Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

ओलीदेखि सुशील कोइराला, खुमबहादुरसहितलाई यसरी बाँडियो करोडौं रुपैयाँ

\"paisa\"काठमाडौं । सरकारले संविधानसभा चुनावपछि झन्डै तीन अर्ब रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सरकारले दोस्रो संविधानसभा चुनावपछि औषधोपचार खर्च, द्वन्द्वपीडितलाई राहत, जात्रा तथा चाडपर्व मनाउन, नेताका नाममा खोलिएका प्रतिष्ठानलाई कार्यक्रम गर्नलगायतका लागि दुई अर्ब ८४ करोड ७१ लाख रुपैयाँ राहत वितरण गरेको हो ।   आर्थिक सहायता गृह, स्वास्थ्य, संस्कृति, शान्ति तथा पुनर्निर्माणलगायतका मन्त्रालयबाट वितरण गरिएको अर्थ मन्त्रालयले जनाएको छ । धार्मिक संगठन, गैरसरकारी संस्था, सरकारी कर्मचारी, कर्मचारीका श्रीमतीलगायतलाई आर्थिक सहायता वितरण गरिएको छ ।   औषधोपचार खर्च पाउनेमा प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान प्रधानमन्त्री सुशील कोइराला, निवर्तमान उपराष्ट्रपति परमानन्द झाकी श्रीमती, पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साह, पूर्वगृहमन्त्री गोविन्दराज जोशी, सञ्चारमन्त्री शेरधन राईलगायत छन् । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका खुमबहादुर खड्काले द्वन्द्वकालीन समयमा भएको सम्पत्तिको क्षतिपूर्तिबापत २० लाख रुपैयाँ आर्थिक सहायता पाएका छन् ।   संसद्को अर्थ समितिको शुक्रबारको बैठकमा प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले आर्थिक सहायताका नाममा विभिन्न संघसंस्थाका वार्षिकोत्सव, सम्मेलनलगायतका कार्यक्रमका लागि राज्यकोषबाट हरेक वर्ष करोडौँ रुपैयाँ खर्च भइरहेको बताए । ‘राजनीतिक र प्रशासनिक पहुँच भएका व्यक्तिले आर्थिक सहायता रकम पाइरहेका छन्, विनाआधार एउटै व्यक्तिलाई तीन–चारपटकसम्म सरकारले आर्थिक सहायता दिएको भेटिएको छ,’ सचिव राईले भने, ‘आर्थिक सहायता वितरणमा ठूलो विकृति छ, यसलाई नरोक्ने हो भने सरकारको स्रोत यस्तैमा खर्च हुने सम्भावना रहन्छ ।’   आर्थिक सहायता निश्चित प्रक्रिया पूरा गरेरभन्दा पनि मन्त्रीहरूले आफ्नो खल्तीबाट नाम निकाली मन्त्रिपरिषद्बाट पारित गराउने प्रवृत्ति रहेको उनले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending