Khabar Dabali २९ श्रावण २०८३ शुक्रबार | 14th August, 2026 Fri
Investment bank

भारतीय भूमिबाट ढुंगा र पेट्रोल बम प्रहार

काठमाडौं । नेपालगन्जको रुपैडियास्थित जमुनाहा नाका अवरोध गर्न टेन्ट गाडेर बसेका मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले हटाएपछि भारततर्फबाट प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको छ।   आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–मोर्चाको आक्रमणमा परी एकजना प्रहरी घाइते भएका छन् भने प्रहरीको प्रतिकारमा केही आन्दोलनकारी घाइते भएका छन्। भारतीय भूमि प्रयोग गरी नेपालतर्फ निरन्तर ढुंगा प्रहार गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले माइकिङ गर्दै मोर्चाका कार्यकर्तालाई ठाउँ छोड्न भनेको थियो। त्यसपछि जमुनाहा नाका खुला भएको छ।   मोर्चाका कार्यकर्ताले भारतीय भूमिमा गएर ढुंगा हानेको इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक विष्णु गिरीले बताए। राति अबेरसम्म प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप भएको थियो।नेपालगन्ज(रुपैडिया नाकामा मधेसी मोर्चाले अवरोध कडा बनाउने भन्दै सोमबार दसगजामा टेन्ट टाँगेर धर्ना दिएको थियो।   संयुक्त मधेसी मोर्चा नेपालगन्जले नाका र राजमार्ग केन्द्रित आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ। संघीय समाजवादी फोरम नेपालका नेता कमरुदिन राईले मोर्चाका माग तत्काल सम्बोधन नभए नाका र राजमार्ग ठप्प पार्ने चेतावनी दिए।धर्नाका कारण २३ वटा इन्धनका ट्यांकसहित दुई सयभन्दा बढी मालवाहक गाडी सीमापारि रोकिएका छन्। इन्धन भर्न गएका ३० वटा ट्यांकरसहित ६० भन्दा बढी गाडी नेपालतिर रोकिएको जमुनाहाका प्रहरी सहायक निरीक्षक हरिबहादुर थापाले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending