Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

डीएसपी रेवती ढकालको ग्यास कोटाको उर्दीले काठमाडौँका प्रहरी हैरान

\"rewatiकाठमाडौं । महानगरीय प्रहरीपरिसर काठमाडौंको अपरेसन इन्चार्ज डीएसपी रेवती ढकालले आफ्नो अख्तियारीको दुरुपयोग गर्दै काठमाडौँ परिसर मातहतका प्रहरी युनिटहरुबाट ग्यासमा आफ्नो कोटा माग्ने गरेको रहस्य सार्वजनिक भएको छ ।   आजको जनमञ्च साप्ताहिकमा खबर छ– स्रोतका अनुसार डीएसपी ढकालले काठमाडौँ परिसरमातहतका प्रहरी वृत्त, प्रभाग तथा प्रहरीबिटका इन्चार्जहरुलाई उर्दी जारी गर्दै तिमीहरुको एरियामा ग्यास आयो भने मलाई २÷३ वटा ग्यास जसरी भए पनि राखिदिनु भन्दै उर्दी जारी गर्ने गरेकाले इन्चार्जहरु आतंकित भएको स्रोतको दाबी छ । डीएसपी ढकालको ग्यास कोटाले हैरान काठमाडौँको एक प्रभागका इन्चार्जले नाम नछाप्ने शर्तमा भने, “मैले एक महिनाको अवधिमा आठवटा ग्यास दिइसकेँ, तैपनि उहाँले अझै ४÷५ वटा जसरी भए पनि मिलाइदे भन्दै दबाब दिइरहनुभएको छ, ग्यास हामीले उत्पादन गर्ने होइन, सर्वसाधारणलाई वितरण गर्नको लागि आएको ग्यासमध्ये सबैलाई कन्भिन्स गरेर मिलाइदियो, जति मिलाइदियो त्यति माग बढ्दै गएको छ, अपरेसन इन्चार्ज हुन् ग्यास मिलाउन सक्दिनँ भन्यो भने भोलिदेखि पेल्न सुरु गर्छन्, कसरी जागिर खानु र ?’ स्रोतका अनुसार पछिल्लो एक महिनाको अवधिमा उर्दी जारी गरेर काठमाडौंका विभिन्न ठाउँबाट करिब ५० सिलिन्डर ग्यास लगिसकेका छन् । स्रोतका अनुसार ग्यास लिन उनी आफू जाँदैनन्, उनले आफ्ना सहयोगीहरुमार्फत विभिन्न उच्च ओहोदाका व्यक्तिहरुको घरमा ग्यास पठाएर चाकडी गर्ने गरेको काठमाडौं प्रहरीपरिसर स्रोतको दाबी छ । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रमेश बस्नेतको सरुवाको समय भइसकेको कारण उक्त वृत्तको इन्चार्ज हुने दाउ रच्दै उनले गृहमन्त्री शक्ति बहादुर बस्नेतको आफन्तहरुकोमा ग्यास पु¥याएर चाकडी गरेको समेत स्रोतको दाबी छ । २०५१ भदौ १६ मा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका उनी २०५४ चैत १८ मा प्रहरी निरीक्षकमा नाम निकाल्न सफल भएका थिए । करिब तीन वर्ष प्रहरी सहायक निरीक्षकमा जागिर खाएका उनले पछिल्लो समय आफ्नो जागिरमा प्रहरी सहायक निरीक्षकमा खाएको अवधि जोड्न नपाइने हास्यास्पद तर्क गर्दै एआईजी गणेश राईसँगै जागिर अवधि लम्ब्याउन सर्वोच्च अदालतमा रीट दर्ता गराएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE