Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

यसरी असफल हुँदैछन् प्रधानमन्त्री ओली

\"KP-Oli-PM\"काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली देशको ३८औँ प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेको ४७ दिन पुगेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–ओली सिंहदरबार प्रवेश गर्दा मधेस आन्दोलन र भारतको नाकाबन्दी थियो । अहिले पनि आन्दोलन र नाकाबन्दी कायमै रहँदा समस्या बढ्दै गएको छ ।   प्रधानमन्त्री भएपछि ओलीले नाकाबन्दी सहने, तर भारतसँग नझुक्ने अभिव्यक्ति दिए । उनको यो अभिव्यक्तिपछि धेरैले उनलाई राष्ट्रवादी नेताका रूपमा छन् । तर, उनले नाकाबन्दीबाट उत्पन्न सकस अन्त्य गर्न नसक्दा असन्तुष्टि पनि बढेको छ ।   एमाले सचिव योगेश भट्टराईले सरकारको समीक्षा गर्ने वेला भइनसकेको बताए । प्रधानमन्त्री ओलीले अडानअनुसार काम गर्न नसकेको भने उनले स्विकारे । ‘अहिल्यै सरकारको समीक्षा गर्ने वेला भइसकेको त छैन,’ भट्टराईले भने, ‘बाहिरबाट हेर्दा राष्ट्रियताका मुद्दामा उहाँले लिएका अडान ज्यादै ठीक छन्, त्यसअनुसारको काम–कारबाही भने केही पनि छैन भन्ने छ ।’   तराई मधेसको आन्दोलनले सय दिन नाघिसकेको छ । तर, मधेस समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी नलिएको आरोप ओलीमाथि लाग्ने गरेको छ । प्रधानमन्त्रीको कामप्रति समीक्षा गर्ने वेला नभए पनि अपेक्षित गतिअनुसार काम गर्न नसकेको गुनासो बढेको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले पनि बताए ।   सरकार बनाउँदैदेखि ओलीबाट कमजोरी भएको एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसालले बताए । ‘पहिलो कुरा त सरकार बनाउँदा नै कमजोरी भयो । पार्टीभित्रै सहमति र समझदारी बनाउन सक्नुभएन । सरकारको दिनगन्ती सुरु भयो आफैँ भन्नुहुन्छ, तर अझै सरकार अपूरो छ,’ भुसालले भने, ‘यस्तो वेला आफ्ना मान्छे लग्नेभन्दा क्षमतावान् मान्छे लगेर संकट समाधानमा लाग्नुपर्ने थियो, तर त्यो ढंगले मान्छे छान्नुभएन ।’   संकटको अवस्थामा केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेर एमालेले कुनै धारणा बनाएको छैन । ‘संकटको यस्तो वेला दिन बिराएर स्थायी कमिटी बैठक बसेर पार्टीको धारणा बनाउनुपर्ने हो, तर बैठक बोलाइएको छैन,’ सचिव भट्टराई भन्छन्, ‘मधेस आन्दोलनबारे पार्टीका कार्यक्रम बनाएर तराई जानुपर्नेमा कार्ययोजना पनि छैन, जिम्मेवारी पनि छैन । अन्तर्राष्ट्रियस्तरमा नाकाबन्दीविरुद्ध लबिङ गर्न पार्टीका शीर्ष नेतालाई परिचालन गर्नुपर्नेमा त्यो पनि गरिएको छैन ।’   डेढ महिनासम्म ओली के गर्दै छन् रु मन्त्रिपरिषद् बनाउँदै छन् मन्त्रिपरिषद् अझै अपूर्ण ४७ दिनमा ३० जना मन्त्री भइसकेका छन् । चारपटक विस्तार गर्दा पनि मन्त्रिपरिषद् अझै अपूर्ण छ । एमाओवादीका मन्त्री बनाउन १५ दिन र एमालेका मन्त्री बनाउन एक महिना लाग्यो । अझै राप्रपा, संयुक्त र समाजवादी जनता पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारीमा ओली छन् । इतिहासमै धेरै उपप्रधानमन्त्री प्रधानमन्त्री ओलीले १९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्दै ६ उपप्रधानमन्त्री बनाए । एउटै मन्त्रालयमा क्याबिनेट मन्त्रीसागै राज्य र सहायकमन्त्री पनि नियुक्त गरेका छन् । एक सिट भएको दललाई पनि मन्त्री दिएका छन् । मन्त्रीमाथि कमान्ड छैन आफ्नै मन्त्रीहरूमाथि पनि प्रधानमन्त्रीको कमान्ड देखिएको छैन । भारतलाई हेर्ने सरकारको दृष्टिकोणबारे सबै विभागका मन्त्री बोलिरहेका छन्, आ–आफ्नै तालमा । दुई उपप्रधानमन्त्री र एक मन्त्रीको अभिव्यक्तिमा त भारतीय दूतावासले विज्ञप्ति नै निकालेर खण्डन गरेको छ । देशवासीलाई सम्बोधनमा ढिलाइ नाकाबन्दीले प्रताडित जनताले नयाँ प्रधानमन्त्री आएपछि समस्या समाधान हुने अपेक्षा गरेका थिए । तर, ओलीले जनतालाई सहानुभूतिका लागि सम्बोधन गर्न ढिलाइ गरे । प्रधानमन्त्रीमा निर्वाचित भएको ३७औँ दिनमा उनले देशवासीको नाममा सम्बोधन गरे । तर, जनअपेक्षा सम्बोधन गरेनन् । समस्या एकातिर सम्बोधन अर्कातिर नाकाबन्दीका समस्या सम्बोधन गर्ने वेला प्रधानमन्त्रीले महत्त्वाकांक्षी योजना मात्र सुनाए । उनले एक वर्षमा लोडसेडिङ अन्त्य, काठमाडौं उपत्यकामा विद्युतीय मेट्रो—रेल सञ्चालन गर्ने, पूर्व–पश्चिम लोकमार्गलाई चार लेनको बनाउनेजस्ता कार्यक्रम पनि घोषणा गरे । फितलो टिम बनाएको आरोप विदेशीसाग सघन संवाद गर्नुपर्ने अहिलेको अवस्थामा उनले विदेश सल्लाहकार पनि नियुक्त गरेका छैनन् । एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसाल भन्छन्, ‘मन्त्रीहरूको हैसियत पनि देखिएन । यस्तो अवस्थाले अराजकता उत्पन्न हुन्छ ।’ पार्टी बैठक गरेनन् प्रधानमन्त्री भएपछि ओलीले सरकार सञ्चालनबारे पार्टीको राय, सुझाब लिएका छैनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE