Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

यस्तो छ चीनसँगको इन्धन खरिद सम्झौता अड्किनुको कारण

\"Oilnigann-petrochina\"काठमाडौं । चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल आयल निगमको प्राविधिक टिम र पेट्रो चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा सहभागीले बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ–नेपाल आलय निगमका निमित्त निर्देशक सुशील भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर छुटको विषयले वार्ता अलमलमा परेको बताए । प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक बराल भने सोमबारै नेपाल फर्किएका छन् । प्राविधिक टोलीको काम लगभग सकिएकाले दीपक बराल फर्किएका हुन् ।   बाँकी केही काम गर्नुपर्ने र पछि मन्त्रालयस्तरको टोलीका लागि केही गृहकार्य गर्न बाँकी भएकाले दूताबासको आग्रहमा आफू बेइजिङमा रहनु परेको भट्टराईले बताए । पट्रोल र डिजेल आपूर्तिमा धेरै कुरा सकारात्मक भएको र अब एलपी ग्यास आपूर्तिमा केही कुरा हुन बाँकी रहेको उनले बताए ।   पेट्रो चाइनासँगको वार्तामा सबै कुरा सहमति भए पनि कर छुटमा अडिएको भट्टराईले बताए । नेपाल सरकारले चीन सरकारलाई आन्तरिक कर छुट दिनका लागि लेखेको पत्र सोमबारमात्र प्राप्त भएकाले पनि वार्ताले ठोस नतिजा दिन नसकेको हो । नेपालले मौखिक रुपमा राखेको कर छुटको प्रस्तावलाई चीनले सकारात्मक रुपमा लिएको छ । अब नेपालले लिखितरुपमै पत्र आएकोले त्यसको जवाफ चीनले के कस्तो दिन्छ त्यसैको पर्खाइमा आफू बसेको भट्टराईले बताए । आन्तरिक कर, भ्याट र स्थानीय कर गरेर चीन सरकारले पेट्रोलियम पदार्थमा ६७ प्रतिशतसम्म कर लगाउने गरेको छ । आफ्ना नागरिकलाई पेट्रोलियमभन्दा विद्युतीय सवारी साधनमा आकर्षित गर्न तथा सार्वजनिक सवारी साधनप्रति तान्नका लागि यस्तो कर लगाइएको हो । यो कर छुट दिने हो भने नेपाली बजारमा भारतकोभन्दा सस्तो दरमा उच्च गुणस्तरको पेट्रोल आपूर्ति हुने भट्टराईले दावी गरे ।   तर, वर्षमा सरदर ४० अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ खरिद गर्दा लाग्ने कर सानोतिनो नहुने भएकाले दुवै सरकार बसेर मात्र यसको छिनोफानो हुने भट्टराईले बताए । भट्टराईका अनुसार यसपटक पेट्रोलियम पदार्थ आपूर्ति गर्नका लागि नेपालले जसरी भए पनि चीनसँग सम्झौता गर्नै पर्ने बाध्यता रहेको छ । यदि भारतले लगाएको नाकाबन्दी तुरुन्तै हटे पनि सम्झौता हुन आवश्यक ठानेर नै आफूहरु आएको उनले बताए । अप्ठ्यारो पर्दा सहयोग मात्र माग्ने र अनुदानमा पेट्रोलियम पदार्थ माग्ने तर व्यापारिक सम्झौता नगर्ने हो भने नेपालको विश्वसनीयता नामेट हुने भएकाले पनि कठिनाइको बावजुद सम्झौता हुन लागेको उनको भनाइ छ ।चीनबाट नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न आमरुपमा कुरा गरेजस्तो र नेपालीहरुले आशा गरेजस्तो सजिलो चाहिँ छैन । भौगोलिक विकटतासँगै मौसमी प्रतिकूलले पनि नेपाली ढुवानीकर्तालाई अप्ठेरो पर्नेछ ।   चीनले केरुङबाटभन्दा सिगात्सेबाट नै पेट्रोलियम पदार्थ दिन इच्छा व्यक्त गरेको तर त्यहाँसम्म गएर ल्याउन नेपाललाई अप्ठेरो पर्ने भएकाले तत्कालको हिउँदे समयमा केरुङबाटै पेट्रोलियम पदार्थ आपूर्ति गर्न अनुरोध गरिएको नेपाली दूताबासका एक अधिकारीले बताए ।   सिगात्सेसम्म पुग्दा दीर्घकालीन रुपमा नेपाललाई पनि हित हुने गर्छ किनभने केरुङदेखि सिगात्सेसम्म नेपाली सवारी साधनले अनुमति पाउनु भनेको ऐतिहासिक सफलता र व्यापारमा दुरगामी सकारात्मक असर पुग्ने भए पनि हिउँदको समयमा नेपाली चालकहरु ट्याङ्कर लिएर सिगात्से पुग्न नसक्ने भएकाले तत्कालका लागि केरुङबाटै पेट्रोलियम पदार्थ दिन आग्रह गरिएको उनले बताए ।   अन्तर्राष्ट्रिय बजार मूल्य सँगसँगै चिनियाँ बजारमा पेट्रोलियमको मूल्य पनि घटबढ हुने गरेको छ । सोमबारको मूल्य अनुसार बेइजिङमा उच्चस्तरको पेट्रोल (९५) को बजार मूल्य ६.१६ चिनियाँ युआन रहेको छ । नेपाली मूल्यमा यसको रुपान्तरण एक सय तीन रुपैयाँ अठार पैसा हुन आउँछ । त्यसैगरी त्योभन्दा अलिक कम गुणस्तरको पेट्रोल (९२) को बजार मूल्य ५.७९ चिनियाँ युआन अर्थात् लगभग ९७ रुपैयाँ पर्छ । सबैभन्दा सस्तो मूल्यको पेट्रोल (९०) को बजार मूल्य ५.४२ युआन अर्थात् लगभग ९१ रुपैयाँ पर्न आउँछ ।   सोमबार राजधानी बेइजिङमा डिजेलको मूल्य ५.४१ युआन अर्थात् ९० रुपैयाँ ६१ पैसा तोकिएको छ । राजधानी बेइजिङमाभन्दा चीनको स्वायत्त प्रदेश तिब्बतमा पेट्रोल सरदर नेपाली एघार रुपैयाँ महङ्गो पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending