Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

प्रचण्डको ८ प्रदेशको नयाँ प्रस्ताव यस्तो छ

\"prachanda\"काठमाडौं । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय प्रदेशको सीमांकनसम्बन्धी असन्तुष्टि हटाउन आठौँ प्रदेशको प्रस्ताव गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–सरकार, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच निर्णायक वार्ता हुने भनिएको एक दिनअघि मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकमा ‘राजनीतिक तथा संगठनात्मक प्रस्ताव’ पेस गर्दै प्रचण्डले यस्तो प्रस्ताव गरेका हुन् । उनले मधेसी, आदिवासी जनजाति र थारू समुदायका माग पूरा गर्न झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिने प्रस्ताव राखेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।   ‘प्रदेश–१ मा झापा, मोरङ, सुनसरी तीनवटै जिल्ला र त्यसका सम्पूर्ण भागहरू राखिएकोमा त्यसमा परिमार्जन गर्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा उल्लेख प्रस्ताव उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘झापासहित वा झापाबाहेक मोरङ, सुनसरी, सिरहा, सप्तरी, उदयपुर मिलाएर आठौँ प्रदेश बनाउन सकिन्छ ।’   आठाैं प्रदेश बनाउँदा हालको २ नम्बर प्रदेशमा पर्सादेखि धनुषासम्मका जिल्लाका अतिरिक्त मकवानपुर, सिन्धुली र उदयपुरका ती प्रदेशसँग जोडिने चुरे क्षेत्रलाई समावेश गर्नु उपयुक्त हुने प्रचण्डको प्रस्ताव छ । उनले यो विकल्पमा सहमति जुट्न नसके प्रदेश नम्बर २ सँग भाषिक, सांस्कृतिक सामीप्य रहने मोरङ, सुनसरीको दक्षिण–पश्चिम भागलाई प्रदेश २ मा राख्नुपर्ने प्रस्ताव पनि राखेको केन्द्रीय सदस्यले जानकारी दिए ।   ५ नम्बर प्रदेशमा कैलाली र कञ्चनपुरका थारू बाहुल्य क्षेत्रलाई समावेश गर्नुपर्ने र त्यो प्रदेशमा रहेका पहाडी जिल्लालाई ४ नम्बर प्रदेशमा राख्नुपर्ने प्रस्ताव प्रचण्डले राखेका छन् । ‘उक्त प्रदेशमा रहेको पाल्पा, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, रुकुमलाई त्यहाँबाट हटाई प्रदेश नं। ४ मा राख्नुपर्दछ,’ प्रचण्डको दस्ताबेजमा भनिएको छ । अघिल्लो मंसिरमा सुरु भएर पटकपटक स्थगित हुँदै आएको केन्द्रीय समिति बैठकमा प्रचण्डले ४३ पृष्ठ लामो प्रस्ताव पेस गरेका छन् । प्रचण्डको प्रस्तावमाथि बिहीबारदेखि केन्द्रीय सदस्यले धारणा राख्नेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending