Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

नेपाली सेना भन्छ– मुलुकको अवस्था तरल

\"Army_GEN_Rajendra_Chhetri\"काठमाडौं । नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम ‘तरल र अप्ठ्यारो’ अवस्था रहेको विश्लेषण गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–झन्डै एक सय दिनदेखि तराई(मधेसमा भइरहेको आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन सक्ने उल्लेख छ।नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ मिलेटरी इन्टेलिजेन्स (डीएमआई) ले तयार पारेको प्रतिवेदनमा सुरुआती दिनमा तराई(मधेसमा चलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहे पनि अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि उल्लेख छ। कतिपय स्थानका विरोध र आन्दोलनका कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ।तराई(मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी अवस्थामा रहेको स्रोतले बतायो। तराई(मधेसका समस्या नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक धारणा आइरहेका बेला आइतबार सैनिक मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ।   यस्तै तरल अवस्था जारी रहे सेनाको भूमिका के हुने भन्ने सन्दर्भमा समेत सैनिक अधिकारीहरूबीच छलफल भएको थियो।छलफलमा पूर्वसैनिक अधिकारीहरूले मुलुकको राष्ट्रियता र सार्वभौमिकताबारे कुनै पनि सम्झौता मान्य नहुने बताएका थिए । स्रोतका अनुसार उनीहरूले राष्ट्रिय एकता र अखण्डता जोगाउन नेपाली सेना जस्तोसुकै मूल्य चुकाउन तयार हुनुपर्ने सुझाव पनि दिएका थिए।   मधेसमा भइरहेको आन्दोलनले असहज परिस्थिति निम्त्याएकाले यस्तै अवस्था रहे नेपाली सेनाले अवलम्बन गर्नुपर्ने भूमिकाका विषयमा सेनाले पूर्वसैनिक अधिकारीसँग छलफल गरेको हो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले नियमित कार्यक्रम भए पनि नेपाली सेनाले पूर्वउच्च सैनिक अधिकारीलाई मुलुकको पछिल्लो अवस्था खासगरी मधेसमा चलिरहेको आन्दोलनबारे जानकारी दिएको बताए।   उपप्रधान एवं रक्षामन्त्री भीम रावलले मधेसको आन्दोलन काबुमा लिन सेना परिचालन हुनेतर्फ संकेत गरिरहेका बेला सरकारका प्रवक्ता रहेका सूचना तथा प्रविधिमन्त्री शेरधन राईले संवाद र वार्ताबाटै समस्या समाधान गर्नुपर्ने तर कुनै पनि बहानामा सेना परिचालन गर्न नहुने धारणा राख्दै आएका छन् । मन्त्रीहरूकै परस्पर विरोधी अभिव्यक्ति आइरहेका बेला पूर्वसैनिक अधिकारीहरूले विधिसम्मत निर्णय भएमा नेपाली सेना जहाँसुकै तैनाथ हुनुपर्ने सुझाव सैनिक नेतृत्वलाई दिएका छन्।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending