Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

पहाडी र मधेसीबीच मित लगाउने अभियान

\"mit\"काठमाडौं । वीरगन्ज घर भएका मधेसी समुदायका सुन्दर कुर्मी र पोखरा बस्ने पहाडी समुदायका शेखर गौतम शुक्रबारदेखि मित भएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–यस्तै पहाडी समुदायकै अमृत ढकाल र मधेसी समुदायका आशीष पटेलले एक आपसमा मितेरीको साइनो जोडेका छन् । पोखराबाट शुक्रबार वीरगन्ज आइपुगेका गौतमले कुर्मीसँग र ढकालले पटेलसँग मितको साइनो लगाएका हुन् । वीरगन्जको श्रीपुरमा एमालेको भातृ संगठन अनेरास्ववियुले शुक्रबार आयोजना गरेको कार्यक्रममा सरिक भएका उनीहरुले एक आपसमा मितको साइनो लगाएका हुन् । कार्यक्रममा पहाडी समुदायका गौतम र ढकालले दौरा सुर्वाल र ढाका टोपी , कुर्मी र पटेललाइ उपहार दिए । त्यस्तै कुर्मी र पटेलले पनि धोती र कुर्ता , गौतम र ढकाललाइ उपहार दिए । त्यसपछि दुवै मित जोडीले एक अर्कालाइ टिका लगाएर अंकमाल पनि गरे । मधेसमा आन्दोलन चलिरहेका बेला मधेसी र पहाडी समुदायबीचको भाइरचाराको सम्बन्ध चिसिएको छ । सामाजिक सन्जालहरुमा एकले अर्को समुदायप्रति लक्षित गरेर अनेक नकारात्मक र असह्य टिप्पणी गर्ने क्रम बढेकाले सामाजिक सदभाव बचाइराख्न मितेरी अभियान थालिएको हो । मधेसी र पहाडी समुदायबीच पछिल्लो समय चिसिएको सम्बन्ध सुदृढ बनाउन र सामाजिक सदभाव बचाइराख्नका लागि अनेरास्ववियु कास्कीले शुक्रबार वीरगन्जमा आयोजना गरेको मितेरी साइनो अभियानमा कुर्मी र पटेलले गौतम र ढकालसँग मितेरी साइनो जोडेका हुन् । अनेरास्ववियु कास्कीले ‘हिमाल पहाड, तराई कोही छैन पराइ’, ‘राष्ट्रिय एकताका लागि अनेरास्ववियुको मितेरी साइनो’ नारासहित अभियान चलाएको हो । अभियानको थालनी शुक्रबार वीरगन्जबाट गरिएको हो । राष्ट्रिय एकता अझ मजबुत बनाउन र पछिल्लो समय मधेसी–पहाडी समुदायबीच चिसिएको सम्बन्ध सुदृढ बनाउनका लागि आफनो संगठनले मधेसमा मितेरी साइनो अभियान चलाएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । ‘पहाडतिर अहिले मधेसी भन्ने बित्तिक्कै भारतीय हुन् भन्ने गलत भ्रम फैलाइएको छ । त्यसैलाई निमिट्यान्न पार्न हामीले यो अभियान चलाएका हौं’, उनले भने, ‘यो अभियान बारा र रौतहट लगायत मधेस आन्दोलन चलिरहेका अन्य जिल्लाहरुमा पनि चलाउँछौं ।’ ‘पहिला हामी नेपाली हौं , अनि त्यसपछि मात्रै हामी मधेसी वा पहाडी हौं’, शुक्रबारको कार्यक्रममा सहभागी अनेरास्ववियुका पुर्व केन्द्रिय सदस्य उमेश गुप्ताले भने, ‘अनेरास्ववियुको यो अभियानले मधेसी पहाडी बिचको सदभाव अझ मजबुत बनाउँछ ।’ अनेरास्ववियु पर्साका अध्यक्ष रामबाबु यादवको अध्यक्षता एवम् एमाले केन्द्रिय सदस्य दिनेश राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमालेका केन्द्रिय सदस्य प्रहलाद गिरी, अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य शिवजी गुप्ता, पुर्व केन्द्रिय सदस्य उमेश गुप्ता, अनेरास्ववियु कास्कीका सचिव अमृत ढकाल र अरुण यादव लगायत उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending