Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

गएको भोलिपल्ट नाकाबन्दी खुल्छ भने दिल्ली जान तयार छु : प्रधानमन्त्री ओली

\"kp-oli1\"काठमाडौं । दुई महिनायता जारी रहेको भारतीय नाकाबन्दीका कारण नेपाली जनजीवनले नसोचेको संकट बेहोरिरहेका कारण ‘नाकाबन्दी तत्काल खुल्ने अवस्था नआई’ आफू दिल्ली भ्रमणमा नजाने स्पष्ट सन्देश प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका छन् ।   आजको कान्तिपुर दैनिकमा खबर छ–भारतीय कम्युनिष्ट पार्टीको निम्तोमा एक अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन दिल्ली पुगेका एमाले नेता प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीलाई दिल्ली भ्रमणको औपचारिक निम्तो आइसके पनि ‘नाकाबन्दी समस्या हल नभई भ्रमणमा ननिस्कने सन्देश सुनाएको’ जानकारी गराए । ‘यतिखेर प्रधानमन्त्री ओलीको मुख्य चासो भनेको नेपाली जनताले अनाहकमा बेहोर्नुपरेको पीडालाई सम्बोधन गर्नेतर्फ छ,’ प्रधानमन्त्री बन्नुअघि ओलीका विशेष–दूत बनेर दिल्ली पुगेका नेता ज्ञवालीले भने, ‘भारत भ्रमणको औपचारिक निम्तो लिएर आउने दूतलाई ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ, ‘कि म भारत जानुअघि सबै नाकाबाट निर्वाध ढंगले दैनिक उपभोग्य बस्तु आपूर्ति भएको अवस्था हुनुपर्‍यो, होइन भने म दिल्ली पुगेको भोलिपल्ट नाकाबन्दी पूर्णतः खुल्न सक्ने पूर्वप्रतिबद्धता हुनुपर्‍यो ।’   एमालेका सचिव ज्ञवालीले ‘छिमेकी प्राथमिकता’ भन्दै अहिले नेपाललाई गरिएको भारतीय व्यवहारमा कहींकतै मेल खान नसक्ने भन्दै भारतले आफ्ना नीतिहरुको पुनरावलोकन गर्नैपर्ने अडान दिल्लीमा भेटिएका नेपाल मामलामा शुभेच्छा राख्ने दलीय नेताहरुसमक्ष सुनाएका छन् । ‘दिल्ली आएर कुन दलका कुन नेताले के आश्वासन र प्रतिबद्धता जनाएका हुन्, मलाई अरुका बारेमा थाहा छैन,’ नेता ज्ञवालीले भने, ‘तर मैले भने मोदी सरकार र भारतीय जनता पार्टीसम्बद्ध सत्ताधारी नेताहरुसँग नेपालको शान्ति प्रकृयामा जोडिएको संविधानमा सकारात्मक बनिदिन आग्रह गरेको थिएँ ।’   नेता ज्ञवाली नेपालमा संविधान जारी हुनुअघि गत सेप्टेम्बर १५ देखि तीन दिने दिल्ली दौडाहामा आएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending