Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भारतको संसदमा नेपाल बहस यस्तो छ

\"rajyasava\"काठमाडौं । नेपालमा नाकबन्दी भइरहेको विषयमा भारतको राज्यसभा बैठकमा बहस भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ–संस्थापन पक्षले नाकाबन्दी नगरेको दाबी गरे पनि अरु दलहरु भने भारतले नेपालमाथि संकट थपिदिएको बताइरहेका छन् । राज्यसभामा यस्तो देखियो राज्यसभाको बैठक अपराह्न २ बजे सुरु हुनासाथ समाजवादी पार्टीका सांसद नरेश अग्रवालले बोले । उनले उत्तर प्रदेशसँग पाँच सय किलोमिटर सीमा जोडिएको नेपालको अवस्था अत्यन्तै गम्भीर रहेको भन्दै एक सातापछि नेपालबारे विस्तृतमा छलफल गरौँ भन्ने प्रस्ताव गरे । उनले नेपालमा मधेसीमाथि भेदभाव भएको र परिस्थिति बिग्रँदै गर्दा भारतको विदेश नीति असफल हुँदै गएको पनि आरोप लगाए । त्यसपछि सीमावर्ती बिहारबाट प्रतिनिधित्व गर्ने जनता दल युनाइटेडका सांसद तथा पार्टी महासचिव केसी त्यागीले नेपाल तथा नेपाल–भारत सम्बन्धको अवस्था अत्यन्तै गम्भीर हुँदै गएको बताए । त्यहीबीचमा छलफल एक साता सार्ने कि नसार्ने भन्ने बहस भयो । उपसभामुखले सोधे, ‘तपाईंहरू भन्नुस्, अहिले नै छलफल गर्ने कि एक सातापछि ?’ ध्यानाकर्षण प्रस्ताव गर्ने जेडियूका सांसद पवन बर्माले भने, ‘छलफल गर्नुपर्छ ।’ कंग्रेस उपनेता आनन्द शर्माले भारतले छिमेकसँग राख्ने सम्बन्धबारे कुरा गर्नुपर्ने बताए । उनले पाकिस्तानको पनि नाम लिँदै समग्र सम्बन्धका विषयमा छलफल गर्नुपर्ने पक्षमा कंग्रेस रहेको बताए । नेपालसँगको समस्या के हो ? संसदमा स्वराजको जवाफ भारतीय विदेशमन्त्री सुष्मा स्वराजले बिहीबार राज्यसभामा लिखित जवाफ पेस गरेकी छिन् । उनका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा विदेशसचिव एस। जयशंकरले चारवटा बुँदा नेपालका दल र नेतासँग राखेका थिए । तर, आफूहरूले दिएको पूर्वचेतावनीलाई नेपालले नजरअन्दाज गरेको भन्दै स्वराजले खेद व्यक्त गरेकी छिन् । सुष्माका १४ बुँदा यस्ता छन् स् जयशंकरका चार प्रस्ताव १. विस्तृत आधारमा सहमति बनाउन वार्ताका लागि अधिक समय दिनुस् । २. नेपाली समाजका असन्तुष्ट वर्गको असन्तुष्टि सुनिदिनुस् । ३. हाम्रो यो आँकलनलाई ध्यान दिनुस्, यदि यो समस्याको राजनीतिक समाधान खोजिएन भने तराई क्षेत्रमा आन्दोलन तीव्र हुनसक्छ । ४. तराई तथा सीमामा स्थिति थप बिग्रनबाट रोक्नुस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending