Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

एसएसबीलाई बिनाकारबाही छोड्दा स्थानीय आक्रोशित

\"SSB\"काठमाडौं । हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई बिनाकारबाही फिर्ता गरेको भन्दै केचनाका बासिन्दाले स्थानीय प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–आइतबार बिहान ७ बजे झापाको दक्षिण सीमावर्ती गाविस केचनामा दसगजा छिचोलेर हतियारसहित एसएसबीका १३ जवान प्रवेश गरेका थिए। जिल्ला प्रशासन कार्यालय झापाले उनीहरूलाई आइतबार दिउँसो २ बजे एसएसबीका अधिकारीको जिम्मा लगाएको थियो।   हतियारसहित नेपाल छिरेपछि गाउँलेको ठूलो समूहले ‘भारतीय गुन्डागर्दी बन्द गर, हतियारसहित नेपाल आएका एसएसबीलाई कारबाही गर’ लगायत नारा लगाउँदै केचनामा प्रदर्शन गरेको थियो। सोही क्रममा स्थानीय बासिन्दा र एसएसबीका जवानबीच हात हालाहालसमेत भएको केचना ६ स्थित दीपेन्द्र प्राथमिक विद्यालयका शिक्षक पञ्चानन राजवंशीले बताए।   राजवंशीका अनुसार गाउँलेलगायत नेपाल(भारत सीमाका व्यापारीको ठूलो समूहले एसएसबीलाई कारबाही गर्न माग राखेको थियो। स्थानीय बासिन्दासँग हात हालाहालको स्थिति आएपछि सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले नेपाल छिरेका एसएसबीका जवानलाई उद्धार गरेर पोस्टमा राखेको गाउँलेले बताए।   केचना ९ का कर्णबहादुर बिष्टका अनुसार सशस्त्र प्रहरीले एसएसबीका जवानलाई पक्राउ गरेको नभई गाउँलेसँग झडप हुने भएकाले उद्धार गरेको हो। बिष्टले हतियारसहित नेपाल आएका भारतीय सशस्त्र सीमा सुरक्षा बलका जवानलाई नेपालमा सम्मान दिएको देख्दा अचम्म लागेको बताए।   उनले भने, ‘हतियारसहित अर्काको देशमा आएका एसएसबीलाई कुनै कारबाहीबिना छाडेको देख्दा अचम्म लागेको छ। कम्तीमा जिल्ला सदरमुकामसम्म लगेर छाडेको भए पनि चित्त बुझाउने ठाउँ रहन्थ्यो।ु यही कुरा अधिकांश गाउँलेले पनि उठाएका छन्। स्थानीय शिक्षक पञ्चानन राजवंशीले भारतले यति हेप्दा पनि नेपालको प्रशासन टुलुटुलु हेरेर बसेकोमा केचनाबासी निकै चिन्तित बनेको बताए। हतियारसहित एसएसबी नेपालका गाउँमा पसेको खबर पाउनासाथ झापाका सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायबउपरीक्षक भीमबहादुर दाहाल केचना पुगेका थिए।   उनीहरूले हतियारसहित आएका एसएसबीलाई गाडीमा हाली दसगजामा पुर्‍याएर १२ बटालियन किसनगन्जका सेकेन्ड इन कमान्डेन्ट शेषभगत नागी र असई नरेश कुमारको जिम्मा लगाएका थिए। सीमा अपराधमा मिलेर काम गर्ने र आइन्दा हतियारसहित नेपाल प्रवेश नगर्ने प्रतिबद्धता एसएसबीले जनाएपछि उनीहरूलाई सम्मानका साथ भारतीय पक्षलाई जिम्मा लगाइएको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending