त्यो त कूटनीतिक संहिताले नदिने कुरा होइन ? हैन, मिल्छ । हाम्रो त भिसा लाग्दैन नि । तपाईलाई लाग्दैन, यस्ता गतिविधिले मधेस आन्दोलनप्रति अरू समुदायको समेत समर्थन घट्दैन ? हैन, घट्नु हुँदैन । यसमा सबैको सहयोग चाहिन्छ । हामी मात्र हैन, विगतमा कांग्रेस, एमाले, माओवादीका नेताले पनि भारतमा बसेर नेपालका लागि आन्दोलन गरेका छन् । हामी किन बस्न नपाउने ? सीमानाकामा धर्ना कस्नुको साटो बरु राजधानी, सिंहदरबार अगाडि कसे भइहाल्यो नि ? हाम्रो त्यहाँ बस्ने शक्ति पुग्दैन । हामी त मधेसका शक्ति हौं । हिमाल र पहाडका दाजुभाइ—दिदीबहिनीलाई आन्दोलनलाई साथ दिएर सरकारमाथि दबाब दिन आग्रह गर्छु । यसबाट सबैको पीडा कम हुन्छ । अब समाधान कसरी हुन्छ त ? कांग्रेस, एमाले, एमाओवादी संविधान बनाउने दलले सीमांकन लगायत ११ बुँदे माग प्याकेजमा धारणा, रोडम्याप ल्याउनुपर्छ । अनि त्यसपछि बुँदागत कुरा हुन्छ । सीमांकन लगायतका मुद्दामा हाम्रो त प्रस्टै छ नि । वार्ताको माहोल अब कसरी बन्छ ? सरकार सुरक्षाफौज लगाएर दमन गर्न अगाडि बढेको छ । यसरी वार्ता हुँदैन । वार्ताको लागि वातावरण बनाउने काम सरकार र ठूला दलको हो । उनीहरू बनाएर देखाउन् । हामी वार्ता विरोधी होइनौं । हामी त हरेक पटकका वार्तामा गएकै छौं ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending