Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

सुशील र देउवालाई क–कसले छाड्दैछन् ?

\"Deubaकाठमाडौं । महाधिवेशन नजिकिंदै गर्दा कांग्रेसका प्रभावशाली नेताहरुले गुट अदलबदल गर्ने क्रम सुरु भएको छ ।   आजको साँघु साप्ताहिकमा खबर छ–अहिलेसम्म सभापतिका लागि शेरबहादुर देउवा र रामचन्द्र पौडेलले औपचारिक अभियान थाले पनि सुशील कोइरालाले मुख खोलेका छैनन् । तर, कोइराला पक्षले सुशीललाई नै अघि सार्ने लगभग निश्चित छ । त्यो अवस्थामा रामचन्द्र पौडेलसामू सुशीलको मतियार बन्ने वा तेस्रो गुट बनाउने बाहेक अन्य विकल्प हुने छैनन् । यद्यपी पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोलेर ताउरमाउर गर्न थालेका छन् ।   रामचन्द्रले सुशील कोइराला अहिले पार्टी भित्र र बाहिर पनि अलोकप्रिय भएको भन्दै आफूलाई अघि सार्न माग गरेका छन् । पौडेलले अवसर पाउने सम्भावना एकदमै कम छ । सुशील आफैंले निकस्थहरुलाई बोलाएर एक कार्यकाल पुनः सभापति हुने चाहना व्यक्त गरेको स्रोतले जनाएको छ ।   पछिल्लोपटक देउवा निकटका विमलेन्द्र निधि र चित्रलेखा यादवलाई कोइराला पक्षले आफूतिर तान्न खोजेको छ । त्यस्तै कोइराला पक्षका कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलाई देउवाले तान्न खोजेका छन् । देउवाले महामन्त्रीको उम्मेदवार कोइराला पक्षबाट आउने नेतालाई बनाउने चर्चा चलेको छ । सिटौलाले यसपटक देउवालाई साथ दिने भने पनि उनी मौन छन् ।   संस्थापनमा रामशरण महत महामन्त्रीका बलिया दादेबार हुन् । कोइराला परिवारका सशांक, शेखर र सुजाताको दाबी पनि पदाधिकारीमा उत्तिकै छ । सुशील आफू जितेमा सशांकलाई उपसभापति बनाउने र आफूलाई गिरिजाले कार्यवाहक बनाएजस्तै गरी केही समयपछि सशांकलाई कार्यवाहक बनाउने सम्भावना पनि छ । देउवालाई पनि खुमबहादुर खड्काको चुनौति छ । एमालेबाट फेरि मन्त्री थपिंदै
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending