Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

दिल्लीले देखिने र नदेखिने गरी यसरी गर्दैछ नेपालमा राजनीति

\"India-Nepal\"काठमाडौं । मधेशी जनाधिकार फोरम (गणतान्त्रिक)का अध्यक्ष एवं पूर्वसञ्चार मन्त्री राजकिशोर यादव शनिबार दिउँसो करोलबागको एउटा होटलमा भेटिए जो विदेश मन्त्री सुषमा स्वराजसँगको भेटवार्तापछि अरु बरिष्ठ तहका मन्त्री तथा मिलेमा प्रधानमन्त्रीसँगको भेटको टुङ्गो पर्खिरहेका थिए ।   आजको कान्तिपुर दैनिकमा खबर छ–अर्को चरणमा विदेश मन्त्री स्वराजसँग भेट्ने संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहले मधेशी मोर्चाको एजेन्डा र अबको सरोकारबारे दिल्ली आएर सरोकार सुनाउन पाए भने ‘अघोषित नाकाबन्दीमा भारतको कुनै हात छैन’ भन्ने तहको धारणा सुनाउन यो साता मधेशी मोर्चाका बरिष्ठ नेताहरु दिल्लीका सभा–समारोहमा व्यस्त हुँदैछन् । ‘मधेश आन्दोलनको अपडेट लिन र सम्बोधन हुन नसकेको समस्यामा सरोकार जनाउन हाम्रो गठबन्धनलाई पनि दिल्ली बोलाइएको हो,’ यादवले  भने— ‘मैंले पनि मधेशको धरातलीय स्थिती सम्झाउने मौका पाएको छु ।’   मन्त्री स्वराजसहित भारतीय जनता पार्टीका महासचिव राममाधव र भाजपा नेता बिजय शर्मासँग एक घण्टा लामो भेटवार्ता क्रममा भर्खरै दिल्ली आएर फिरेका परराष्ट्र मन्त्री कमल थापाको ‘मनोदशा’ बारेमा पनि आफूले धेरै कुरा थाहा पाएको यादवले बताए । ‘प्रस्तावित संविधान संसोधन बिधेयक तत्काल पारित गराउने मात्रै होइन, सीमांकनका बिषयमा पनि नयाँ दृष्टिकोणबाट संसोधन खोज्ने पक्षमा मन्त्री थापाले प्रतिबद्धता जनाएका रहेछन्,’ यादवले भने, ‘दिल्ली आएर ‘हुन्छरगर्छौ’ भन्ने तर काठमाडौं पुगेर चर्का कुरा गर्ने मन्त्री थापाको मनोदशाका बारेमा पनि मैंले विदेश मन्त्रीलाई जानकारी गराएको छु ।’   यो साता थारु समुदायसम्बद्ध नेतालाई पनि सम्भवत दिल्ली बोलाइदैछ । ‘सिमांकनको कुरामा पनि झापा, मोरङ र सुनसरीलाई प्रदेश २ अन्तर्गत राख्ने र कैलाली–कञ्चनपुरसहितको थारुवान क्षेत्र बनाउन सकिने छलफल भएको छ,’ यादवले भने, ‘विदेश मन्त्री स्वराज पनि ८ वटा संघीय प्रदेशका पक्षमा सकारात्मक हुनुभयो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending