Khabar Dabali १० फाल्गुन २०८२ आईतवार | 22nd February, 2026 Sun
Investment bank

‘काठमाडौं–मधेस सम्बन्ध टुट्न सक्छ : मधेसी मोर्चाका नेता

\"Madhesi-morcha-ka-4-neta\"काठमाडौं । आन्दोलनरत संयुक्त मधेसी मोर्चाको एक घटक तमलोपाका अध्यक्ष महन्थ ठाकुरले तीन ठुला दलहरुले वार्तालाई प्राथमिकता नदिएको बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ– ‘एमाओवादीलाई ठुलो उपहार चाहिएको छ । ऊ प्रधानमन्त्री बन्न खोज्दै छ । नेपाली कांग्रेसको ठेगान छैन । छिन छिनमा कुरा फेर्छ,’ मोर्चाले पूर्वपश्चिम राजमार्गको ढल्केबरमा आयोजना गरेको विरोध सभामा ठाकुरले भने, ‘वार्तालाई गम्भीरतापूर्वक नलिए काठमाडौंसँगको मधेसको सम्बन्ध टुट्न सक्छ,’ उनले भने, ‘१सय ९ दिनको मधेस आन्दोलनपछि बल्ल तीन ठुला दलले मधेस मुलुकको लाइफ लाईन हो भने थाहा पाएका छन् । वार्तालाई गम्भीरतापूर्वक लिइएन भने मुलुकको लाइफ लाईन टुट्न सक्छ । दुर्घटना योजना बनाएर हुदैन, जतिबेला पनि हुन सक्छ ।’   वर्तमान सरकारलाई ‘खिचडी’ सरकारको संज्ञा दिँदै ठाकुरले तीन ठुला दलले वार्ताको नाममा खेलबाड गरेको आरोप लगाए । मोर्चाको माग बारे पटक–पटक लिखित तथा मौखिक जानकारी गराइए पनि सरकार बेखबर बनेको समेत उनले बताए ।   झापादेखि कञ्चनपुरसम्मको भूभागलाई मधेस प्रदेशमा राखिनु पर्ने मोर्चाको बटम लाईन भएको उल्लेख गर्दै तमलोपा अध्यक्ष ठाकुरले सुशील कोइराला नेतृत्वको सरकारले दर्ता गराएको संशोधन विधेयक मधेसी मोर्चाको मात्र नभई सिंगै मुलुकको लागि भएको जिकिर गरे, ‘बिनाछलफल ल्याएको विधेयक पारित गर्नु पर्दछ तर यो विधेयक मधेससँग सम्बन्धित छैन । उत्पीडीत तथा बहिष्करणमा परेका सम्पूर्ण नेपालीको लागि हो ।’ उनले आफूहरुको प्राथमिक माग सीमांकन भएको पनि बताए ।   मधेसलाई समाजिक, धार्मिक तथा साँस्कृतिक सद्भावको प्रतीकको रुपमा अर्थाउँदै ठाकुरले भने, ‘मधेसी र थारु पहाडमा बसोबास गर्दैनन् तर पहाडी मधेसमा बस्छन् । मधेसमा सम्पूर्ण जात जाति तथा धर्मका मानिसको बसोबास छ । मधेस असल अर्थमा नेपाल छ ।’ केन्द्रिय छापा तथा विद्युतीय संचारमाध्यमहरुप्रति आक्रामक देखिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस नेपालभन्दा पनि पुरानो राज्य भएको उल्लेख गरे । उनले भने, ‘शब्दकोषमा नेपाल र नेपाली शब्दको प्रवेश हुनुभन्दा पहिले मधेसमा मिथिला, अवध आदि देश अस्तित्वमा थिए ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE