Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

किन खिन्न छन् आपूर्तिमन्त्री पुन ?

\"Ganeshman-Pun\"काठमाडौं । वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निद्रा बिहान पाँच नबज्दै खुलिसक्छ। निद्राबाट ब्युँझिनेबित्तिकै उनी तेल र ग्यास सम्झन्छन्।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–दिनरात तेल र ग्यासका लागि मेहनत गरिरहँदा पनि आपूर्ति व्यवस्था सहज नभएपछि आफैं खिन्न भएको उनले बताए।भारतीय नाकाबन्दीका कारण सबैभन्दा व्यस्त मन्त्री पनि उनै हुन्। एक महिना वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालिसकेका मन्त्री पुन इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन ुचेन अफ कमान्डु नै नमिलेको निष्कर्षमा पुगेका छन्।   उनले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा आफूले चाल्न खोजेका कदममा सुस्तता आउनुमा सरकारी संरचनाको ुचेन अफ कमान्डुलाई नै जिम्मेवार ठहर्‍याउँछन्।चीनसँग इन्धन आपूर्तिका लागि गरिने सम्झौता, रक्सौलबाहेक भारतका अन्य नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन गरिएको प्रयास, प्राप्त भएको इन्धन वितरणमा चाल्न खोजिएका कदम, वैकल्पिक इन्धन आपूर्तिका लागि चाल्न खोजिएका अभियान र दीर्घकालीन समाधानका उपाय खोज्न आफूले गरेको प्रयास सरकारी संरचनाको ढिलासुस्तीले परिणाममुखी हुन नसकेको मन्त्री पुनले बताए।   वाईसीएल पृष्ठभूमिबाट जनप्रतिनिधि हुँदै मन्त्री भएका पुन चेन अफ कमान्डमा फटाफट निर्णय र कार्यान्वयन गराउन चाहन्छन्। तर त्यस्तो भइरहेको छैन । ‘सरकार सञ्चाल प्रणाली साह्रै ढिलासुस्ती छ। व्यक्ति तोक्दिनँ तर चेन अफ कमान्ड नै मिलेको देख्दिनँ।   \'एउटामात्रै मन्त्रालयको यो समस्या होइन कि समग्र शासन प्रणालीमा सुधार ल्याउनुपर्ने हुन्छ\' पुनले आइतबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा भने, \'दसैंको बेलाको असहज स्थिति तिहारसम्म नरहोस् भनेर म अनौपचारिक रूपमा चीन पुगें। चीनसँग पेट्रोलियम पदार्थ आपूर्ति गर्ने समझदारीपत्रमा हस्ताक्षर त भयो तर त्यसलाई व्यावहारिक रूप दिने प्रक्रिया अब बल्ल नजिकमा पुगिरहेको छ।\' आफ्नो मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई दुईवटा पत्र पठाइसकेको जानकारी दिँदै मन्त्री पुनले भने, \'इन्धन आपूर्तिका लागि सैद्धान्तिक रूपमा समझदारी हुने बेलामा एउटा र नेपाल आयल निगमको दुई सदस्यीय टोलीसँग अर्को पत्र परराष्ट्र मन्त्रालयमार्फत पठाइएको छ। हामीले पठाएको पत्रमा छिटो व्यापारिक सम्झौता गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending