Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

चीनबाट तेल ल्याउने हल्लामात्रै बढी

\"petro-china-660x330\"काठमाडौं । चीनबाट पेट्रोलियम ल्याउँछौँ भन्दै सरकारले प्रचार धेरै गरेको छ, खास तयारी केही पनि गरेको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–‘गत बिहीबार आपूर्तिमन्त्री गणेशमान पुनले पत्रकार सम्मेलन गरी तिहारको समयमा आफू चीन गएको बताएका थिए । उनले त्यहाँ राजनीतिक नेतृत्व र सरकारी ‘बडी’सँग संवाद गरेको दाबी गरेका छन् ।   तर, उनले वाणिज्य अथवा अन्य कुनै मन्त्रालयका मन्त्री वा अधिकारी कसलाई भेटेका हुन् भन्ने जानकारी गराएका छैनन् । देश अभूतपूर्व संकटमा भएको वेला जनताको प्रतिनिधित्व गरेर गएका मन्त्रीले कसलाई भेटे र के संवाद भयो भन्ने यकिन हुन सकेको छैन ।   चीनसँग व्यापारिक हिसाबले इन्धन खरिदका लागि सम्झौता गर्न आयल निगमको टोली शुक्रबार नै बेइजिङ जाने भनिएको थियो, तर मिति सारेर सो टोली सोमबार मात्रै चीन पुगेको छ । तर, अहिलेसम्म सम्झौता गर्ने विषयमा प्रगति भएको छैन । सरकारले आयल निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराललाई चीनबाट इन्धन ल्याउनूपूर्व प्राविधिक अध्ययन गर्न भन्दै चीन पठाएको छ । उनीहरूले तेल ल्याउने भनिएको चाइना नेसनल पेट्रोलियम कर्पोरेसन (सिएनपिसी)का अधिकारीलाई भेट गरेको र सकारात्मक कुरा भएको जानकारी निगमका अधिकारीलाई गराएका छन् ।   ११ कात्तिकमा दुई देशका सरकारको पहलमा सिएनपिसी र आयल निगमबीच इन्धन खरिद–बिक्री गर्ने समझदारी भइसकेको छ । तर, इन्धन संकट गहिरिएर सर्वसाधारणको दैनिकी अस्तव्यस्त भइरहँदा र समझदारी भएको महिना दिन बित्न लाग्दासमेत सरकारले सम्झौताका लागि प्रभावकारी पहल गर्न सकेको छैन । नेपालले चाहे तयार : चीन नेपालसँग पेट्रोलियम व्यापार गर्न चीन तयार छ । तर, यसको सुरुवात नेपालको चाहना र तत्परतामा भर पर्ने चिनियाँ बुझाइ छ । ‘नेपालले चाहेमा इन्धन खरिदसम्बन्धी सम्झौता हुन्छ र नेपालसँग कारोबारका लागि चीन तयार हुनेछ,’ काठमाडौंस्थित चिनियाँ दूतावासका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘यो विशुद्ध व्यापारिक मामिला हो, अरू हिसाबले अर्थ लगाउनु उपयुक्त हुँदैन ।’ चीनसँग भएका कुराकानी विशुद्ध दुईपक्षीय हितसँग सम्बन्धित छन् भन्ने स्पष्ट हुनु जरुरी भएको ती अधिकारीले प्रस्ट पारे । ‘चीन कुनै पनि कार्डमा विश्वास गर्दैन । नेपालसँग हाम्रो सम्बन्ध नितान्त दुईपक्षीय मामिला हो, हाम्रो यस्तै सम्बन्ध संसारका अन्य मुलुकसँग छ त्यो पनि तेस्रो पक्षसँग सम्बन्धित वा लक्षित छैन,’ उनले भने, ‘नेपालको आफ्नै विशेषताको राजनीतिक र विकास प्रणालीलाई चीनले सधैँ मान्यता दिँदै आएको हो ।’ कहाँ गयो अनुदानको तेल ? कति आयो तेल ? चीनले वर्षेनी उपलब्ध गराइरहेको आर्थिक तथा प्राविधिक सहायतामा कट्टा हुने गरी ११ मिलियन एनआरबी ९१८ करोड रुपैयाँभन्दा बढी० बराबरको १३ लाख लिटर पेट्रोल नेपाल आएको छ । १६ कात्तिकदेखि केरुङ–रसुवागढी हुँदै तेल ल्याउन थालिएको थियो । अन्तिम खेप मंगलबार ल्याइएको थियो । कहाँ गयो चीनको तेल ? चीनबाट १६ कात्तिकमा पेट्रोल आउन थालेपछि निगमले १९, २० र २१ कात्तिकमा उपत्यकामा करिब दश लाख लिटर पेट्रोल वितरण गरेको थियो । भारत र चीनको पेट्रोल मिसाएर बिक्री गरिएको निगमका थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए । २१ कात्तिकयता भने निगमले निजी सवारीका लागि भनेर कुनै पनि पम्पलाई तेल दिएको छैन । बुधबारसम्म निगमको थानकोट डिपोमा तीन लाख ५० हजार लिटर चिनियाँ पेट्रोल मात्रै मौज्दात छ । डेढ करोड नाफा आयल निगमले चीनबाट १३ लाख लिटर पेट्रोल ल्याउँदा रसुवा भन्सार कार्यालयमा करिब ५ करोड ७० लाख रुपैयाँ राजस्व तिरेको छ । सो पेट्रोल प्रतिलिटर एक सय चार रुपैयाँका दरले बिक्री गर्दा १३ करोड ५२ लाख रुपैयाँ आम्दानी हुन्छ । प्रतिलिटर १२ रुपैयाँ ६६ पैसा नाफा राखेर बिक्री मूल्य तय गरेको निगमले जनाएको छ । यसो गर्दा चिनियाँ पेट्रोलको बिक्रीबाट एक करोड ६४ लाख ५८ हजार रुपैयाँ नाफा हुन्छ । ‘चालकबाटै तेल चोरी’ केरुङबाट रसुवागढी नाका हुँदै काठमाडौंसम्म ल्याइएको तेल चालकले चोरी गरेका छन् । एउटा ट्याकरबाट २५ देखि ३० लिटरसम्म तेल चोरी गरेको प्रारम्भिक अध्ययनमा देखिएको निगमका एक अधिकारीले बताए । अनुदानको तेल लिन सयभन्दा बढी ट्यांकर परिचालन भएका थिए । पछि गएका ट्यांकरबाट अझ धेरै चोरी भएको निगमको भनाइ छ । कति सहज छ चीनबाट तेल ल्याउन रु नाकामा कमजोर पूर्वाधार नेपाल–चीनबीचको व्यापारका लागि ताप्लेजुङको ओलाङचुङगोला, संखुवासभाको किमाथांका, दोलखाको लामाबगर, गोरखाको लार्के, मुस्ताङको कोरल्ला, मुगुको हिल्सा र हुम्लाको यारी नाका छन् । ती नाकामा नेपालले छोटी भन्सार कार्यालय स्थापना गरेको छ । तर, पूर्वाधार विकास हुन सकेको छैन । हाल तातोपानी र रसुवागढी नाका मात्रै सञ्चालनमा छन् । रसुवागढीबाट १२ हजार लिटर क्षमताका ट्यांकरले तेल पनि ओसारेका छन् । तातोपानी नाका सजिलो चीनसँग व्यापार गर्न नेपाललाई तातोपानी–खासा सजिलो र छोटो परे पनि भूकम्पपछि अवरुद्ध छ । नेपालले तिब्बतको सिगात्सेबाट इन्धन ओसार्न सक्ने प्रारम्भिक अनुमानका आधारमा तातोपानी नाका नै सजिलो हुन्छ । सिगात्सेमा चाइना नेसनल पेट्रोलियम कर्पोरेसन ९सिएनपिसी०को ५० हजार किलोलिटर क्षमताको भण्डारणगृह छ । काठमाडौं–तातोपानी–सिगात्से पाँच सय ९८ किलोमिटर छ । तातोपानी सडक दुई लेनको छ । काठमाडौं–तातोपानी सडकको काठमाडौं–दोलालघाट खण्ड राम्रो अवस्थामा छ । गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो र भूकम्पले लामोसाँगु–बाह्रबिसे खण्ड क्षतिग्रस्त बनाएको थियो । सिगात्से–रसुवागढी अप्ठ्यारो सिगात्से–रसुवागढी–काठमाडौंको दूरी सात सय दश किलोमिटर छ । सरकारले यो बाटोलाई अझै सहज र छोटो गराउन आपत्कालीन परियोजनाका रूपमा रसुवागढीसम्म पुग्न बेत्रावती–मैलुङ–हाकुबेसी–स्याफ्रुबेसी वैकल्पिक सडक निर्माण गर्ने योजना अगाडि सारेको छ । यो सडकको केही स्थानमा ठूला पहिरो र भीर रहेकाले सडक खन्न चुनौतीपूर्ण छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE