Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

भारतले नाकाबन्दी गरेपछि नियम निलम्बन गर्दै चीन जोड्ने सडक सेनालाई

[caption id=\"attachment_48294\" align=\"alignleft\" width=\"640\"]\"फाइल फाइल फाेटाे[/caption] काठमाडौं । भारतीय नाकाबन्दीका कारण अत्यावश्यक वस्तुको आपूर्ति ठप्प भएपछि सरकारले सक्दो छिटो चीनसँगको नाका रसुवागढीसम्मको सडक विस्तार गर्न विद्यमान ऐननियम निलम्बन गरी सेनालाई जिम्मा दिने निर्णय गरेको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–सरकारले नेपाली सेनालाई डेढ वर्षभित्र वेत्रावतीदेखि रसुवागढीसम्मको ट्र्याक खोल्न जिम्मा दिन लागेको हो। त्यसपछि कालोपत्रे गर्ने काम भने सडक विभागले गर्ने भएको छ।   उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदार, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलसहित विभिन्न ६ मन्त्रालयका सचिव र विभागीय प्रमुख सम्मिलित बैठकले आगामी दुई वर्षभित्र धादिङको गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर सडक दुई लेनको कालोपत्रेमा स्तरोन्नति गर्ने निर्णय सोमबार गरेको हो।   सरकारले द्रूत गतिमा सडक निर्माणकार्य पूरा गर्न आवश्यक बजेटको बन्दोबस्त गर्ने अर्थमन्त्री पौडेलले बताए। ‘डबल लेनको सडक निर्माणका लागि हामी सबै प्रतिबद्ध छौं’ पौडेलले भने। सडक विभागका महानिर्देशक माधवकुमार कार्कीका अनुसार बैठकले सार्वजनिक खरिद ऐनको दफा ६६ प्रयोग गरी असाधारण परिस्थितिमा प्रक्रिया छोट्याई छिटोभन्दा छिटो सडक निर्माण गर्ने निर्णय गरेको हो। विभागमार्फत मन्त्रालयले मंगलबार मन्त्रिपरिषद्मा यससम्बन्धी प्रस्ताव पठाउने सम्पूर्ण तयारी पूरा गरेको जानकारी उनले दिए।   मन्त्रिपरिषद्ले खरिद ऐनको दफा ६६ प्रयोग गरी विभिन्न निकायको सहमति र स्वीकृति लिनुपर्ने कानुनी प्रावधानलाई निलम्बन गर्छ। \'कुनै भयानक दैवी विपत्ति आएन भने सडक निर्माण सुरु भएको दुई वर्षमा हामी सम्पूर्ण निर्माणकार्य पूरा गर्नेछौं’, बैठकपछि महानिर्देशक कार्कीले भने, \'वातावरणीय प्रभाव मूल्यांकन, रूख काट्ने स्वीकृति, निकुञ्जको सहमतिलगायत ऐननियमले तोकेका प्रावधान लागू नहुने गरी प्रक्रिया छोटो हुनेछ।\' सडक विभागले दुई महिनाभित्र उक्त सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न परामर्शदाता छनोट प्रक्रिया पनि सुरु गरिसकेको कार्कीले बताए। राष्ट्रिय गौरवको आयोजनाका रूपमा पहिलोपटक ऐननियम निलम्बन गरी निर्माण गर्न लागिएको यस आयोजनाको अनुमानित लागत ८ अर्ब रुपैयाँ छ। रसुवा र नुवाकोटको सीमानदी बेत्रावतीदेखि विकट भौगोलिकता, कडा चट्टानलगायत प्राविधिक कारणले प्रतिकिलोमिटर सडक निर्माण १० करोड रुपैयाँ पर्ने विभागको अनुमान छ।ठेकेदारलाई ठूलै दैवी विपत्तिबाहेक अन्य कुनै पनि हालतमा म्याद थप गर्न नदिने, उसले काम गर्न नसके तत्काल कालोसूचीमा राखी अर्को ठेकेदार नियुक्त गर्ने र पहिलेको ठेकेदारले गर्न नसकेको हर्जना र क्षतिपूर्ति भराउने गरी ठेक्का हुने कार्कीले बताए। ‘हामी बढीमा २०७४ चैत मसान्तसम्म डबल लेनको बाटो तयार गर्ने गरी काम गर्नेछौं’ उनले भने। महानिर्देशक कार्कीले सडक निर्माणको खाकाबारे भौतिक योजनामन्त्री, अर्थमन्त्री, बन, ऊर्जा, भूमिसुधार, वातावरण मन्त्रालयका सचिव र सडकसित सरोकार राख्ने अन्य विभागका महानिर्देशकलाई प्रस्तुति गरेका थिए। बैठकमा सहभागी सरकारका सबै निकायबाट सडक निर्माणमा कुनै बाधा आउन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए। ुयो मोडलमा सडक बने नेपालका लागि ऐतिहासिक हुनेछु, कार्कीले भने। चीनको व्यापारिक नाका सिगात्सेदेखि केरुङसम्म दुई लेनको सडक छ । रसुवागढीबाट केरुङसम्मको २२ किलोमिटर दुई लेनको सडक विद्यमान रहेको र चीनले सन् २०१८ सम्म ब्रोडगे्रज रेलवे आउने गरी काम गरिरहेको छ। उक्त ब्रोडगेज निर्माण पूरा भएपछि हाल भइरहेको व्यापारमा अझ बढी सहज हुनेछ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE