Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

गोलाप्रथाबाट ग्यास वितरण, चिट्ठा परे आधा सिलिन्डर ग्यास

\"gasकाठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीनजिकै ठूला वरपीपलका रूख छन् । त्यहाँ चारैतर्फ फैलिएको खुला चौतारो पनि छ । चौताराअगाडिको खुला चौरभरि सर्वसाधारण व्यग्र प्रतीक्षा गरिरहेका छन् । उनीहरूमा कौतुहलसँगै अनुहारमा अभावको पीडा स्पष्ट झल्किएको देखिन्छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–बेनीबजारको वीरेन्द्रचोकमा शनिबार दिउँसो देखिएको यो दृश्य अरू केही नभएर तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण करिब तीन महिनापछि जिल्लामा भित्रिएको खाना पकाउने एलपी ग्यास गोलाप्रथा प्रणालीबाट वितरण गर्न आयोजित कार्यक्रम हो । जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकको निर्णयबमोजिम जिल्लामा भित्रिएको खाना पकाउने ग्यास पारदर्शी तरिकाले वितरण गर्न गोलाप्रथा प्रणाली अपनाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए । ‘माग उच्च छ । ग्यास सीमित मात्रामा भित्रिएको छ । त्यसको वैज्ञानिक वितरण नै गोलाप्रथा हो भन्ने लाग्यो’, उनले भने, ‘यसो गर्दा कसैले कसैलाई आरोप लगाउन पाउँदैन ।’ व्यवसायीका अनुसार सामान्य अवस्थामा जिल्लामा प्रतिमहिना ४२ सय सिलिन्डर ग्यास खपत हुन्छ । वितरण प्रणाली व्यवस्थित बनाउन यसअघि ३ दिन लगाएर म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा जिल्लाका उपभोक्तालाई उपभोक्ता परिचयपत्र वितरण गरिएको थियो । विद्यार्थी, डेरावाला र घरधनी गरी ३२ सय ९२ जनालाई परिचयपत्र वितरण गरिएको थियो । त्यसमध्ये गोलामा पर्ने ३ सय ८१ जना उपभोक्तालाई ग्यास वितरण गरिने म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष सुविन श्रेष्ठले बताए । सर्वपक्षीय बैठकले आधा सिलिन्डर भरिएको ग्यासलाई ८ सय २५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । खाना पकाउने ग्यासको चरम अभाव हुँदा खासगरी भाडामा बस्ने उपभोक्ता बढी समस्यामा परेका छन् । ग्यास अभावमा जिल्लामा सञ्चालित होटेल व्यवसाय अझ बढी संकटमा परेको छ । केही होटेलले सुविधा घटाएका छन् भने केही बन्द भएका छन् । गोलामा परेका उपभोक्तालाई जिल्ला प्रहरी कार्यालयको निगरानीमा वितरणको व्यवस्था मिलाइएको छ । गोलामा परेका उपभोक्ताले परिचयपत्रसहित आइतबार दिउँसो १ बजेसम्म ग्यास लिन आउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । आफ्नै आँखाअघि गोला गरिएकाले सर्वसाधारण पनि सन्तुष्ट देखिएका छन् । ‘यसरी बाँडेपछि सबैलाई चित्त बुझ्छ । गुपचुपमा गरिएको काममा मात्रै तलमाथि हुन्छ’, बेनीका उपभोक्ता लेखनाथ शर्माले भने । उनले अर्कोपटक आउने ग्यासमा अहिले नपाउने उपभोक्तालाई प्राथमिकता दिनुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending