Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

०४५ को नाकाबन्दीमा यसरी आएको थियो चीनबाट तेल

\"nepal-oil-nigam\"काठमाडौं । ०४५ मा भारतले सीमा क्षेत्रमा नाकाबन्दी गरेपछि निगमले तेस्रो मुलुकबाट तेल झिकाएको थियो । आजको नयाँ पत्रिका दैनिकका खबर छ– त्यतिवेला रुस, सिंगापुर, इराक, कुवेतलगायत देशका सरकारी कम्पनीबाट तेल खरिद गरेर पानीजहाजमा इन्धन ल्याई भारतको कोलकाताछेउमा रहेको बजबज बन्दरगाहमा झारिएको थियो ।   त्यतिवेला रुसको जेसु नेप्थे, कुवेतको केपिसी कम्पनीबाट तेल ल्याइन्थ्यो । तेस्रो मुलुकबाट ३० मेट्रिक टन क्षमताका साना कार्गो जहाजमा तेल ल्याइरहेको थियो । जहाजमा ल्याएको तेल भारतीय व्यवसायीका भर्टिकल ट्यांकरमा खसालेर पुनः भारतीय व्यवासायीकै ट्यांकरबाट एक हजार एक सय किलोमिटरको दूरीमा रहेको काठमाडौंसम्म तेल ढुवानी गरिएको थियो । त्यतिखेर भारतीय व्यवसायीले चर्को भाडा दरमा ट्यांकर उपलब्ध गराएका थिए । वीरगन्ज, भैरहवा, सिलगुढीलगायतका पाँच नाका खुला थिए । तिनै नाका हुँदै भारतीय ट्यांकरको सहायताले तेल ल्याइएको थियो ।   त्यस्तै, चीनको ल्हासाबाट खासा हुँदै पनि तेल ल्याइएको थियो । त्यतिखेर ल्हासाबाट काठमाडौंमा तेल ल्याउन १५ दिन लाग्थ्यो । हवाई इन्धन भने बंगलादेशबाट नेपाल एयरलाइन्सको जहाजबाट ढुवानी गरिएको थियो । नेपाल एयरलाइन्सको पखेटामा ड्रम राखेर हवाई इन्धन ल्याइएको थियो । बंगलादेशबाट डिजेलसमेत ल्याइएको थियो । विमानस्थल र विमान कम्पनीलाई नियमन गर्ने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइसिएओ)ले जहाजमा इन्धन ढुवानी गर्न नपाउने नियम बनाएको थियो । तर, नेपालमा हवाई इन्धनको अभावले उडान नै प्रभावित हुन थालेपछि ‘साह्रै अप्ठ्यारो परेको वेला’ भन्दै तेल ल्याइएको थियो । यसरी ल्याएको तेल आन्तरिक उडान भर्ने निजी विमान कम्पनी र नेपाल एयरलाइन्सले प्रयोग गर्थे भने बंगलादेशसम्म जाने विमान कम्पनीले पनि अभाव भएको वेला प्रयोग गर्थे ।   नेपालमा हवाई इन्धनको अभाव भएपछि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई एक हप्तादेखि नै इन्धन दिन नसक्ने जानकारी गराएकाले उनीहरू आफैँले इन्धन बोकेर आउँथे । कतिपयले भारतमा तेल भरेर पनि आउँथे । तर, चाहिनेभन्दा बढी तेल बोकेर आउनुपर्ने भएकाले अन्तर्राष्ट्रिय विमान कम्पनीले यात्रु र मालसामन पनि कम बोक्नुपरेको थियो । ०७२ को नाकाबन्दीमा चीनबाट यसरी आइपुग्यो तेल ३ असोजमा नेपालमा नयाँ संविधान प्रारम्भ भएको घोषणा भएपछि ४ असोजदेखि भारतले नाकाबन्दी गरेर पेट्रोलियमका ट्यांकर र खाना पकाउने एलपी ग्यासका बुलेटलगायत सबै मालबाहक ट्रक–कन्टेनर रोक्यो । दैनिक उपभोग्य वस्तुको मौज्दात भएकाले तत्काल अभाव नदेखिए पनि आयल निगमसँग धेरै दिन थेग्ने पेट्रोलियम मौज्दात थिएन । ८ असोजसम्म निगमका देशभर रहेका डिपोमा १९ हजार किलोलिटर मात्रै इन्धन थियो । यतिले मुस्किलले १५ दिन धान्न सकिन्थ्यो । भारतबाट तेल आउन बन्द भएपछि निगमले तेल वितरण परिमाणमा कटौती गर्‍यो । मौज्दात भएको तेल सकिन लागेपछि सरकारले वैकल्पिक उपायबारे सोच्न थालेको हो । सुरुमा बंगलादेशबाट इन्धन ल्याउने सोच राखे पनि सरकारले औपचारिक रूपमा चीनबाट तेल ल्याउनेबारे छलफल थालेको थियो । १३ असोज : चीनबाट इन्धन ल्याउन सकिने–नसकिनेबारे वाणिज्य तथा आपूर्ति सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपालस्थित चिनियाँ राजदूत वु चुन्ताईसँग भेट गरेर छलफल गरे । राजदूत चुन्ताईले कस्तो तेल चाहिएको भनेर सोधीखोजी गरेपछि आयल निगमले सोही दिन साँझसम्म दूतावासलाई स्पेसिफिकेसन उल्लेख भएको पत्र पठायो । २९ असोज : चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले के चीनले नेपाललाई इन्धन आपूर्ति गर्छ भनी गरेको प्रश्नमा जवाफ दिँदै नेपालले मागे सक्दो सहयोग गर्ने बताइन् । ९ कात्तिक :  चीनबाट तेल ल्याउनेबारे समझदारी गर्न चीनका लागि नेपाली राजदूत डा। महेश मास्केको नेतृत्वमा सातसदस्यीय टोली बेइजिङ गयो । टोलीले कम्तीमा ३० प्रतिशत इन्धन चीनबाट ल्याउने प्रस्ताव बोकेर गएको थियो । ११ कात्तिक : चीनको चाइना नेसनल पेट्रोलियम कर्पोरेसन ९सिएनपिसी० र नेपाल आयल निगमबीच इन्धन खरिद–बिक्री गर्ने सम्झौता भयो । सोही दिन चीनले अनुदानमा दिने १३ लाख लिटर लिन जाने बाटो पनि खुल्यो । सोही दिन साँझ चीनले केरुङमा तेल लिन १२ ट्यांकर पठाउनू भनी आयल निगमलाई जानकारी दियो । १३ कात्तिक :  बिहानै निगमको थानकोट डिपोबाट १२ वटा ट्यांकर पेट्रोल लिन केरुङतर्फ गए । साँझ रसुवाको धुन्चेमा ट्यांकरचालक र निगमका टोलीलाई रसुवावासीले फूलमाला र अबिर लगाई स्वागत गरे । १४ कात्तिक : चीनले दिने पहिले खेप तेल लिन तीनवटा ट्यांकर गए । र, ती ट्यांकर उतै बसे । १५ कात्तिक : बिहान बाँकी रहेका नौवटा ट्यांकर तेल भर्न केरुङ गए । त्यसपछि तेल भरेर १२ वटै ट्यांकर नेपालपट्टिको सीमाक्षेत्र टिमुरेमा आएर बसे । १६ कात्तिक : साँझ करिब ६ बजे थानकोट डिपोमा पहिलोपटक चिनियाँ तेल भित्रियो । १७ कात्तिक : आयल निगमले चीनसँग तेल खरिद गर्न इच्छुक रहेको जनाउ दिँदै व्यापारिक सम्झौताका लागि पत्र पठायो । उसले पत्रमा कारोबार गर्दा केरुङमा आवश्यक पूर्वाधार, भण्डारणगृह, सम्पर्क कार्यालयलगायत राख्न आग्रह गर्‍यो । त्यतिखेर कर हटाउन आग्रह गरियो । ३० कात्तिक : चाइना नेसनल पेट्रोलियम कर्पोरेसन ९सिएनपिसी० ले बिहान आयल निगमलाई पत्राचार गर्दै तेल खरिद–बिक्रीका लागि व्यावसायिक सम्झौता गर्नुपूर्व निगमको कार्यक्षमता, बिक्री मूल्यलगायतका बारेमा अध्ययन गर्ने भन्दै थप केही समय लाग्ने बताएको थियो । तर, साँझ फेरि पत्र पठाएर आफ्नोतर्फबाट सबै काम टुंग्याएको भन्दै सम्झौता गर्न छिटो आउनू भन्यो । ३ मंसिर : वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले तिहारको समयमा आफू चाइना गई त्यहाँबाट व्यापारिक हिसाबले तेल खरिद गर्ने सम्झौताका लागि वातावरण बनाएर आएको पत्रकार सम्मेलन गरी जानकारी गराए । उनले ४ मंसिरमा सम्झौताका लागि ७ सदस्यीय नेपाली टोली चीन जाने बताए । ४ मंसिर : चाइनामा शनिबार र आइतबार बिदा परेको भन्दै तेल खरिद सम्झौताका लागि नेपाली टोली त्यस दिन गएन । ७ मंसिर : चीनबाट आउने तेलको प्राविधिक पक्षबारे अध्ययन गर्ने भन्दै आयल निगमका निमिक्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई र निर्देशक दीपक बराल चीन गए । सरकारका प्रतिनिधि गएनन् । ८ मंसिर : अन्तिम खेप एक ट्यांकर पेट्रोल काठमाडौं आइपुग्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE