काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकले तराई–मधेसमा देखिएको समस्या समाधान गर्न र त्यस क्षेत्र र समुदायबाट उठेका माग सम्बोधन गर्न अघिल्लो सरकारले व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । बैठकले प्रदेशको सीमाङ्कन सम्बन्धमा उठिरहेका विभिन्न आवाज र मान्यतालाई समाधान गर्न सर्वदलीय राजनीतिक समिति निर्माण गरी अघि बढ्ने निर्णय पनि गरेको छ । प्रमुख तीन दलको छलफलका आधारमा एमालेले सो निर्णय गरेको हो । सुशील कोइराला नेतृत्वको अघिल्लो सरकारले संविधान संशोधनको विधेयक संसद्मा पेस गरेको थियो । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपीे शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, तराई–मधेसमा देखा परेको समस्या, सीमा क्षेत्रको नाकाबन्दीलगायत विषयमा गम्भीरतापूर्वक छलफल भई सो निर्णय भएको एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकले सीमामा भएको भारतीय नाकाबन्दीका कारण दैनिक जनजीवनमा परेको कठिनाइ र समस्यालाई सहज बनाउन तीव्र गतिले वैकल्पिक विकल्प अवलम्बन गर्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । वर्तमान परिस्थितिको बारेमा छिमेकी मित्र राष्ट्रलगायत अन्तर्राष्ट्रिय समुदायसँग प्रभावकारी कुटनीतिक पहलकदमी लिन पनि एमालेले सरकारलाई भनेको छ । (रासस)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: