Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

अब महिनौंसम्म अन्धकारमा बस्नुपर्ने हुनसक्ने !

\"loadseading\"काठमाडौं । तपाईंको घरमा बत्ती गयो भने अब कयौं सातासम्म नआउन पनि सक्छ। आजको अन्नपूर्ण पोष् दैनिकमा खबर छ–भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको भार बिजुलीमा (थप ३५० मेगावाट) परेकाले धमाधम विद्युतीय उपकरण जल्ने क्रम बढ्दै गएको छ। तर त्यसलाई फेर्न विद्युत् प्राधिकरणसँग ट्रान्सफर्मर नै छैन। मुख्यसचिव सोमलाल सुवेदीको क्षेत्र कलंकीमा निभेको बिजुली बत्ती आउन तीन दिन लाग्यो। प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले आफ्नी बहिनीको घर बालाजुमा बत्ती गएको गुनासो गरे। प्राधिकरणले तत्कालै बनायो । फर्केर आउन नपाई फेरि गयो। स्वयं प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्ले बस्ने महाराजगन्जमा अवरुद्ध भएको बिजुली बनाउन तीन दिन लाग्यो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त केशव बरालको निवास क्षेत्र सञ्जीवनीनगर कोटेश्वरमा बत्ती गएको पाँच दिनपछि बल्यो। मुलुकका ठूलाबडाका घरमा आजभोलि बिजुली आपूर्तिका केही प्रतिनिधि घटनामात्र हुन् यी। भारतले नाकाबन्दी लगाउनुअघिसम्म कुनै प्राविधिक कारणवश बत्ती निभ्दा प्राधिकरणका कर्मचारीले तीन घन्टाभित्र बनाइसक्थे। जाडोयाममा त्यसै पनि बिजुलीको माग बढिरहेका बेला भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको भारसमेत बिजुलीमै थपिँदा प्राधिकरणलाई प्रणाली जोगाउन हम्मे परेको छ। प्राधिकरणको वितरण तथा ग्राहक सेवाका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयका अनुसार एक महिनामा देशभर चार सय १४ थान ट्रान्सफर्मर जलेका छन्। यो क्रम अझै बढ्दोछ । देशभर चार हजार थान ट्रान्सफर्मर जडित छन्। जलेका ट्रान्सफर्मर मर्मत गरी पुनः चलाउन सामान्यतया तीन महिना लाग्ने गर्छ। तर यसमा प्रयोग गरिने तेल र तामा भारतबाट आयात हुने भएकाले यी वस्तुको अभावमा प्राधिकरण निरीह बन्नुपरेको गुनासो पाण्डेयले गरे। प्राधिकरणले चीन, भारत र श्रीलंकाबाट आयात गरेको ट्रान्सफर्मरमध्ये तीन सय थान कोलकातामा अड्किएको छ। दिनहुँ ट्रान्सफर्मर पड्किन थालेपछि प्राधिकरणले काठमाडौंमा रहेको ग्रामीण विद्युतीकरण आयोजना र चुहावट नियन्त्रण आयोजनाका करिब तीन सय ६५ थान ट्रान्सफर्मर सिध्याइसकेको छ। प्राधिकरणको केन्द्रीय स्टोर हेटौंडामा रहेका दुई सय ५० थान ट्रान्सफर्मर इन्धन अभावले ढुवानी गर्न नसकिएको पाण्डेयले बताए। \'अब नयाँ विद्युतीकरण र चुहावट नियन्त्रण आयोजनाका ट्रान्सफर्मर सकिन लागेका छन् । यसले गर्दा देशका अन्य ठाउँमा बिजुली पुर्‍याउने कार्य पनि प्रभावित भएको छ’, उनले भने, ‘चौतर्फी डामाडोल भएको छ।\' अत्यधिक भार थेग्न नसकेर जलेका विद्युतीय उपकरणका कारण प्राधिकरणलाई मासिक १० करोड घाटा परिरहेको पनि पाण्डेयले बताए। \'कुनै ठाउँमा ट्रान्सफर्मर जल्यो भने अब महिनौंसम्म त्यस क्षेत्रमा विद्युत् नआउन पनि सक्छ’, पाण्डेयले भने, ‘बत्ती आउनेबित्तिकै सबैले एकसाथ हिटर, इन्डक्सन चुलो, खानेपानी पम्प, फ्रिज, राइसकुकर, आइरन, पानी तताउने हिटर चलाउन थाल्छन् र भार थेग्न सक्दैन।\'
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending