Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

नाकाबन्दीमा यसरी गरिदैंछ ब्रह्मलुट

काठमाडौं । त्रिपुरेश्वरस्थित एक अडिट फर्ममा काम गर्ने ढुंगेअड्डाका राजन भण्डारी मंगलबार \'ब्ल्याक\' मा तेल किन्न कलंकी खसीबजार पुगे। पहिल्यै लिंक मिलाएर गएका उनले सजिलैसँग पेट्रोल पनि पाए। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–लिटरको तीन सय रुपैयाँमा कुरा मिलेपछि साढे दुई लिटर पेट्रोल दिन उनले आग्रह गरे। तर ब्ल्याक मार्केटका विक्रेताले प्रस्टैसँग भनिदिए, ‘पाँच लिटर किन्नैपर्छ।ु यसमा पनि उनको सहमति भयो।   पाँच लिटरका लागि १५ सय रुपैयाँ बुझाएपछि विक्रेताले कोकाकोलाका दुईवटा जम्बो बोतलमा पेट्रोल भरिदिए। हतारहतार जम्बो बोतलबाट बाइकमा तेल खन्याइसकेपछि उनले बोतल हेरे अनि थाहा पाए, एउटा जम्बो बोतलमा जम्मा २.२५ लिटरमात्र तेल अट्ने क्षमता हुँदोरहेछ।   दुईवटा बोतलमा गरी जम्मा ४.५० लिटर पेट्रोलको नै १५ सय रुपैयाँ तिरेका उनी एकछिन रनभुल्ल भए । पाँच लिटर छैन त भनेर सोध्दा बिक्रेताले ‘यसरी नै बेच्ने गरेका छौ\' भन्ने सीधा जबाफ दिए। नाकाबन्दीको बहानामा उपभोक्ता दोहोरो चेपुवामा पर्नुपरेको यो ज्वलन्त उदाहरण हो। पेट्रोलमा मात्रै होइन, यतिबेला दैनिक उपभोग्य वस्तुको कृत्रिम मूल्यवृद्धिसँगै नापतौल र परिमाणमा समेत उपभोक्ता ठगिएका छन्।   बजार अनुगमन ठप्पजस्तै भएको छ। आफूहरू ठगिएको गुनासोको सुनुवाइ नै हुन छाडेको आमउपभोक्ताको भनाइ छ।दैनिक खाद्य वस्तुदेखि डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्याससमेत तोकिएको परिमाणमा सर्वसाधारणले पाएका छैनन्। एकातिर दोब्बर बढी मूल्य तिर्नुपरेको छ भने अर्कोतिर बढी परिमाणको पैसा लिएर कम सामान लिनुपर्ने पीडामा उपभोक्ता पिल्सिनुपरेको छ। ट्याक्सी चालकले मिटर घुमाएर गुडाउन मान्दैनन् भने भाडा अचाक्ली बढी भन्ने गरेको गुनासो पनि सेवाग्राहीको छ। बजारमा खाना पकाउने ग्यास नपाइएपछि १२ दिनसम्म लाइनमा बसेर राजधानीका उपभोक्ताले आधा सिलिन्डर लिए। एक सिलिन्डरमा १४.२ केजी हुने भए पनि प्रायः सबै कम्पनीले आधा अर्थात् ७.२ केजी भन्दै ग्यास बेचे। उपभोक्ताले पनि नापतौलको कुरा गर्दा त्यही पनि नपाइन सक्ने त्रासले खुरुक्क लिइहाले। तर यसरी लिएको कतिपय कम्पनीका ग्यासको तौल तोकिएभन्दा कम रहेको अनुमान नापतौल तथा गुणस्तर जाँच गर्ने निकायकै एक कर्मचारीले बताए। \'ग्यास हाहाकार भएका बेला हामीले यसतर्फ त्यति चासो दिन पनि मिलेन\' ती अधिकारीले भने।   नाकाबन्दीले ग्यास हाहाकार भएको मौका छोपी विक्रेताले नियमविपरीत ग्यास बिक्री गरेको पाइएको छ। गुणस्तर तथा नापतौल विभाग तथा क्षेत्रीय कार्यालय सम्बद्ध कर्मचारीका अनुसार विक्रेताले ७.१ केजी भनेर बिक्री गरेको ग्यास कानुनविपरीत छ। जति केजी ग्यास बिक्री गर्ने हो त्यो सिलिन्डरमा लेख्नैपर्ने र सिल गरेरमात्र बेच्नुपर्ने कानुनी व्यवस्था छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending