Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

डिजिटल लाइसेन्समा के छ नयाँ ?

\"digital\"काठमाडौं । सरकारले डिजिटल प्रविधिको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–चालकका सम्पूर्ण विवरण डिजिटल प्रविधिमा रेकर्ड हुने चिप्ससहितको एटिएम आकारको स्मार्ट लाइसेन्स वितरण थालिएको छ ।   भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले सोमबार स्मार्ट लाइसेन्सको उद्घाटन गरेका छन् । सर्वसाधारणलाई भने आगामी आइतबारदेखि पाउनेछन् । मन्त्री गच्छदारले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठलाई स्मार्ट लाइसेन्स दिएर यसको उद्घाटन गरेका हुन् । प्रविधि जडानका लागि केही समय लाग्ने भएकाले सर्वसाधारणलाई २० मंसिरदेखि वितरण गर्ने सरकारी तयारी छ । ‘अब बागमती अञ्चलबाट नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेलाई स्मार्ट लाइसेन्स वितरण हुनेछ,’ यातायात व्यवस्था विभागका महानिर्देशक श्रेष्ठले भने, ‘यसमा चालकको कारबाहीसहितको सम्पूर्ण विवरण चिप्समा राखिनेछ ।’   विभागले एसियाली विकास बैंक (एडिबी) को सहयोगमा अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरी स्मार्ट लाइसेन्स वितरण थालेको हो । पाँच वर्षभित्र कागजी लाइसेन्सलाई विस्थापित गर्ने सरकारको योजना छ । तत्कालका लागि बागमती अञ्चलबाट तथा अर्को महिनादेिख उपत्यकाबाहिरका जिल्लाबाट समेत वितरण हुनेछ । यातायात व्यवस्था नियमावलीअनुसार नयाँ लाइसेन्सका लागि तत्काल पुरानै सात सय रुपैयाँ दस्तुर लाग्नेछ । स्मार्ट लाइसेन्सको लागत धेरै पर्ने भएकाले नियमावली संशोधन गरी पछि दस्तुर वृद्धि गरिनेछ । यस्तो लाइसेन्सको अवधि १० वर्षको हुनेछ ।   एडिबीको १५ करोड रुपैयाँ अनुदान सहयोगमा सरकारले डिजिटल लाइसेन्स सुरु गरेको हो । टेन्डर जितेको भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सलाई स्मार्ट लाइसेन्स छाप्ने जिम्मा छ । डेढ वर्षअघि नै कम्पनीले स्मार्ट लाइसेन्सको काम गर्नुपर्ने भए पनि ढिलो मात्र सुरु गरेको हो । पाइलट प्रोजेक्टका रूपमा मद्रास सेक्युरिटी प्रिन्टर्सले एक लाख ६० हजार लाइसेन्स छाप्नेछ । त्यसपछि सरकारले फेरि सम्झौता गर्नेछ । कसरी पाइन्छ ? तत्काल नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेले स्मार्ट लाइसेन्स पाउनेछन् । त्यसका लागि अनलाइन फारम भरी यातायात कार्यालय गएर औँठाछापदेखि हस्ताक्षरसम्म विवरण दिनुपर्ने हुन्छ । नवीकरण गर्नेले पनि फर्म भरेर औँठाछाप र हस्ताक्षरको नमुना दिनुपर्ने हुन्छ । नयाँहरूले परीक्षा पास गर्नुपर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending