Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

यसकारण मधेसी मोर्चासँग वार्ता नभएको खुलासा

[caption id=\"attachment_48187\" align=\"alignleft\" width=\"650\"]\"file file photo[/caption] काठमाडौं । निक्कै महत्वपूर्ण भनिएको सरकार, प्रतिपक्षी दल र मधेसी मोर्चाबीचको बहुप्रतिक्षित वार्ता एकाएक रहस्यमयपूर्ण हुँदै स्थागित भएको छ । आजको नयाँ पत्रिका दैनिकमा वार्ता सर्नुका कारण यस्तो उल्लेख गरिएको छ– सहमति सार्वजनिक भएपछि मोर्चा असन्तुष्ट परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा प्रत्यक्ष र प्रधानमन्त्री केपी ओलीले बुधबार र बिहीबार टेलिफोनमा संवाद गर्दा भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले नाकाबन्दी खोल्ने संकेत गरेकी थिइन् । तर, यसका लागि मधेसी मोर्चासाग वार्ता गर्ने, संसद्मा दर्ता भएको संशोधन प्रस्ताव पारित गर्ने र सीमांकनको विषयमा मधेसी मोर्चासहितको समिति बनाएर तीनदेखि ६ महिनाभित्र समस्या समाधान गर्ने बाटो अपनाउन सुझाब दिएकी थिइन् । तर, मुख्य तीन दलले मधेसी मोर्चासाग वार्तै नगरी संविधान संशोधन गर्ने र सीमांकन गर्न समिति बनाउने निर्णय गरे । वार्ताबाट हुने सहमति पहिल्यै नै तीन दलले गरेपछि केका लागि वार्ता गर्ने भन्ने प्रश्न मधेसी मोर्चाले उठायो । वार्ता गरेर सबैको सहमतिमा यस्तो निर्णय भन्नुको सट्टा पहिले नै निर्णय गरेर मोर्चालाई भूमिकाविहीन बनाइएकोमा उनीहरूले असन्तुष्टि जनाए । सरकारको सधैँजस्तै यसपालि पनि हल्ला बढी शुक्रबार साँझ ५ बजे मोर्चासँग वार्ता गर्ने भनेर सत्तारुढ दलले बिहीबार नै सार्वजनिक गरेका थिए । तर, शुक्रबार बिहानसम्म आफूहरूले खबर नपाएको मधेसी मोर्चाका नेताले बताइरहेका थिए । मध्याह्न ११ बजे मात्रै मोर्चाका नेताहरूलाई फोन गरेर जानकारी गराइएको थियो । प्रधानमन्त्री केपी ओलीले शुक्रबार बिहान ११ बजे उपेन्द्र यादवलाई फोन गरेर ‘वार्तामा बस्नुपर्‍यो’ भनेको यादवनिकट स्रोतले जानकारी दियो । यादवले ‘सर्लाहीमा त्यत्रो घटना भएको छ, कसरी वार्तामा बस्ने रु’ प्रश्न गरेका थिए । प्रतिउत्तरमा प्रधानमन्त्री ओलीले ‘ए, त्यस्तो पो भएछ’ भनेपछि मोर्चाका नेताहरू वार्तामा नजाने निर्णयमा पुगेका हुन् । तर, मधेसीहरू वार्तामा नआउने दिउासै स्पष्ट भए पनि तीन दलका नेताहरू सााझसम्म बालुवाटारमा पर्खिरहेका थिए । मधेसी मोर्चाभित्र पनि एकता छैन आन्दोलनको विषयमा मधेसी मोर्चा एक भए पनि समाधानको विषयमा पहिलेदेखि नै विवाद छ । अहिले पनि वार्तामा जाने कि अझै आन्दोलन चर्काउने भन्नेमा सहमति हुन सकेन । दिल्लीको संकेत र बालुवाटारको सन्देश पाएपछि बिहीबार सर्लाहीको लालबन्दीको कार्यक्रम छाडेर मोर्चाका संयोजक महन्थ ठाकुर र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव काठमाडौं आएका थिए । तर, वार्ताको विषयमा मोर्चाभित्र मतैक्य हुन सकेन । मोर्चाकै घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो वार्ताको विपक्षमा उभिएका छन् । ‘सर्लाहीको नवलपुरमा प्रहरीले हवाईफायर गरेपछि उहाँहरू थाकेर काठमाडौं आउनुभएको हो,’ सद्भावना पार्टीका महामन्त्री मनीष सुमनले यादव र ठाकुरमाथि व्यंग्य गर्दै नयाा पत्रिकासाग भने । वार्ता छाडेर मोर्चाका नेता दूतावासमा तीन दलले बालुवाटारमा बोलाएको वार्तामा नगएर मधेसी नेताहरू लैनचौरस्थित भारतीय दूतावासतिर लागे । मधेसी मोर्चासहित दलहरूको वार्ता शुक्रबार साँझ ५ बजे गर्ने भनिएको थियो । तर, मोर्चाका नेता साढे ४ बजे भारतीय दूतावास छिरिसकेका थिए । उनीहरूले राजदूत रणजित रायसँग करिब ४५ मिनेट छलफल गरेको स्रोतको भनाइ छ । दूतावासमा तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तमसपाका रामनरेश यादव, फोरमका लालबहादुर राउतलगायत नेता गएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending