Khabar Dabali ९ फाल्गुन २०८२ शनिबार | 21st February, 2026 Sat
Investment bank

इन्धन खरिदका लागि कर छूट दिन चीनलाई नेपालको पत्र

\"Nepalकाठमाडौं । चीनसँग इन्धन खरिदका लागि कर छूट दिन आग्रह गर्दै वाणिज्य तथा आपूर्ति मन्त्रालयले चीन सरकारलाई औपचारिक पत्र लेखेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले कर छूटका लागि अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत चीनलाई पत्र पठाइसकिएको जानकारी दिए ।   वाणिज्य मन्त्रालयका एक अधिकारीले भने गत बिहीबार नै कर छूटका विषयमा अर्थ र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको बताए । नेपाल आयल निगमले कात्तिक १५ देखि मंसिर ५ गतेभित्रको अवधिमा द्विपक्षीय व्यापार सम्झौता गरी चीनबाट इन्धन खरिद गर्ने योजना सार्वजनिक गरेको थियो ।   तर उक्त समयसीमा समाप्त भएको सात दिन बितिसक्दासमेत चीनसँग व्यापार सम्झौता हुनसकेको छैन । नेपाललाई इन्धन बिक्री गर्न चीनले आफ्नो निर्यात नीति नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको स्रोतले बतायो । सरकारले नेपाल–चीन आर्थिक अनुदान सहयोग कार्यक्रमभित्र राखी कर छूटको विषयलाई सम्बोधन गराएर भए पनि समस्या समाधान गराउने पक्षमा लबिङ गरिरहेको छ । ‘आर्थिक अनुदान सहयोग कार्यक्रममार्फत कर छूटलाई सम्बोधन गर्न सकियो भने इन्धन आपूर्ति गर्न एउटा ठूलो बाधक तत्व कम हुनसक्छ’, परराष्ट्र स्रोतले भन्यो ।   नेपाल र चीनबीच इन्धन आपूर्तिका लागि गत कात्तिक ११ गते बेइजिङमा द्विपक्षीय सहमति भएको थियो । त्यसमा नेपालमा खपत हुने मागको ३३ प्रतिशत चीनबाट आपूर्ति गर्ने उल्लेख छ । चीन सरकारको स्वामित्वमा रहेको पेट्रो चाइनासँग व्यापारिक सम्झौता गरेर सरकारले इन्धन आपूर्ति गर्न लागेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE