Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

पन्चे बाजासहित प्रचण्डको विवाह सीतासँग यसरी भएको थियो

\"prachandaa\"काठमाडौंएमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन नेतामध्ये सबैभन्दा चर्चामा छन् । जनयुद्धदेखि दुईदुईवटा संविधानसभा निर्वाचन मात्रै होइन एमालेका तीन नेतालाई प्रधानमन्त्री बनाउने, बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउने, प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन पनि प्रचण्डले नै निर्णायक भूमिका खेलेका थिए । उनै प्रचण्डको विवाह कसरी भएको भएको थियो त ? प्रचण्ड पत्नी सीता दाहालले नयाँ पत्रिका दैनिकलाई यस्ते बताएकी छिन् : ०२५ साल अन्त्यतिरको कुरा हो । म १५ वर्षकी थिएँ । चितवनको शिवनगरमा हाम्रो घर थियो । म सानैदेखि स्कुल गइनँ । घरमै खेतीपातीमा बुबाआमालाई सघाएँ । घरमा मेरो विवाह गर्ने कुरा चल्न थाल्यो । मैले सुनेँ– अलिक पल्तिरको एउटा परिवार मलाई माग्न आएको छ रे ।   त्यतिवेलासम्म मैले उहाँ (प्रचण्ड)लाई देखेकी थिइनँ । उहाँको घर हाम्रोभन्दा त्यस्तै १५ मिनेट टाढा थियो । तर, मलाई माग्न आएको केटाको नाम के हो, कस्ता छन् भन्ने थाहा थिएन । मनमा खुल्दुली भने बढेको थियो । सोच्थेँ, ‘कस्ता होलान् ती केटा ?’ त्यहीताका गाउँमा एकजना अर्की साथीको विवाह थियो । म त्यो विवाहमा गएँ । अरू साथीहरू पनि आएका थिए । उहाँ पनि आउनुभएको रहेछ । उहाँलाई देखाउँदै मलाई साथीहरूले भने, ‘ओइ यहाँ आ’त । तँलाई माग्ने केटा त्यही हो नि ।’ उनीहरूले त्यसरी तोकेरै केटालाई देखाएपछि मलाई लाज लाग्यो । लाज मानीमानी मैले उहाँलाई हेरेँ । मनमा लाग्यो, ‘केटो त ठिकै रहेछ ।’ त्यसपछि मलाई झन् लाज लाग्न थाल्यो । लुकीलुकी उहाँलाई हेर्न मन लाग्यो । पहिलोपटक उहाँलाई देख्दा नै ठीक लागेकाले होला, फेरि अर्कोपटक हेरूँ–हेरूँ जस्तो लाग्यो । त्यही विवाहमा उहाँले पनि मलाई पहिलोपटक देख्नुभयो । आमुन्नेसामुन्ने हुँदा पनि बोलचाल भने भएन । उहाँले बोलाउनुभएन । म त झन् केटी, के भनेर बोलाउने ? त्यतिवेला उहाँ पनि त्यस्तै १५ वर्षकै हुनुहुँदो रहेछ । मभन्दा केही महिनाले कान्छो हुनुहुँदो रहेछ । तर, मेरो मनमा उहाँसँग नै विवाह हुन्छ भन्ने भावना निस्किसकेको थियो । मनमनै सोच्थेँ– मेरो अब त्यही केटासँग विवाह हुन्छ । मनमा उहाँकै कुरा खेल्न थाल्यो । मानसपटलमा उहाँ नै बस्नुभयो । पहिलोपटक देख्दा जति मन परेको थियो, त्यो बढ्दै बढ्दै गयो । तर, एक दिन आमाले भन्नुभयो, ‘ती केटासँग विवाह भयो भने यसका नन्द नै ६ जना हुन्छन् । अलिक अप्ठ्यारो पो हुन्छ कि ?’ आमाको कुरा पनि सही थियो । तर, मामा सँगै हुनुहुन्थ्यो । उहाँले आमाको कुरा काटिहाल्नुभयो । मामाले त्यतिवेला भन्नुभएको थियो, ‘केटो एकदम ठीक छ । यसले विवाह गर्ने नन्दसँग होइन । केटो ठीक भए नन्दका कुरा किन आयो ? केटाले यसलाई रूखको टुप्पोमा लगेर भए पनि पाल्छ ।’ मामाको कुराले आमा सहमत हुनुभयो । केहीअघिको आफ्नै कुरा काट्दै आमाले भन्नुभयो, ‘त्यसो हो भने ठीकै छ नि त ।’ मामा र आमा सहमतिमा आएपछि उहाँसँग नै विवाह हुने कुरा टुंगियो । हाम्रो विवाह ०२६ साल वैशाखमा हुने भयो । घरनजिकै भएकाले होला, विवाहको कुरा भएपछि उहाँसँग मेरो जम्काभेट हुन पनि थाल्यो । त्यसो त पहिले पनि एउटै बाटो पथ्र्यो होला, तर नचिनेको मान्छे भएकाले वास्ता हुँदैनथ्यो होला । विवाह हुने निश्चित भएपछि भेट हुँदा पनि हामीबीच बोलचाल भने हुँदैनथ्यो । लाजले म उहाँलाई सोझै हेर्नै सक्दिनथेँ । बोल्ने त परैको कुरा । उहाँले पनि मलाई बोलाउनुभएन । नबोली हिँड्नुहुन्थ्यो । विवाह गर्ने दिनको टुंगो लाग्यो । विवाहको दिन उहाँहरू जन्ती लिएर हाम्रो घरमा आउनुभयो । पन्चेबाजा पनि थियो । घरभरि मान्छे थिए । उहाँहरू आएपछि पनि मैले लुकीलुकी उहाँलाई हेरेकी थिएँ । लाज लाग्नु त स्वाभाविक नै थियो । त्यतिवेला उहाँ पातलो हुनुहुन्थ्यो । टेर्लिङको कमिज लगाउनुभएको थियो । पाइन्ट र टोपी लगाउनुभएको थियो । विवाहको विधिवत् काम सकिएपछि म उहाँको घरमा गएँ । त्यसपछि पनि हाम्रो बोलचाल भएन । बोलचाल नहुनुपर्ने त्यस्तो कारण त केही थिएन, तर दोहोरो कुराकानी हुनै सकेन । त्यतिवेला म सोच्थेँ– मेरा बुबाआमा पनि त श्रीमानश्रीमती हो, उहाँहरू कसरी बोल्नुभएको होला ? दोहोरो कुराकानी गर्दा कस्तो हुन्छ भन्नेचाहिँ मैले विवाह भएको दुई वर्षपछि मात्र थाहा पाएँ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE