Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

भ्रष्ट्राचार आरोपी खड्का कारबाहीकाे डरले बैठकमै गएनन्

\"gopal-bahadur-khadka-nigam\"काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको आयात र वितरणमा अनियमितता गरेको आरोप खेपिरहेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का सञ्चालक समिति बैठकमा गएनन् । आजको नागरिक दैनिकमा खबर छ–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अध्यक्ष रहने सञ्चालक समितिले भारतीय नाकाबन्दीपछि पेट्रोलियम वितरण र कालोबजारीमा खड्काको संलग्नताको आशंका गर्दै बिहीबार बैठक बोलाएको थियो । समितिले कारबाही गर्ने सम्भावना देखेपछि खड्का बैठकमा नआई दिउँसोदेखि नै सम्पर्कमा नरहेको मन्त्रालयको उच्च स्रोतले जानकारी दियो। समितिले अघिल्लो शुक्रबार ुभारतको नाकाबन्दीपछि पेट्रोलियम पदार्थ आयात र बिक्रीवितरणमा भइरहेको अनियमितता, कालोबजारीलगायत कार्यकारी निर्देशक खड्काको संलग्नताबारेु स्पष्टीकरण सोधेको थियो। खड्काले पठाएको जवाफ चित्तबुझ्दो नदेखिएको र थप जानकारी लिनुपर्ने देखिएपछि बिहीबार बैठक डाकिएको थियो। खड्काले पठाएको जवाफमा धेरै सत्यता नदेखिएपछि समितिले बैठकको मिति तोकेको थियो तर खड्का आफू कारबाहीमा पर्ने थाहा पाएपछि समितिले बोलाएको बैठक बहिस्कार गरेको स्रोतको दाबी छ। मन्त्रालय स्रोतका अनुसार खड्काले पठाएको जवाफबाट समिति सन्तुष्ट थिएन । त्यसैले थप छलफल गर्ने भन्दै बिहीबार ५ बजे समितिको बैठक डाकिएको थियो । \'समितिमा चित्तबुझ्दो जवाफ नआएपछि खड्कालाई मन्त्रालय तान्ने आन्तरिक सहमति भएको थियो\' स्रोतले बिहीबार नागरिकसँग भन्यो, \'आफू मन्त्रालय तानिन लागेको थाहा पाएपछि खड्का समितिको बैठकमा अनुपस्थित भएका हुन् ।\' वाणिज्य विभागका महानिर्देशक, नापतौल तथा गुणस्तर विभागका महानिर्देशक, मन्त्रालयका सहसचिव सम्मिलित समितिले बोलाएको बैठकमा भने उनी उपस्थित भएका थिए । तर, निगमकै कार्यकारी निर्देशक खड्का नै समितिले बोलाएको बैठकलाई बेवास्ता गरेपछि बिहीबारको बैठक स्थगित भएको छ । समितिले खड्का उपस्थित नहुने थाहा पाएपछि निगमका कम्पनी सचिवलाई समेत फोन गरेको थियो । समितिबाट निगममा फोन गर्दा कम्पनी सचिवले निर्णय पुस्तिकासमेत नरहेको र खड्का पनि कार्यालयमा नभएको जनाउ दिएपछि बैठक रोकिएको स्रोत बताउँछ । \'कार्यकारी निर्देशकलाई एक घन्टासम्म कुर्यौं\' समितिका एक सदस्यले नागरिकसँग भने, \'उनी नआउने थाहा पाएपछि भोलि बस्ने गरी बैठक सारेका छौं ।\' खड्काको अनियमितता छोप्न उनी बैठकमा नआएको सदस्यको आरोप छ ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending