Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

१९ वर्षीय युवती जसले कारागारभित्रै पुगेर विवाह गरिन्

\"Pooja\"काठमाडौं । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको हो। ‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछु, दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्‍यो भनेर बोलाइयो। हाम्रो संस्कारअनुसार विवाह गरिदियौं।’ साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो। विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो। कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए। टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए । विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए। आठ वर्षदेखि जेलमा रहेका ३० वर्षिया भरतसँग भेट्न यस अघि पनि पूजा कारागार आउने गर्थिन् । कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने, ‘उनीहरुको गाउँमा पनि चिनजान रहेछ । मन मिलेर बिहे भयो ।’ केही भेटघाट र फोनबाट भरत र पूजाको माया गाढा भएको थियो । १९ वर्षीया पुजाले श्रीमान कारागारबाट नछुन्जेल घरको कामकाज गर्ने बताइन् । दुई वर्षपछि भरतको कैद भुक्तान हुनेछ । उनीहरु दुवै सामान्य हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending