Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

नाकाबन्दी झन् कडा बनाउने भारतको चेतावनी

\"kamal-and-susma\"काठमाडौं । भारतले नेपाल आफूसँग मित्रता चाहन्छ कि चाहँदैन भनेर प्रश्न उठाउँदै अघोषित नाकाबन्दी खुल्न मधेसीसँग सहमति हुनुपर्ने अडान दोहोर्‍याएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–नयाँदिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जवाहरलाल नेहरू भवनमा भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन रु’ भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् । साँझ अलग्गै भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि थापालाई यही दोहोर्‍याएका छन् । थापासँग स्वराजले पौने एक बजे तथा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले साढे ६ बजे बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।   स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् । जवाफमा उपप्रधानमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । स्रोतका अनुसार बन्दबाहेकका नाकाबाट सामान पठाउन भारतीय पक्षबाट निरन्तर अवरोध हुँदै आएकाले जनता असन्तुष्ट रहेको, तर नेपालले भारतसँगको मित्रतालाई उच्च प्राथमिकतामा राखेको थापाको भनाइ थियो ।   राजदूत दीपकुमार उपाध्याय, डेपुटी चिफ अफ मिसन कृष्णप्रसाद ढकालसमेतका अधिकारी सहभागी रहेको करिब एक घन्टा लामो भेटवार्तामा विदेशमन्त्री स्वराजको अभिव्यक्तिपछि सीमानाका सहज नहुने संकेत देखिएको छ । भारतीय पक्ष नेपालमा भएका भारतविरोधी गतिविधिबारे बढी प्रतिक्रियात्मक देखिएको नेपाली पक्षले महसुस गरेको छ ।   उपप्रधानमन्त्री थापाले मधेसकेन्द्रित दलहरूसँग भएका वार्ताको फेहरिस्त बताइसकेपछि मन्त्री स्वराजको अभिव्यक्ति आएको हो । नाका सुचारु हुन मधेसीसँग सहमति हुनुपर्ने र भारतसँग सम्बन्ध सहज पार्न भारतविरोधी गतिविधि निस्तेज पार्नुपर्ने स्वराजले स्पष्ट रूपमा भनेकी छिन् ।   ‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ कि मधेसीहरूलाई पनि मिलाएर सहमतिका आधारमा संविधान बनेको अवस्थामा मात्रै दिगो हुन्छ, यसमा तपाईंहरूले चासो दिनुभएन,’ स्वराजको भनाइ उद्धृत गर्दै स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अब त्यो महसुस गरेर चाँडो सहमति गर्नुस्, समस्याको समाधान त्यही नै हो, अरू उपाय केही छैन ।’ मधेसबारे थापाको ब्रिफिङ उपप्रधानमन्त्री थापाले मधेसको राजनीतिक मामिला हल गर्ने प्रयास भइरहेको, तर यसलाई दुईदेशीय सम्बन्धको विषय बनाउन नहुने भन्दै कुराकानी थालेका थिए । थापाले मधेसी दलहरूले उठाएका चार मागबारे सरकारको धारणासमेत राखेका थिए । स्रोतका अनुसार लिखित नोटसहित प्रस्तुत भएका उपप्रधानमन्त्री थापाले नयाँ संविधानमा समानुपातिक समावेशितालाई मौलिक अधिकारअन्तर्गत राखिएको र सुरक्षा निकायबाहेकका सबै सरकारी अंगमा यो व्यवस्था गरिएको बताएका थिए । उनले ७५ जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र सुनिश्चित गर्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न सरकार तयार रहेको पनि बताएका थिए । भौगोलिक बनावट र विकासको आवश्यकताका कारण जनसंख्या मात्रै आधार बन्न नसक्ने थापाले उल्लेख गरेका थिए । मन्त्री थापालाई भारतीय परराष्ट्रमन्त्रीको प्रश्न नयाँदिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जवाहरलाल नेहरू भवनमा भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन रु’ भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् । साँझ अलग्गै भएको भेटमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि थापालाई यही प्रश्न दोहोर्‍याएका छन् । थापासँग स्वराजले पौने एक बजे तथा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले साढे ६ बजे बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । सिमानामा रोकिएका ट्रक फर्काउने चेतावनी स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् । जवाफमा परराष्ट्रमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । स्रोतका अनुसार बन्दबाहेकका नाकाबाट सामान पठाउन भारतीय पक्षबाट निरन्तर अवरोध हुँदै आएको स्पष्ट पारेका थिए । नेपालका प्रधानमन्त्रीसमेत उत्तेजित भारत विदेशमन्त्री स्वराजले नेपालका प्रधानमन्त्रीसहितका नेता नै सार्वजनिक रूपमा भारतको विरोधमा उत्रिएको टिप्पणी गर्दै तर यसप्रति भारतका नेता संयमित रहेको तर्क गरेकी थिइन् । ‘हामी नेपालबारे नकारात्मक टिप्पणी गरिरहेका छैनौँ, तर नेपालका नेताले नै भारतको विरोधमा बाढी बगाएका छन्,’ चेतावनीयुक्त शैलीमा स्वराजको भनाइ थियो, ‘नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र छ, भारतको विरोध वा समर्थन गर्न स्वतन्त्र छ, हामी नेपालको शान्ति र प्रगतिका लागि चिन्तित छौँ । तपाईंहरूलाई हाम्रो मित्रता र सद्भाव चाहिँदैन भने त्यो पनि निर्णय गर्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ ।’ राज्यसभामा नेपाल बहस भारतको राज्यसभामा बिहीबार नेपालबारे बहस हुने भएको छ । ‘हामी नेपालका विषयमा बिहीबार प्रश्न उठाउँदै छौँ,’ राज्यसभामा जनता दल युनाइटेडका सांसद पवन शर्माले भने, ‘त्यसको तयारीमा छौँ ।’ सांसदहरू सीताराम येंचुरी, डिपी त्रिपाठी, डी राजालगायतले पनि नेपालमा सरकारले अपनाएको रवैयाबारे प्रश्न उठाउन लागेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending