Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

प्रचण्डमाथि पार्टी बैठकमा आरोप : रगतमा सामन्तवाद र दिमागमा समाजवाद, साम्यवाद बोकेर गन्व्यमा पुगिंदैन

\"prachanda\"काठमाडौं । भारतलाई प्रधान शत्रु बनाएर संघर्षलाई केन्द्रित गर्न अध्यक्ष पुष्पकमल दाहाललाई एमाओवादीका नेताले सुझाव दिएका छन । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–केन्द्रीय सदस्य हेमराज भण्डारीले अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन माथि फरक मत राख्दै त्यस्तो सुझाव दिएका हुन । एक नेताका अनुसार बाबुराम भट्टराई पक्षधरका रुपमा चिनिएका भण्डारीले पार्टी छोडेर नजानुको औचित्य सावित गर्न पनि अध्यक्ष दाहालको प्रतिवेदन माथि फरक मत राखेका हुन । भण्डारीले दरवार हत्याकाण्ड र राजतन्त्रको अन्त्यपछि नारायणहिटीको सर्वोच्चता दिल्लीमा सरेको उल्लेख गर्दै समाजवाद,समृद्धि र राष्ट्रिय स्वाधिनताको बाधकको रुपमा भारतलाई प्रष्ट रुपमा किटान गरेर अगाडि बढनु पर्ने मत राखेका हुन । ‘अन्तरबिरोध नोकरसँग होइन मालिकसँग हुन्छ । त्यसैले भारतीय विस्तारवादलाई प्रधान अन्तरबिरोधको रुपमा किटान गर्नुपर्छ’भण्डारीले भने । दाहालको प्रतिवेदनमा भारत प्रति नरम भाव देखाइएको भण्डारीको तर्क छन । ‘दलाल नोकरशाह, पुँजीपति र सीमान्तकृत सामन्त वर्ग र आम जनताका बीच मजदूर र पुँजीपति वर्गका बीच, समाजवादी राजनैतिक धारा र पुजीवादी राजनैतिक धाराका बीच, साम्राज्यवाद–विस्तारवाद र नेपाली जनताका बीच, सामन्त जमिन्दार र किसानहरुका बीच, आधारभूत अन्तरविरोध रहेको स्पष्ट हुन्छ’दाहालको प्रतिवेदनमा भनिएको छ ‘भारतीय एकाधिकार पुँजीवादद्वारा पालित पोषित र संरक्षित दलाल, नोकरशाही पुँजीपति र सामन्तवर्गक विरुद्ध आम नेपाली जनताको अन्तरविरोध नै प्रमुख अन्तरविरोधका रुपमा रहेको छ ।’ आफनो सात बुँदे फरक मतमा भण्डारीले पार्टी रुपान्तरणका सन्दर्भमा दाहालको प्रतिवेदन माथि कडा टिप्पणी गरेका छन । ‘क्यान्सरको औषधीका रुपमा अध्यक्षले सिटामोल ल्याउनु भएको छ । अप्रेसन गर्न नसकिएपनि क्योमो त गर्नुपर्छ ’ भण्डारीले भने । रगतमा सामान्तवाद र दिमागमा समाजवाद र साम्यवाद बोकेर गन्तव्यमा नपुगिने तर्क पनि भण्डारीले गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending