Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

दलितले बाहुनी केटी बिहे गर्न हुँदैन भन्दै एमाले अखिलले कारवाही गर्दा ....

\"meen\"काठमाडौं । ग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माकी श्रीमती बाहुनकी छोरी हुन् । ०४७ मा निरू पौडेलसँग बिहे गर्दा विश्वकर्मा एमाले अखिलमा रहेर सक्रिय राजनीति गर्थे । निरू पनि उनीसँगै राजनीतिमै थिइन् । बिहेपछि उनीहरूको जीवनमा गम्भीर मोड आयो, पार्टी नै छोड्नेसम्मको । पीडाबारे आजको नयाँ पत्रिकालाई विश्वकर्माले बताएका छन्– भोजपुर सदरमुकाम टक्सारमा जन्मिएँ, हुर्किएँ । ५–६ कक्षासम्म त्यहीँ पढेँ । पहाडतिरबाट एसएलसी दिन आउने दाइहरू मेरै घरमा बस्थे । याकु भन्ने ठाउँबाट आएका ढकाल थरका एकजना दाइ मेरै घरमा बस्न थाल्नुभयो । छोटो समयमै उहाँसँग मेरो सम्बन्ध घनिस्ट रह्यो । विद्यालय छुट्टी भएको मौका छोपेर एकपटक उहाँको घर गयौँ हामी, तीन दिन बस्ने गरी । मेरो परिचय गराएपछि घरकाले उहाँलाई सोध्नुभयो, ‘कसको घरमा बसेको छस् नि रु’ ढकाल दाइले प्याच्च जवाफ दिनुभयो, ‘पैयापानीको जेठो सुनारको घरमा ।’ जेठो सुनारका नामले मेरा बुबा निकै चर्चित हुनुहुन्थ्यो । ढकाल दाइको घरमा सबैले भित्र खाना खाए । मलाई बाहिरै ल्याइदिए । म बालकले आफैँ भाँडा माझ्नुपर्‍यो, उनीहरूकै आदेशमा । राति बाहिरै राडी ओछ्याइदिए, सुत्नका लागि । घरबाहिर एक्लै हुनुपर्दा डरैडरले रात बिताएँ । रातभर यति धेरै विचार मनभित्र दौडिए कि म निदाउनै सकिनँ । बिहानै उठेर ढकाल दाइलाई भनेँ, मलाई दिदीको घरसम्म पुर्‍याइदिनुहोस् । त्यहाँबाट दिदीको घर पुग्न हिँडेर एक बिहान लाग्थ्यो । मैले निकै ढिपी गरेपछि ढकाल दाइले मलाई दिदीको घरसम्म पुर्‍याइदिनुभयो । ०३७ सालको यो तितो सत्यले अहिले पनि पोलिरहन्छ । ००० भोजपुर सदरमुकामबाटै एमाले अखिलको राजनीतिमा जोडिएँ । कम्युनिस्ट संगठन भएकाले अखिलभित्र विभेद हुँदैन भनेर नै आकर्षित भएँ । नेवार, कार्की र राई साथीहरूसँग मेरो संगत थियो । दलित भए पनि गाउँमा बुबाको राम्रै प्रतिष्ठा थियो । गाउँमा भद्र–भलाद्मी गनिनुहुन्थ्यो । उहाँलाई कसैका घरभित्र छिर्न, बस्न र मन्दिर जान कुनै रोकटोक थिएन । क्याम्पस पढ्दै गर्दा पौडेल थरकी युवतीसँग प्रेममा परेँ । उनी ब्राह्मणकी छोरी थिइन् । ०४६ सालको आन्दोलनमा हामी सँगसँगै संगठनको मोर्चामा थियौँ । धरानमा म आन्दोलन परिचालन समितिको सचिव थिएँ । उनी धरानको १५ नम्बर वडामा बस्थिन् भने म १० नम्बर वडामा । एक दिन उनले आफ्नो घरमा चिया पिउन बोलाइन् । म गएँ । चिया पिएर हामी क्याम्पस गयौँ । त्यतिखेरै उनले एउटा गोप्य कुरा छ भन्दै सुनाइन्– घरबाट मेरो बिहे गरिदिने भनेका छन् । ‘बिहे हुनु स्वाभाविक नै त हो नि,’ मैले ठट्टैठट्टामा जवाफ दिएँ । तर, उनले साँच्चै मलाई मन पराउने कुरा गरेपछि मलाई अप्ठ्यारो पर्‍यो । मैले ‘बिहे गर्ने कुरा त मेरो घरमा पनि गरिरहेका छन्, तर तपाईंसँग भने सम्भावना कम छ’ भनिदिएँ । कारण जान्न उनी उत्सुक भइन् । मैले जातपातका नाममा हुने सामाजिक विभेदबारे सुनाएँ । तर, उनले मसँगै बिहे गर्ने जिद्दी लिइन् । उनको धारणा पाएपछि मैले आमासँग कुरा गरेँ । ‘कसलाई विवाह गर्न लागेको रु धरानमा त अरू नै जातका छन् नि रु’ आमाले सोध्नुभयो । ‘कस्तो अर्को जात आमा रु’ मैले प्रतिप्रश्न गरेँ । धरानतिर राई–लिम्बू छन्, उनीहरूसँग त संस्कार मिल्दैन नि भन्दै आमाले सम्झाउनुभयो । ‘क्षत्री–बाहुन भए हुन्छ त रु’ मैले फेरि सोधेँ । आमाले मुन्टो हल्लाउनुभयो । मैले ‘कान्छी बहिनीजस्तै छे’ भनेपछि त झन् फुरुंग पर्नुभयो । आमाले अनुमति दिएको कुरा मैले उनलाई सुनाएँ । आन्दोलन सकिएपछि मात्रै एक–अर्कालाई मन पराएको कुरा बाहिर लाने सहमति हामीबीच भयो । ००० चैत २४ देखि सुरु भएको आन्दोलन पनि सकियो । वैशाख १७ गते साथीहरूलाई साक्षी राखेर निरुजी र म विवाह बन्धनमा बाँधियौँ । तर, कमिटीमा रहेका अखिलका साथीहरूले हामीलाई कारबाहीको पत्र लेखे । हामीले ‘किन कारबाही रु’ भनेर प्रश्न राख्यौँ । ‘अहिले नै सामाजिक परिवर्तन भइसकेको छैन, यो बिहेले समस्या निम्त्याउँछ,’ कमिटीको जवाफ पायौँ । सामाजिक मूल्य–मान्यता उल्लंघन गरेको आरोप लगाउँदै हामी दुवैलाई संगठनको सदस्यबाट हटाइयो । अखिलले कारबाही गरेलगत्तै मनमोहन अधिकारीकहाँ पुगेँ, पीडा सुनाउन । उहाँलाई भेट्न जाँदा पार्टी छाड्ने मनस्थितिसहित नै गएको थिएँ । उहाँले ‘अबुझहरूले कारबाही गरेकै आधारमा पार्टी छोड्ने हतार नगर’ भन्नुभयो । उहाँले एकपटक मदन भण्डारीलाई भेट्न भन्नुभयो । ०४९ सालको पाँचौँ महाधिवेशनबाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ अगाडि ल्याएका थिए । मदन भण्डारीलाई भेट्न गएँ । उहाँसँग मेरो त्यो दोस्रो भेट थियो । त्यसअघि एकपटक हेटौँडामा भेटेको थिएँ । मैले कारबाहीको पीडा बिसाउँदै भण्डारीसँग भनेँ, ‘कमरेड, म कम्युनिस्ट रहन नसक्ने भएँ, कम्युनिस्टमा जातीय विभेद हुँदैन भन्थे, तर गलत रहेछ ।’ मेरो कुरा सुनेर उहाँले नरमाइलो मान्नुभयो । उहाँले सम्झाउँदै मलाई भन्नुभयो, ‘तपाईंले कस्तो नबुझेको रु सारा नेपाली प्रजातन्त्रवादी बन्न चाहन्छन् भनेर त मैले पार्टी नै प्रजातन्त्रवादी बनाइसकेँ । सुन्नुभएन, जनताको बहुदलीय जनवाद भनेको रु तपाईंलाई बहुदल मन पर्छ नि होइन रु’ उहाँको कुरामा मैले सहमति जनाएँ । प्रजातन्त्र मन पर्छ भनेँ । तर, कम्युनिस्ट नाम राखेर प्रजातान्त्रिक पार्टीजस्तो व्यवहार गर्ने तरिका मन परेन । मैले कम्युनिस्ट राजनीति छाडिदिएँ । ००० पार्टी छाडेपछि दुई–तीन वर्ष त्यसै बसेँ । ०५३ साल जेठमा गिरिजाबाबुले ममाथि अखिलले गरेको त्यो घटना थाहा पाउनुभएछ । उहाँले मलाई कांग्रेस बन्न आग्रह गर्नुभयो । मैले ‘मन छैन, बन्दिनँ’ भनिदिएँ । उहाँले फेरि जिज्ञासा राख्नुभयो । मैले ‘स्वतन्त्र प्रजातन्त्रवादी बन्छु’ भनेँ । गिरिजाबाबु विजयकुमार गच्छदार, क्षेत्रीय सभापति विनोद राईसहित मलाई थाहा नै नदिई घरमै आउनुभयो । कांग्रेसभित्र पनि स्वतन्त्र प्रजातन्त्रवादी हुन पाइने बताउनुभयो । असार २२ गते एक कार्यक्रमबीच कांग्रेस प्रवेश गरेँ । धरानमा अंग्रेजी साहित्य पढ्दाखेरि जेएस मिलको ‘फ्रिडम टु लिबर्टी’सहितका विभिन्न साहित्य पढ्नुपथ्र्यो । राजनीति शास्त्रमा माक्र्सवाद, बिपीवाद, गान्धीवाद पढ्नुपथ्र्यो । तीन वाद पढ्दै जाँदा माक्र्सभन्दा बिपी पो माक्र्सवादी हुनुहुँदो रहेछ भन्ने मलाई लाग्यो । बिपी र गान्धी माक्र्सवादी देखिए, तर दुवै कम्युनिस्ट थिएनन् । यसकारण पनि प्रजातन्त्रवादी बन्न मन लागेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending