Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

प्रधानमन्त्रीदेखि मन्त्रीसम्म को कत्ति धनी ?

\"Oliकाठमाडाैं । सरकारका प्रधानमन्त्रदेखि १६ जना मन्त्रीसम्मले सम्पत्ति विवरण बुझाएका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–प्रधानमन्त्री केपी ओलीले सात लाख नगद, श्रीमतिको नाममा बालकोटमा घरदेखि बैंकमा १४ लाख र १५ लाख बढी लगानी गरेको देखाएका छन् । अन्य उपप्रधान र मन्त्रीहरुले बन्दुक, ससुरालीको दाइजो, चाँदी र परेवासमेत सम्पत्तिमा देखाएका छन् । केपी ओली, प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेका छन् । ओलीको भक्तपुरको अनन्तलिंगेश्वर नगरपालिका–२ बालकोटमा साढे एक रोपनी क्षेत्रफलमा साढे दुईतले घर छ । झापाको पृथ्वीनगरमा श्रीमती शाक्यकै नाममा १० कट्ठा जग्गा छ भने १३–१४ तोला सुनका गहना छन् । घर, जग्गा र गहना स्वआर्जनबाट प्राप्त भएको उनको सम्पत्ति विवरणमा उल्लेख छ । ओलीसँग २१ लाख रुपैयाँ नगद छ । श्रीमती शाक्यको नाममा माछापुच्छ्रे र प्रभु बैंकमा क्रमशस् नौ लाख ५० हजार र चार लाख ५० हजार रुपैयाँ छ । ओलीको नाममा एभरेस्ट बैंकमा सात लाख रुपैयाँ मौज्दात छ । प्रधानमन्त्रीपत्नी शाक्यले सरकारले आन्तरिक ऋण उठाउन जारी गरेको राष्ट्रिय बचतपत्रमा १५ लाख रुपैयाँ लगानी गरिकी छिन् । सबै रकम स्वआर्जनबाट प्राप्त भएको प्रधानमन्त्रीले जनाएका छन् । उनले आफूसँग भएका कुनै पनि घरायसी उपकरणको विवरण पेस गरेका छैनन् । विजयकुमार गच्छदार, उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री ०४८ पछि पटकपटक मन्त्री भएका उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विजयकुमार गच्छदारको सुनसरी, मोरङ र ललितपुरमा जग्गा छ । गच्छदारले जग्गा आफ्नै, श्रीमती र छोराको नाममा राखेका छन् । सुनसरीको दुहवी नगरपालिका–१० मा दुई कट्ठा सात धुर जग्गा छ । सोही जग्गामा दुई कोठाको टिनको छाना भएको र चार कोठाको पक्की घर छ । गच्छदारकी श्रीमती निर्मलाको नाममा विराटनगर उपमहानगरपालिका–१५ मा १७ कट्ठा दुई धुर जग्गामा पाँच कोठाको पक्की घर छ । सुनसरीको दुहबीमा सगोलमा रहेको पुख्र्यौली जग्गाबाट सात बिघा १४ कट्ठा ६ धुर अंश प्राप्त हुने गच्छदारले बताएका छन् । घरमा दोस्रो तला निर्माणाधीन छ । उनले जग्गा ०३८ मा खरिद गरेको उल्लेख गरेका छन् । श्रीमती निर्मलाकै नाममा विराटनगर–७ मा १७ धुर जग्गा छ । छोरा सुभाष गच्छदारको नाममा ललितपुरको बुङमतीमा १३ आना जग्गा छ । उनले जग्गा स्वआर्जनबाट किनेको उल्लेख गरेका छन् । गच्छदारसँग ७५ तोला सुन र दुई सय ७५ तोला चाँदी छ । सुन र चाँदी पुख्र्यौली तथा स्वआर्जनबाट प्राप्त भएको उनले उल्लेख गरेका छन् । गच्छदारसँग २१ लाख ७० हजार रुपैयाँ बैंक मौज्दात छ । गच्छदारपत्नी निर्मलाको नाममा स्ट्यान्डर्ड चार्टर्ड बैंकमा १० लाख ८० हजार, राष्ट्रिय वाणिज्य बैंकमा साढे ९९ हजार, नेपाल बंगलादेश बैंकमा तीन लाख ७२ हजार र सिन्सियर सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभमा एक लाख ६३ हजार रुपैयाँ मौज्दात छ । भाडामा लगाइएको बा।२च ९६५६ नम्बरको गाडीबाट भाडा, कृषि तथा तलबभत्ताको आम्दानी र छोराले अमेरिकाबाट पठाएको रकम भएको सम्पत्ति विवरणमा उल्लेख छ । यसैगरी, विजय गच्छदारको नाममा सिन्सियर सेभिङ एन्ड क्रेडिट को–ओपरेटिभमा ९४ हजार, राष्ट्रिय वाणिज्य बैंकमा एक लाख २६ हजार र एभरेस्ट बैंकमा ८६ हजार नगद मौज्दात छ । गाडी भाडा र तलबभत्ताबाट रकम प्राप्त भएको गच्छदारको बताएका छन् । छोरा सुभाषले कमाएको १५ लाख रुपैयाँ एभरेस्ट बैंकमा मौज्दात छ । गच्छदारपत्नी निर्मलासँग माछापुच्छ्रे र नेपाल बंगलादेश बैंकको क्रमशस् १६० र ४२ कित्ता सेयर छ । सांसद सुविधाबाट किनेको बा।२च ९६५६ नम्बरको गाडी छ, त्यसलाई उनले भाडामा लगाएको सम्पत्ति विवरणमा उल्लेख छ । गच्छदारपत्नी निर्मलाले कृषि व्यवसायका लागि साझेदारीमा विराट मल्टी एग्रो कम्पनी स्थापना गरेकी छिन् । फर्मका लागि सुनसरीमा जग्गा खरिद गरी मत्स्य, बंगुर र गाईपालन तथा अन्य कृषि व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिने प्रक्रियामा रहेको गच्छदारले बताएका छन् । उनीसँग राइफल र बाह्रबोरको एक–एक थान बन्दुक छ । उनीसँग तीनवटा फ्रिज, टिभी तीनवटा छन् । कमल थापा, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको काठमाडौं महानगरपालिका–४ मा ११ आना र हेटौँडामा १३ धुर जग्गा छ । थापाकी श्रीमती प्रलिताको नाममा हेटौँडामा ४७ कट्ठा र काठमाडौं महानगरपालिका–१६ मा नौ आना जग्गा छ । काठमाडौंको जग्गा ०६५ मा थापाले किनेका हुन् । सगोलमा हेटौँडामा पाँच बिघा जग्गा छ । उपप्रधानमन्त्री थापासँग एक सय १० तोला सुनका गहना र तीन सय तोला चाँदीका सामान छन् । थापासँग आठ लाख रुपैयाँ विभिन्न बैंकमा मौज्दात छ । थापाको नाममा इन्भेस्टमेन्ट बैंकमा चार लाख ७५ हजार, कुमारी बैंकमा एक लाख ८० हजार, एनएमबी बैंकमा एक लाख, एभरेस्ट बैंकमा ८० हजार रुपैयाँ मौज्दात छ । थापासँग १८ लाखमा किनेको ल्यान्डक्लुजर र २७ लाखमा किनेको फियट कार छ । उनको छोरा सुभाषको फार्ड कार र सफारी स्ट्रोम छ । थापासँग ल्यापटप, मोबाइललगायतका करिब दुई लाख रुपैयाँबराबरका उपकरण छन् । भीमबहादुर रावल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री उपप्रधानमन्त्री एवं रक्षामन्त्री भीमबहादुर रावलले आफ्नो सम्पत्ति विवरणमा श्रीमती संजिता रावलको नाममा टोखामा घर रहेको जनाएका छन् । चार सय २० वर्गमिटर क्षेत्रफलमा फैलिएको घरको मूल्यांकन उनले १ करोड ८५ लाख रुपैयाँ उल्लेख गरेका छन् । रावलले घट्टेकुलामा रहेको घरजग्गा बिक्रीबाट टोखामा घर खरिद गरेको बताएका छन् । रावलकी बुहारी आकृति गिरीको नाममा काठमाडौं महानगरपालिका–१४ मा एक सय २७ वर्गमिटर क्षेत्रफल जग्गा छ । २९ फागुन ०७१ मा छोरा प्रभातसँग विवाह हुँदा प्राप्त भएको र विवाहअघि नै जग्गा बुहारीको नाममा रहेको रावलले जनाएका छन् । उपप्रधानमन्त्री रावलको नाममा अछामको साँफेमा १८ हजार एक सय सात वर्गमिटर क्षेत्रफल भएको पुख्र्यौली जग्गा छ । रावलसँग साढे ५१ तोला सुनका गहना छन् । उनीसँग तीनवटा हीराको हार र औँठी, बहुमूल्य रत्नसहितका गरगहना १० वटा र तीन सय १५ तोला चाँदी छ । सबै सुन–चाँदीलगायतका वस्तु पुख्र्यौली र छोरा प्रभातको विवाहमा बुहारी आकृति र नातेदारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । रावलसँग विभिन्न बैंकमा २० लाख ५२ हजार रुपैयाँ बैंक मौज्दात छ । रावलको नाममा राष्ट्रिय वाणिज्य बैंकमा ६६ हजार, एभरेस्ट बैंकमा ३४ हजार रुपैयाँ छ । संजिता रावलको नाममा सानिमा बैंकमा ११ लाख ९० हजार, प्रभात रावलको नाममा स्ट्यान्डर्ड चार्टर्ड र बैंक अफ काठमाडौंमा क्रमशस् २६ हजार र २ लाख ५२ हजार, आकृति गिरीको नाममा नेपाल इन्भेस्टमेन्ट बैंक र एस डेभलपमेन्ट बैंकमा क्रमशस् तीन लाख ३३ हजार र एक लाख ५० हजार रुपैयाँ छ । रावलका छोरा प्रभावसँग माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको ७३ कित्ता र अमेरिकामा रहेका छोरा प्रशान्तको राष्ट्रिय बिमा संस्थानमा गरिएको दुई लाख रुपैयाँको बिमा छ । उपप्रधानमन्त्री रावलसँग २२ लाख २५ हजार रुपैयाँमा किनेको मारुती सुजुकी स्विफ्ट डिजाइन भिएक्सआई कार छ । चित्रबहादुर केसी, उपप्रधानमन्त्री एवं गरिबी निवारणमन्त्री उपप्रधानमन्त्री एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसीको छोरा विष्णु केसीको नाममा रूपन्देहीको तिलोत्तमामा तीन कट्ठा जग्गा छ । बाग्लुङको जग्गा बेचेर त्यहाँ जग्गा किनेको केसीले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । केसीपत्नी पार्वतीको नाममा बाग्लुङको मल्ममा ६ रोपनी एक आना जग्गा छ । बुहारी मिरा केसीको नाममा ललितपुरको गोदावरीमा ४० लाख रुपैयाँमा किनेको करिब ६ आना जग्गा छ । छोराले जापानमा गरेको नोकरीबाट कमाएको रकमबाट जग्गा खरिद गरिएको केसीको सम्पत्ति विवरण उल्लेख छ । केसीसँग डेढ तोलाको सुनको सिक्री, एक तोलाको टप, चार आनाको औँठी छ । केसीसँग सात लाख ७७ हजार रुपैयाँ विभिन्न बैंकमा मौज्दात छ । एभरेस्ट बैंकमा एक लाख ८७ हजार र प्रभु बैंकमा चार लाख ९० हजार रुपैयाँ मौज्दात छ । टोपबहादुर रायमाझी, उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री उपप्रधानमन्त्री एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीको अर्घाखाँची र बुटवलमा जग्गा छ । विनबहादुर, रामबहादुर र योगमाया रायमाझीको नाममा क्रमशस् सन्धिखर्कमा ६७ रोपनी, एक रोपनी १४ आना र बुटबलमा आधा कट्ठा जग्गा छ । यसैगरी, रामबहादुरकै नाममा बुटवलमा आधा कट्ठा जग्गा छ । सबै जग्गा पुख्र्यौली सम्पत्तिबाट प्राप्त भएको उपप्रधानमन्त्री रायमाझीले उल्लेख गरेका छन् । रायमाझीसँग आठ तोला सुन र एक सय २५ तोला चाँदी छ । पुख्र्यौली र बुहारीमार्फत सुन र चाँदी प्राप्त भएको उनले उल्लेख गरेका छन् । रायमाझीको बुटवलको जग्गा बिक्रीबाट प्राप्त भएको ४६ लाख रुपैयाँ सिटी एक्सप्रेस सहकारी संस्थामा १३ लाख मौज्दात रहेको र ३३ लाख भीमबहादुर रायमाझीलाई घर किन्न ऋण दिएको उल्लेख गरेका छन् । एमाओवादीले दिएको बलेरो गाडी, सन्दीप र जोसेफ रायमाझीको नाममा एक–एक मोटरसाइकल र योगमाया रायमाझीको नाममा स्कुटर छ । विष्णु पौडेल, अर्थमन्त्री अर्थमन्त्री विष्णुप्रसाद पौडेलको छोरा नवीन पौडेलको नाममा ललितपुर कार्यविनायक नगरपालिका–२ मा नौ आना एक पैसा दुई दाम जग्गामा निर्माण भएको घर छ । मन्त्री पौडेलकै छोरा नवीनको नाममा काठमाडौं महानगरपालिका–४ मा आठ आना जग्गा छ । मन्त्री पौडेलसँग १६ तोला सुन छ । पौडेलको एभरेस्ट बैंकमा २१ हजार रुपैयाँ नगद मौज्दात छ । छोरा नवीनको राष्ट्रिय वाणिज्य बैंकमा पाँच हजार सात सय, यती डेभलपमेन्ट बैंकमा एक हजार, ग्लोबल आइएमई बैंकमा ३३ हजार, कमनवेल्थ बैंक अफ अस्ट्ेरलियामा ६ सय १४ अस्ट्ेरलियन डलर छ । पौडलेका छोरा नवीन र बुहारी प्रमिता अधिकारी अहिले अस्ट्ेरलियामा छन् । बुहारी नेपाली दूतावास अस्ट्रेलियामा शाखा अधिकृत छिन् । बुहारी अधिकारीको नाममा ग्लोबल आइएमई बैंकमा ३३ हजार, कमनवेल्थ बैंक अफ अस्ट्ेरलियामा १३ हजार अस्ट्ेरलियन डलर बचत छ । अर्थमन्त्री पौडेलकी श्रीमती दोमायाको नाममा एनडिइपी बैंकको तीन कित्ता, छोरा नवीनको नाममा क्यापिटल मर्चेन्ट बैंकमा पाँच सय २२ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको पाँच सय २२ कित्ता, दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजमा १२ हजार सात सय ५० कित्ता सेयर छ । नवीनले दुई लाख चुक्ता पुँजी भएको तिलोत्तमा होल्डिङ कम्पनी स्थापना गरेका छन् । तर, सञ्चालनमा आएको छैन । मन्त्री पौडेलले माइलस्टोन बचत तथा ऋण सहकारी संस्थामा ५० हजार र गौतम बुद्ध स्वास्थ्य सेवा सहकारी बुटवलमा २५ हजार रुपैयाँ लगानी गरेका छन् । छोरा नवीनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख १६ हजार ओभर ड्राफ्ट ऋण लिएका छन् भने पौडेल स्वयंले बुटवलका सतिश कसौधनबाट १० लाख रुपैयाँ ऋण लिएका छन् । नवीनले अस्ट्ेरलियन डलर २४ हजार पाँच सयमा कार किनेका छन् । शक्तिबहादुर बस्नेत, गृहमन्त्री गृहमन्त्री शक्तिबहादुर बस्नेतका बुबा डण्डवीर बस्नेतको नाममा जाजरकोटको खलंगामा ढुंगामाटोले बनेको घर छ । यसैगरी, दाजुहरू वीरबहादुर र ललितबहादुर बस्नेतको खलंगामा क्रमश:चार रोपनी पाखो बारी र दुई रोपनी खेत छ । जग्गाको अंशबन्डा भइनसकेको मन्त्री बस्नेतले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री बस्नेतका बुबाआमासँग पाँच तोला र आफूसँग एक तोला सुन तथा सय केजी चाँदी छ । यस्तै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा आफ्नो नाममा २० हजार रुपैयाँ, श्रीमती सत्या पहाडीको नाममा सोही सहकारीमा २० हजार, छोरा संगम बस्नेतको नाममा एभरेस्ट बैंकमा तीन लाख र श्रीमतीको नाममा एक लाख रुपैयाँ नगद मौज्दात छ । मन्त्री बस्नेतले लालीगुराँस सहकारीमा ४० हजार, हाम्रो नयाँ कृषि सहकारीमा दुई लाख तथा श्रीमती पहाडीले लालीगुराँसमा ४० हजार रुपैयाँको सेयर लगानी गरेका छन् । बस्नेतसँग एमाओवादीले उपलब्ध गराएको स्करपियो गाडी छ । सत्यनारायण मण्डल, युवा तथा खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलले आफ्नो सम्पत्ति विवरणमा सप्तरीको सप्तकोसी नगरपालिकाको फत्तेपुरमा बाबुको नाममा नौ कट्ठा जग्गामा चारकोठे इँटाको गारो भएको र माथि जस्ताको छाना भएको घर रहेको उल्लेख गरेका छन् । मन्त्री मण्डलको सोही स्थानमा करिब १७ लाख रुपैयाँ मूल्यबराबरको जग्गा आफ्नै नाममा छ । मन्त्री मण्डलले विवाहमा पाएको तथा स्वआर्जनबाट कमाएको पाँच तोला सुन र दुई सय तोला चाँदी रहेको उल्लेख गरेका छन् । मन्त्री मण्डलकी श्रीमती तिलोत्तमा देवीले कृषि उपज एवं भैँसीपालनबाट कमाएको ५५ हजार रुपैयाँ नेपाल बैंकमा मौज्दात छ । मन्त्री मण्डलको एभरेस्ट बैंकमा ७३ हजार रुपैयाँ मौज्दात छ । उनले करिब आठ लाख ऋण लिएका छन् । उनीसँग भैँसी र मोटरसाइकल एक–एकवटा छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending