Khabar Dabali १६ बैशाख २०८३ बुधबार | 29th April, 2026 Wed

एमाओवादी बैठकमा हाँसोका फोहोरा छुट्ने, उखान, टुक्का र कथा दिनहुँ हालिँदै

\"parisdada-400\"काठमाडौं । एमाओवादीको केन्द्रीय समिति बैठक रसिलो बन्दै गएको छ । बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि धारणा राख्ने नेताहरूले दिनहुँ कथा र किस्सा सुनाएर आफ्नो धारणा राख्ने गरेका छन् ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि धारणा राख्ने भनिए पनि नेताहरूले कथा र किस्साको सहारा लिएर एमाओवादीको अहिलेको अवस्थाबारे चित्रण गर्ने र शीर्ष नेताको शैलीमाथि प्रहार गर्ने गरिरहेका छन् । धारणा राख्ने क्रममा नेताहरूले उखान–टुक्का पनि जोड्दा बैठकमा हाँसोको फोहोरा छुट्ने गरेको एक केन्द्रीय सदस्यले नयाँ पत्रिकालाई जानकारी दिए ।   बैठकको चौथो दिन शनिबार बसेको बैठकमा पोलिट्ब्युरो सदस्य कालीबहादुर मल्लले एउटा कथा र दुईवटा किस्सा सुनाए । उनको कथा अध्यक्ष प्रचण्डले यसअघिका बैठकहरूमा पेस गर्ने प्रतिवेदनप्रति व्यंग्यमा केन्द्रित थियो भने किस्सा पार्टी शुद्धीकरणबारे नेताहरूले ‘सबैभन्दा पहिले अध्यक्षबाट शुद्धीकरण गर्नुपर्छ’ भन्ने धारणामाथि थियो । ‘अध्यक्षले पेस गरेको अहिलेको प्रतिवेदन आफ्नै ड्रेस हो,’ मल्लको भनाइ उद्धृत गर्दै एक पोलिट्ब्युरो सदस्यले भने, ‘पालुङटारदेखि यताका प्रतिवेदन लाहुरेको ड्रेसजस्ता थिए ।’ मल्लको लाहुरे कथा स्रोतका अनुसार बैठकमा मल्लले लाहुरेको ड्रेसको कथा यसरी सुनाए : ‘लाहुरबाट फर्किएका एक लाहुरेले ५–६ वर्ष आफूसँग भएको चिटिक्क परेको सुट लगाएर बिताए । लामो समय लगाएपछि सर्टको अगाडिको फेरोमा एउटा र पाइन्टको पछाडि दुईवटा प्वाल पर्‍यो । केही समय त लाहुरेले त्यस्तै लगाए । केहीपछि सर्टको अगाडिको फेरो पाइन्टमा घुसाए भने पछाडिको फेरो पाइन्टबाहिर निकाले । अगाडिको सर्टको फेरो पाइन्टमा घुसाउँदा सर्टको प्वाल छोपियो भने पछाडिको फेरो पाइन्टबाहिर छाड्दा पाइन्टको प्वाल पनि छोपियो । लाहुरेको अनौठो शैली देखेर मान्छेहरूले सोधे, ‘किन यस्तो गरेको रु’ लाहुरेले जवाफ दिए, ‘मेरो बाध्यता बुझिदेऊ ।’ यतिवेलाको माओवादी त्यही अवस्थामा पुगेको मल्लको निष्कर्ष थियो । शुक्रबारको बैठकमा स्थायी समिति सदस्य चन्द्रप्रकाश खनाल ‘बलदेव’ले अकबर र वीरबलको कथा सुनाएर सबै नेताहरू ‘खुइलिसकेको’ बताए । यस्तो थियो बलदेवको कथा अकबरले एक दिन वीरबललाई सोधेछ, ‘मेरो शरीरमा सबैतिर रौँ छन् । हत्केलामा छैन । किन होला रु’ वीरबलले जवाफ दिएछ, ‘तिमीले सबै कुरा (पैसालगायत) अरूलाई दिँदादिँदा हत्केलाका रौँ पनि गएछ ।’ अकबरले प्रश्न थपेछ, ‘तिम्रो हत्केलाको रौँचाहिँ किन गएको नि रु’ वीरबलले फेरि जवाफ दिएछ, ‘तिमीले दिएको थाप्दाथाप्दा मेरो हत्केलाको रौँ पनि गयो नि ।’ नजिकै रहेका भारदारको हत्केला हेर्दै अकबरले भनेछ, ‘यिनीहरूको हत्केलामा चाहिँ रौँ किन नभाको नि रु’ वीरबलले जवाफ दिएछ, ‘तिमीले दिएको र मैले लिएको देखेर रिसले मुर्मुरिँदै हत्केला रगड्दारगड्दै खुइलिए ।’ खनालको कथा सुनेर अध्यक्ष प्रचण्डसहित सबै नेता बेस्सरी हाँसे । ‘उहाँको कथाले धेरैलाई हँसायो, गम्भीर पनि बनायो,’ एक सदस्यले भने । खनालपछि बोलेको पोलिट्ब्युरो सदस्य डिलाराम आचार्यले समेत कथा सुनाए । उनले बैठकमा मुसाको कथा सुनाएर एमाओवादी परित्याग गरेका पूर्व वरिष्ठ नेता बाबुराम भट्टराईलाई मुसाको संज्ञा दिएका थिए । त्यसअघि बिहीबारको बैठकमा सचिव टोपबहादुर रायमाझीले सबैलाई हँसाएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending