Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

सिके राउत र जेपी गुप्ता मधेसमा छुट्टै सेना गठनको तयारीमा

\"ckraut\"काठमाडौं । तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख छ ।   सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको छ । ती क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले ‘नेपाल सरकार’ मेटेर ‘मधेस सरकार’ राख्न थालिसकेको छ । राजमार्गदेखि सीमासम्मका अधिकांश साना प्रहरी चौकी विस्थापित भइसकेका छन् । सुरक्षा निकाय सरकारी कार्यालयको सुरक्षा र राजमार्ग खुलाउनमा मात्र सक्रिय रहेको मौका छोपी सो क्षेत्रमा तस्करी बढाइएको छ । हतियारसमेत भारतबाट भित्रन थालेको गुप्तचर रिपोर्टमा उल्लेख छ ।   हिंसाको आडमा तीन जिल्लामा राज्यका निकायसहित ठूला पार्टीका नेतालाई समेत निषेधको तयारी भइरहेको छ । त्यसका लागि योजनाबद्ध रूपमा हिंसा मच्चाइएको छ । बुधबार भारतको सीमा सुरक्षा बलबाट चार नेपालीमाथि भएको गोली प्रहार, बिहीबार मोरङमा पेट्रोल बोकेका व्यक्तिलाई आगो लगाउने काम तथा केही दिनअघि बिरामी बोकेको एम्बुलेन्समा तोडफोड गर्ने काम नियोजित रूपमा भएको स्रोत बताउँछ । ‘एक समूह आन्दोलनरत पक्ष र सरकारबीच जे–जस्तो सहमति भए पनि आन्दोलन चर्काउँदै जाने र हिंसा मच्चाउने दिशामा अग्रसर छ, सोही कारण नेताहरू वर्तामा बस्न इच्छुक देखिएका छैनन्,’ गुप्तचर स्रोत भन्छ, ‘तराईको आन्दोलन झन् जटिलतातर्फ अघि बढेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending